पंडितको भेषमा मदारी - ‘अज्ञानको भिडमा धर्मको ब्यापार’
- Details
- Category: Opinion
- Published on Sunday, 13 March 2011 06:36
- Written by Ratna Kafle
- Hits: 673
ऋगबेद अनुसार गायत्री मन्त्रका रचयिता ऋषि विश्वामित्र हुन् र यस्मा उदाउँदो सुर्यको बन्दना गरिएको छ । सुर्य प्रकाशको श्रोत र समस्त प्राणीहरुका जिवनदाता हुन् । यस हिसाबले हरेक बिहान मन्त्र जप पश्चात सुर्यलाई जल अर्पण गर्नु जिवनदायिनी सुर्यदेबलाई धन्यबाद दिनु हो । यस्ले मानव मनमा विवेक ल्याउँछ, शिल सिकाउँछ र गुन लगाउने प्रति आभार ब्यक्त गर्नुपर्छ भन्ने कर्तब्यबोध गराउँछ । गायत्री मन्त्रलाई अन्य सबै मन्त्रहरु भन्दा माथिल्लो दर्जामा राखिएको छ र यस्को भावार्थ हेर्दा कता कता यो तर्कसंगत पनि लाग्छ । तर यो मन्त्र जप गर्नेहरु अधिकांसलाई यो कुराको पत्तो समेत छैन । कुनैपनि शास्त्रलाई विवेकको कसौटीमा तौलेर उनिहरु हेर्दैनन् र भन्छन् “शास्त्रमा लेखेका कुरा कहिल्यै झुट हुँदैन” । यहि कमजोरी र अज्ञानताको फाईदा उठाउँदै पंडितको भेषमा मदारीको काम गर्दै आएका धर्मभिरुहरुले आफ्नो चटक देखाउँछन् र चारैतिरबाट सहयोग गर्ने गर्छन् समाजसेवी भनाउँदाहरुले । उनिहरुका लागि, मानौं कि हाम्रा अमूल्य ग्रन्थहरु ईन्द्रजालका ठेलीहरु हुन् जस्लाई जताबाट ब्याख्या गरेर समाजमा प्रचार गरेपनि समाजले विस्वास गर्छ । उनिहरु, आफूलाई यस्का बिशेषज्ञ नै ठान्छन् र शास्त्रका कुराहरु कोट्याउँदै यस्को दोहो काड्न सिपालु देखिन्छन् ।
Read more: पंडितको भेषमा मदारी - ‘अज्ञानको भिडमा धर्मको ब्यापार’
सामाजिक संजालमा सकारात्मक सोच र प्रतिक्रियाको स्वरुप
- Details
- Category: Opinion
- Published on Wednesday, 02 March 2011 14:49
- Written by Manu Chhetri
- Hits: 521
धेरै दिन बाट केहि प्रतिक्रिया गर्ने सोच मनमा हुँदा हुँदै पनि खोइ किन केहि लेख्ने उर्जा मिली राखेको थिएन । आज केहि शब्द लेख्न जाँगर लागेर आयो । हुनत हरेक ठाँउ र क्षेत्रमा आलोचकहरु हुन नितान्तै जरुरि हुन्छ। बिना आलोचना र बिना प्रतिष्पर्धा सहि मार्ग लिन निकै गारो हुन्छ र त्यस्तो अबस्थामा गलत बाटो लिदा पनि आफुलाई सहि नै लागि रहेको हुन्छ त्यसैले मार्गनिर्देश गर्ने खालको आलोचक हुनु अबस्य पनि राम्रो कुरा हो ।
Read more: सामाजिक संजालमा सकारात्मक सोच र प्रतिक्रियाको स्वरुप
Lessons from Local initiatives
- Details
- Category: Opinion
- Published on Monday, 28 February 2011 16:14
- Written by Dinkar Nepal
- Hits: 566
Staying away from one’s hometown means living with a longing. A perpetual nostalgia that one has to carry along, and which creeps into whatever one does. A search for belonginness that makes one yearn to contribute in making the place better. News from home brings some solace. And thankfully, internet helps in filling that emptiness by bringing news instantly. Some say, may be because of this, it has made the world smaller. But that’s not the only reason why the world can be said to have shrunken.
धर्मको नाममा महायज्ञ, कति जायज कति नाजायज !
- Details
- Category: Opinion
- Published on Monday, 28 February 2011 08:11
- Written by Ratna Kafle
- Hits: 607
बयरघारीमा भर्खरै सम्पन्न महायज्ञ, यसमा उठेको २ करोड भन्दा बढीको धनराशी र यसका दाताहरुका बारेमा यतिबेला स्याङजा जिल्लामा तातो बहस चलेको छ । दहथुम उच्च माबिमा टेक्निकल शिक्षा सुरुवातको मूल उदेश्य लिई अर्थ संकलनका निम्ती आयोजना गरिएको महायज्ञ सबैले आशा गरिए भन्दा फरक र सफल हुनु आफैमा गौरबको कुरा थियो । आफ्नो जिल्ला भन्दा बिल्कुलै बाहिरका एक सफल उद्दमी यबं पूर्ब प्याव्सन अध्यक्ष उमेश श्रेष्ठ द्वारा महायज्ञको उदघाटन गरिनु, उनैबाट पहिलो दिनमै साढे ५ लाख बराबरको रकम राशी दानमा आउनु तथा उनैबाट क्याम्पसको प्राबिधिक कक्षा संचालनमा भविष्यमा सक्दो सहयोगको आश्वासन पाउनु झनै खुसीको कुरा थियो । पहिलो दिनमै यसखालको समाचारबाट हौसिएका स्थानिय तथा जिल्लाबासीहरुले आफ्नो गक्ष अनुसारको दान दिएर महायज्ञलाई सफल बनाएका थिए । उमेश श्रेष्ठ पछीका दोस्रा ब्यक्ति समाजसेबी डोलराज शर्माद्वारा उसै दिन १ लाख ५० हजार बराबर दान दिनुले पनि त्यस दिनको माहोललाई झनै रापिलो पारेको थियो । दानको क्रमलाई निरन्तरता दिंदै पहिलो दिनमै ८ लाख भन्दा बढी रकमको संकलनले बयरघारी र दहथुम क्षेत्रमा हलचल नै मच्चाएको देखिन्छ । पहिलो दिनको तुलनामा दोश्रो दिन झनै सनसनीपूर्ण र कसैले सोच्दै नसोचेको रकम संकलन हुन पुग्यो ।
सिमान्तकृतहरुका कुरा
- Details
- Category: Opinion
- Published on Thursday, 02 December 2010 08:17
- Written by Tej Prasad Devkota
- Hits: 306
भारतमा कृषकहरुद्धारा फसल उत्पादन नहुँदा सामुहिक आत्महत्या गरेका घट्नाहरु सुन्दा नयाँ लाग्थे तर हालै केही महिनाका विचमा गरिवीका कारण उपचार गर्न नसकेर होस या गरिवीका मारमा बाँच्न धौ धौ परेर होस आत्महत्या गरेका घट्नाहरु अव हामीकहाँ पनि सामान्य लाग्न थालिसके ।

