News
News from Prakash Dotel
- Details
- Category: News
- Published on Monday, 24 October 2011 19:44
- Written by Prakash Dotel
- Hits: 182
शिक्षामा छुट्ट्याएको रकम बालुवामा पानी खन्याए सरह
प्रकाश डोटेल, स्याङ्जा-६ कार्तिक । जिल्ला शिक्षा कार्यालय स्याङ्जाले शुक्रबार सदरमुकाम स्याङ्जामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अनौपचारिक तथा साक्षरता शिक्षा कार्यक्रममा छुट्ट्याएको वजेट वालुवामा पानी खन्याए जस्तै भएको वताएका छन् ।
उनीहरुले तथ्याङ्क संकलन गर्दा निरक्षरताको संख्या बढ्ने र प्रतिबेदन पठाउँदा निरक्षरको संख्या घट्ने प्रबृति देखिएको दावी गरेका थिए । सहभागीहरुले कार्यक्रम सफल हुन नसक्नुमा अनुगमन र निरीक्षण पद्धति फितलो भएको बताएका थिए ।
जिल्ला शिक्षा कार्यालय स्याङ्जाले शुक्रबार आयोजना गरेको एक दिने बार्षिक अभिमुखीकरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपवहादुर श्रेष्ठले आर्थिक वर्ष २०६८/६९ मा साचालित कार्यक्रमहरुमा राजनैतिक नेतृत्व र सरोकारवाला पक्षलाई गम्भीर हुन अनुरोध गरेका थिए । उनले राजनैतिक नेतृत्व लगायत सरोकारवाला सबै पक्ष गम्भीर भएमा जिल्ला शिक्षा कार्यालयका योजनाहरु सफल हुने अपेक्षा समेत गरे । उनले गत वर्ष शिक्षा कार्यालयले बनाएको योजना ९७ प्रतिशत सफल भएको दावी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि एवम् पूर्व जिल्ला शिक्षा अधिकारी शलिग्राम रेग्मी विद्यालय व्यवस्थापन समितिका तर्फवाट शर्मिला पौडेल नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा नेपाल शिक्षक युनियन स्याङ्जाका अध्यक्ष मुक्तिप्रसाद रेग्मी लगायतका बक्ताहरुले धारणा राखेका थिए ।
जिल्लाभित्र गुरुकुल आश्रम तीन गृहिणी कक्षा १ देखि ८ सम्म नौ र गृहिणी माध्यमिक एक र खुला माध्यमिक विद्यालय एकवटा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । प्राविधिक शिक्षाको बिशेष कार्यक्रमको लागि रणबीर जनहित उच्च माध्यमिक विद्यालय प्राथमिक शिक्षा विस्तारको लागि पाँच विद्यालय अनौपचारिक प्राथमिक श्ािक्षाको लागि पाँच विद्यालय रहेको बताइएको छ । जिल्लामा सुस्तश्रवणको लागि दुई सुस्तमनस्थितिको लागि तिन दृष्टिविहिन र लेखाजोखा केन्द्र एक एक रहेका छन् ।
जिल्लाभित्र सामुदायिक विद्यालय र संस्थागततर्फ क्रमशः पूर्व प्राथमिक विद्यालय चार सय ९२ र ८६ प्राथमिक विद्यालय तीनसय ६५ र ३५ निम्नमाध्यमिक विद्यालय ५६ र २० माध्यमिक विद्यालय ५१ र २१ उच्चमाध्यमिक विद्यालय ७४ र १० गरी जम्मा पाँच सय ४६ र ८६ वटा रहेका छन् । शिक्षा कार्यालयले विभिन्न शिर्षकमा अठहत्तर करोड ३४ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको छ भने सबै किसिमका छात्रबृत्तिमा करीव दुई करोड रुपैयाँ खर्च हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
नेपाली काग्रंेस तुलसी भन्ज्याङ गा।वि।स।मा वाड समिति गठन
प्रकाश डोटेल
स्याङ्जा-६ कार्तिक ।
