पर्यटकिय गाँउ पञ्चासे संरक्षित क्षेत्र घोषण हुदै
- Details
- Category: Development
- Published on Monday, 01 August 2011 12:25
- Written by Radha Krishna Dumre
- Hits: 270
राधाकृष्ण डुम्रे, स्याङजा१६ साउन, स्याङजा पर्वत र कास्कीको सिमानामा पर्ने पर्यटकिय क्षेत्र पाचासे वनलाई संरक्षित वन घोषणा गर्न अध्ययन तथा छलफल तिव्र पारिएको छ ।
रोपवे सन्चालन कृषक उत्साहित
- Details
- Category: Development
- Published on Thursday, 22 October 2009 06:58
- Written by Radha Krishna Dumre
- Hits: 10440

स्याङजामा पहिलो पटक रोपवे साचालन गरिएको छ । ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका छाङ्छाङ्दी मन्साङकोटका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानि गर्न रोपवे सन्चालनमा ल्याइएको हो ।
आँधीखोलामा माछा मार्न प्रतिबन्ध
- Details
- Category: Development
- Published on Saturday, 25 April 2009 08:45
- Written by MeroSyangja डट्कम
- Hits: 8503

स्याङ्जास्थित आँधीखोलामा माछा मार्न प्रतिबन्ध लगाइएको छ। विगत केही दिनयता विभिन्न समूहले विषादीको प्रयोग गरी माछा मार्ने गरेको पाइएपछि यहाँका स्थानीय संघसंस्था तथा क्लबहरुले पारिस्थितिक प्रणालीमा निक्कै असर परेको कारण जनाउँदै माछा मार्न प्रतिबन्ध लगाएको हो।
बाँयाटारीको रिभरसाइड युथ क्लब पाठाखोलाको पाठखोला युवा क्लब थुमपोखरा युवा क्लब तथा आँधीखोलामा माछा मार्न प्रतिबन्ध आमा समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर प्रतिबन्ध लगाएका हुन्। विगत केही दिनदेखि आँधीखोलामा करेण्ट तथा विषादीको प्रयोग गरेर माछा मार्ने गरेका थिए।
विज्ञप्तिमा भनिएको छ "यदि कसैले सूचनालाई अटेर गरी माछा मारेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने छ।" यसै गरी स्थानीय प्रहरी तथा प्रशासनले पनि सूचनालाई अटेर गरी माछा मारेको पाइएमा जरिवाना सहित कारबाही गरिने उल्लेख गरेको छ।
वालिङ, ११ वैशाख २०६६
साभार आदर्श समाज