नेपाली काँग्रेस तुलसी भन्ज्याङ गाँउ कार्य समितिले आफनो सगठनलाई तिव्रता दिएको छ ।
तुलसी भन्ज्याङ गाविस-४ को वाड स्तरीय कार्य समिति गठन कार्यक्रममा बोल्दै नेपाली कागंे्रस माहाधिवेसन प्रतिनीधी लालगोपाल अर्यालले राष्ट्रले दिगो शान्क्ति र लोकतान्त्रिक सविधान निमार्णमा ढिलाई गर्न नहुने बताए । उनले सरकारको ठूलो दल माओवादी भएकाले खोसएिको घर जग्गा फिता गरेर माओवादी लचिलो बनेको खण्डमा देशले दिगो शान्त्ति स्थापना गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधी पूरुषोतम् खनाल नेपाली काँग्रेस गाउँ कार्य समितिका उपाध्यक्ष नारायाणप्रसाद ज्ञवाली सहसचिव लिला बल्लभ अर्यालसकि्रय सदस्य चक्रपाणी कडेल लगाएतले पाटीका विषमा बोलेका थिए ।
कार्यक्रम गुरुप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्य वाड स्तरीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिर्जना उपाध्यया सचिवमा कृष्ण प्रसाद भट्टराईसहसचिव जीवलाल भट्टराईकोषाध्यक्षमा जगनाथ ज्ञवाली सदस्यहरुमा कल्पना भट्टराई पदमपानी अर्याल राम प्रसाद भट्टराई ईश्वर शरण उपाध्यया अग्नीधर अर्याल लिलाधर अर्याललेखनाथ अर्याल कल्पना ज्ञवाली चक्रपाणी सुवेदी रहेका छन ।
कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस गाउँ कार्य समितिका सभापती तेज प्रसाद डुम्रेले गरेको कार्यक्रमको साचालन सचिव ईश्वरी प्रसाद ढकालले गरेका थिए ।
स्याङ्जाका कृषकहरु व्यवसायिक घ्युकुमारी खेतितर्फ उत्साहित ॥
प्रकाश डोटेल
स्याङ्जा-६ कार्तिक ।
स्याङ्जाका कृषकहरु व्यवसायिक घ्युकुमारी खेतितर्फ आकर्षित भएका छन् ।
एजिको नेपाल सामुदायिक रेडियो वालिङले स्याङ्जा तथा आसपासका क्षेत्रमा घ्युकुमारी खेति गर्न इच्छुक कृषकहरुलाई विरुवा र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने भएपछि स्याङ्जाका कृषकहरु यस खेतितर्फ आकर्षित भएका हुन् ।
व्यवसायिक रुपमा खेति गर्नको लागि स्याङ्जाको वालिङ जगतभाज्याङ जगत्रदेवी पिढीँखोला छाङछाङ्दी तुलसीभाज्यागं स्वरेक पूतलीबजार साँखर रत्नपूर लगायतका क्षेत्रका कृषकले उत्सुकता देखाएका छन् ।
रुखोपाखो जग्गामा खेतिगर्न सकिने र यसलाई धेरै मलजलको आवश्यकता नपर्ने हुँदा यो खेतिगर्न सहज हुने भएकाले घ्युकुमारी खेतिगर्न इच्छुक भएको कृषकहरुको भनाई छ ।
अप्ठ्यारो बाटो भएका कारण महगों ढुवानीका कारण सामान बेचविखनमा समस्या भएका कारण तरकारी तथा जडिबुटि खेतिबाट राम्रो आम्दानी लिन नसक्नुभएका रत्नपूर ४ क्वामीका कृषक दिनेश पौडेलले २० रोपनी जग्गामा लगाएको तरकारी फलफूल तथा जडिबुटिहरु बारीमा नै कुहिएको गुनासो गर्दै भन्नुभयो ः संस्थाले नै बेचविखनको व्यवस्था मिलाईदिने भएपछि हामीजस्ता ढुवानीको समस्याका कारण मारमा परेका कृषकहरुलाई निकै खुसीको कुरा हो । पौडेल मात्र होईंन ढुवानीको समस्या भोगी रहेका अन्य कृषकहरु खुसी हुँदै घ्युकुमारी खेति गर्ने बताएका छन् ।
एजिको नेपाल सामुदायिक रेडियो वालिङले जैविक कृषि परियोजना अन्तर्गते व्यवसायिक जैविक घ्युकुमारी खेति गर्न लागेको हो । संस्थाको पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक महिना भित्रमा १ लाख घ्युकुमारीको विरुवा कृषक समक्ष पुर्याउने लक्ष्य अनुरुप व्यवसायिक खेति गर्न इच्छुक कृषकहरुको लागि आवेदन फारम खुल्ला गरेको छ ।
इच्छुक कृषकले संस्थाको नीति नियमभित्र रहेर कार्तिक १५ गतेसम्म आवेदन फारम भरी कार्य सुरु गर्न सक्ने संस्थाले जनाएको छ । जैविक कृषिको माध्यमबाट कृषकहरुको आििर्थक स्तर बृद्धि गरी स्याङ्जाको आर्थिक स्तर सुदॄढ बनाउने उद्येश्यले उक्त योजना ल्याएको संस्थाले दाबी गरेको छ ।
एलोभेरा र स्टेभिया खेति विकास विस्तार र अर्थोपार्जन बृद्धिको लागि कृषकहरुसम्ाक्ष उक्त योजना पुर्याउनको लागि एजिको नेपाल गैरसरकारी संस्था मध्यस्थकर्ता रहनेगरी संस्थाले भदौ ३१ गते पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल प्रा।लिसँग सम्झौता गरी कार्य सुरु गरेको हो ।
पाचवर्षीय योजना अन्तर्गत सुरु गरिएको उक्त अभियान १ करोड पैतालिस लाख रुपैँयाको लागतमा सम्पन्न हुने संस्थाले जनाएको छ । २०६८ असोजबाट सुरु भएको उक्त योजना २०७३ साल असोजमा सम्पन्न हुनेछ । उक्त योजनाले स्याङ्जाका ६० गाविस र २ नगरपालिका तथा पाल्पा कास्की र पर्वतका केही गाविसहरुलाई पनि समेट्ने संस्थाले जनाएको छ ।
स्याङ्जामा एलोभेरा खेति गर्न इच्छुक कृषकहरुले एजिको नेपाल रेडियो वालिङसँग सम्पर्क गरी सम्झौतापछि खेति गर्नसक्ने र सबै सहयोग उपलब्ध गराउने संस्थाका अध्यक्ष जलेश्वर पाण्डेले बताए । विश्वको १० उत्कृष्ट जडिबुटिमध्येमा एक मानिएको घ्युकुमारी खेति पानी नजम्ने सुख्खा रुखोपाखो नेपालको १५ सय मिटरसम्मकेा उचाईमा उपयुक्त मान्ािन्छ ।
खनिज लवण भिटामिन्स कार्बोज इन्जाईम्स आईरन लगायतका २ सय भन्दा बढि जैविक तत्व पाईने घ्युकुमारी आयुर्वेदिक तथा एलाृपेथिक औषधी श्रृग्ाांरिक सामान निर्माण गर्नको लागि महत्वपूर्ण मानिन्छ ।
नयाँ संविधान आएमात्रै स्थायी शान्ति
प्रकाश डोटेल, स्याङ्जा-५ कार्तिक । भक्तपुर ५ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ संविधान निर्माण गरी चुनाव गरेपछिमात्र देशमा स्थायी शान्ति आउने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुरले आज भक्तपुरको चाँगुमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले नयाँ संविधान निर्माणले मात्र शान्तिको अभियान पूरा हुने बताउनुभयो ।
लोकतान्त्रिक संविधान निर्माण गरी राजनीतिक स्थायित्व कायम गर्नु नै अहिलेकोमूल कार्यभार भएको उल्लेख गर्दै महामन्त्री सिटौलाले पछिल्लो समयमा राजनीतिक दलहरु सहमतिको नजिक पुगेको बताउनुभयो ।
एमाओवादीले विगतमा गरेका सहमति कार्यान्वयन नगर्दा संविधान निर्माण र शान्तिप्रकि्रया अगाडि बढ्न नसकेको चर्चा गर्दै उहाँले नेपाली काँग्रेसले एमाओवादीसामु कुनै नयाँ सर्त अगाडि नसारेको स्पष्ट पार्नुभयो ।
एमाओवादी बाहेक अन्य दलहरुबीच नेपाली काँग्रेसको कुनै मतभेद नभएको पनि उहाँले बताउनुभयो ।
अहिलेको सन्दर्भमा पार्टी एक ढिक्का हुनुको विकल्प नभएको उल्लेख गर्दै उहाँले पार्टी तल्लोतह देखि नै मिल्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले देश
अत्यन्तै गम्भीर मोडमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो - ूदेशमा जनता लुटिएका छन् कानूनी राज्य छैन विकासको गति बन्द भएको छ गाउँगाउँमा सर्वदलीय संयन्त्रले मनोमानी गरिरहेका छन् ।ू
असिनाले हजारौँ हेक्टर खेतको धानबाली नष्ट
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
पर्वत फलेवास ५ कात्तिक । अविरल वर्षासँगै शुक्रबार साँझ आएको असिनाले यहाँको हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट गरेको छ ।
असिनाले जिल्लाको देउपुर देउरालीलगायतका गाविसका कृषकको धान नष्ट गरेको हो । केही कृषकले काटेर सुकाएका थिए भने केहीको धान पाकिसकेका थिए ।
पाकेको धान समेत पूरै झारेको कृषकले गुनासो गरेका छन् । देउपुर गाविसका कृषक विष्णुप्रसाद चापागाईंल्ो भन्नुभयो - ुधान थन्क्याउने बेलाभएको थियो । असिना आएर पुरै क्षति भयो ।ु वर्षाभरि दुःख गरेर लगाएको धान बाली घर भित्र्याउने बेलामा असिनाले नष्ट गरिदिएपछि कृषकहरु चिन्तित बनेका छन् ।
गत वर्षसमेत उक्त क्षेत्रमा असिनापानीले धानवाली नष्ट गरेको थियो । यस वर्ष उक्त क्षेत्रको ६० प्रतिशत भन्दा बढी धानबाली नष्ट भएको स्थानीयवासीले जनाएका छन् ।
बोटमा भन्दा काटेर सुकाएको धानमा बढी क्षति पुगेको स्थानीय जीवन्धर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार देउपुर र देउराली गाविसमा मात्र लाखांैको धानबाली नष्ट भएको छ । जिल्लाका भुकताङले बाजुङ्ग तिलाहार चित्रे राम्जालगायतका गाविसमा भने सामान्य असिना परेको र ठूलो क्षति नभएको स्थानीय कृषकले जानाकारी दिएका छन् ।
विपा सम्झौता राष्ट्रघाती भयो ः एमाले
े
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
काठमाडाँै ५ कात्तिक । नेकपा एमालेले नेपाल र भारतबीच शुक्रबार भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता विपाप्रति कडा आपत्ति जनाएको छ ।
सम्झौताबाट नेपालको राष्ट्रियता सौर्वभौमिकता अखण्डता एवम् अर्थतन्त्र तहसनहस हुने भन्दै एमालेले सम्झौताको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
चारदिने भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराई र उहाँका समकक्षी डा मनमोहन िसंहको समुपस्थितिमा शुक्रबार सो सम्झौतामा हस्ताक्षर भएको थियो ।
विजयादशमी दिपावली छठपर्व तथा नेपाल सम्वत्का अवसरमा नेकपा एमाले नयाँनैकाप गाउँ पार्टी कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले यस्तो आपत्ति जनाउनु भएको हो ।
राष्ट्रियताबारे बोलेर नथाक्ने प्रधानमन्त्री भट्टराईको राष्ट्रियता भारतमा पुग्दा पग्लेर समाप्त भएको अध्यक्ष खनालको टिप्पणी थियो । उहाँले भन्नुभयो- यो सम्झौता नेपाली राष्ट्रियता विरोधी छ यसका विरुद्धमा हाम्रो पार्टीले आन्दोलन गर्छ ।
अध्यक्ष खनालले शान्ति प्रकि्रया र नयाँ संविधान लेखन अन्तिम अवस्था पुगेको जानकारी दिँदै ती कार्यलाई मूर्त रुप दिन दलहरुबीच थप सहमति आवश्यक भएको बताउनुभयो । सो अवसरमा नयाँ नैकाप गाउँ समितिका जेष्ठ नागरिकहरुलाई उहाँले सम्मान पनि गर्नुभएको थियो ।
नयाँ नैकाप गाउँ पार्टी कमिटीका अध्यक्ष राजभाइ महर्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका सचिव युवराज ज्ञवालीले शान्ति प्रकि्रया र नयाँ संविधान लेखनका लागि एमाले इमान्दार रहेको बताउनुभयो ।
पुलको पिलर भाँच्चिदा दुईको मृत्यु चारको जीवितै उद्धार
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
गोरखा ५ कात्तिक । गोरखाको भूम्लिचोक र चितवन जिल्लाको फिस्लिङ जोड्ने झोलुङ्गे पुलको पिलर भाँच्चिदा आज दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा दरबुङ गाविस-१ का मानबहादुर आले र भारतीय नागरिक फ्ल्ारेन्स रहेका छन् । पिलर भाँच्चिर त्रिशूली नदीमा खसेका अन्य चारजनालाई केबलकार नजिकबाट उद्धार गरी उपचारका लागि काठमाडाँै पठाइएको छ ।
केही मानिसहरु हराइरहेको हुन सक्ने प्रहरीले बताएको छ । घटना दिनका १२ः०० बजे घटेको हो । उद्धार तथा खोजीका लागि घटनास्थलमा प्रहरी र स्थानीय गाउँले जुटेका छन् ।
तीनदशक पहिले निर्माण भएको उक्त पुल जीर्ण भई नयाँनिर्माण गर्नका लागि पटकपटक माग गर्दा पनि कहीँ कतैबाट सुनुवाइ हुन सकेको थिएन । गएको असार महिनामा ज्यामिरेघाटमा तुइनको चुँडिदा पाँचजनाको ज्यान गएको थियो ।
नेता देउवा
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
विराटनगर ५ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति सुशील कोइरालाले पार्टी एकीकरणको भावनाविपरीत काय गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटभाटमा उहाँले सो आरोप लगाउनुभएको हो । वरिष्ठ नेता देउवाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा पार्टीका
भ्रातृ सङ्गठनहरु भङ्ग गर्नु न्यायसम्मत नभएको बताउँदै पार्टीलाई जीवन्त राख्न र भ्रातृ सङ्गठनको नेतृत्वको मनोबल बढाउन आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
उहाँले एकीकृत नेकपा माओवादीका लडाकुहरुको व्यवस्थापन नगरी शान्ति कायम हुन नसक्ने बताउँदै शान्तिबिनाको संविधानको काम छैन भन्नुभयो । नेपाली काँग्रेस शान्ति र संविधानका निम्ति प्रतिबद्ध छ भन्दै नेता देउवाले जनताको सम्पत्ति कब्जामा राख्ने पार्टीबाट शान्ति स्थापना हुन नसक्ने ठोकुवासमेत उहाँले गर्नुभयो ।
नेपाली काँग्रेस मोरङका सभापति अमृत अर्यालको सभापतित्वमा भएको सो कार्यक्रममा केदार कार्की सुदनबहादुर कार्की र भीम पराजुलीलगायतक कार्यकर्ताहरुले नेता देउवासँग विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
लघु वित्त दिवस तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको २५ दिवसीय ११ औं लघु वित्त दिवस एवम् शाखा स्तरीय वार्षिक समिक्षा कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । स्याङ्जा जिल्ला अन्र्तगत पुतलीवजार नगरपालिकामा रहेको शाखामा हकवाला तथा सरोकारवाला अन्तरकि्रया एवम् उत्कृष्ट केन्द्र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
लघु वित्त सेवावारे प्रचार-प्रसार गर्ने कार्यक्रमको वारेमा सेवाका हकवालाको सल्लाह सुझाव लिई समसामायिक सुधार गर्ने एवम् जिल्ला स्थित सरोकारवाला निकायसंग अन्तरकि्रया गरी संस्थाको सेवामा थप प्रभावकारीता ल्याउने जस्ता उद्देश्यले संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत हरेक शाखामा एक दिवसयीय कार्यक्रम आयोजना गर्ने गरिएको हेा ।
कार्यक्रममा आर्थिक वर्ष २०६७÷६८ को वार्षिक मुल्याङ्कनमा उत्कृष्ठ हुने महिला स्वावलम्वन केन्द्रहरुलाई पुरस्कृत गरिएकेा थियो । यस वर्ष प्रथम हुनेमा अर्जुनचौपारी-१ को जनकल्याण महिला स्वावलम्वन केन्द्र दृतिय स्थान हासिल गर्ने स्याङ्जा जिल्ला पुतलीवजार-१३ स्थित झापाकोट महिला स्वावलम्वन केन्द्र तृतियमा खिलुङ्ग देउराली-३ को मेलमिलाप महिला स्वावलम्वन केन्द्र र सान्त्वना स्थान हुनेमा ठूलाडिही-९ को नवदिप महिला स्वावलम्वन केन्द्र रहेको छ ।
वार्षिक मुल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्ने केन्द्र तथा सम्मानीत व्यक्तित्वहरुलाई प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत र स्थानिय विकास अधिकारी राममणि भट्टराईले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा वोल्दै प्रमुख अथिति भट्टराइलॆ लघुवित्त संस्थाहरुले महिलाहरुको चेतना विकास गरी संगठित गर्दै घरदैलोमा वित्तिय सेवा पुर् याउनाले गरिवी न्युनिकरणमा टेवा पग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेत महिला विकास अधिकृत मिरा शेरचन लगाएतले वित्त सेवाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । समानित व्यक्तित्वको तर्फवाट जनकल्याण महिला स्वावलम्वन केन्द्रका श्यामकला पौडेल सहभागिको तर्फवाट राङ्खोला महिला स्वावलम्वन केन्दं्रका जमिला खातुन लगाएतले बोलेका थिए ।
कार्यक्रम संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईकॊ सभापतित्व शाखा प्रवन्धक रामचन्द्र गौतमको स्वागत एवम् संस्थाका जुनियर अफिसर लक्ष्मी कुवँरकॊ साचालनमा सम्पन्न भएको थियो ।
२०६४ मा लघुवित्त मार्फत आर्थिक कारोवार गरेकेा स्याङ्जा शाखाले ४ वर्षको अवधीमा ८३ केन्द्रमा एक हजार सात सय दुई सदस्य आवद्ध गराएको छ । शाखा मार्फत नौ सय ९० सदस्यलाई ऋणी प्रवाह गरेको छ । कुल पाँच करोड ९५ लाख ९१ हजार पाँच सय रुपैयाँ लगानी गरेकेा छ भने सदस्यहरुवाट ७४ लाख नौ हजार आठ सय ९८े रुपैयाँ वचत संकलन गरेको शाखाले बताएको छ ।
तिहारमा मैनबत्ती र प्लाष्ट्रिकका मालाले ढाकियो बजार
प्रकाश डोटेल
स्याङ्जा-५ कार्तिक ।
नेपालीहरुको महानचाड दिपावली नजिकिदै गर्दा शहरदेखि गाउँघरसम्म यसको चहलपहल बढेको छ । महान्चाड बिजयादशमीको बिदाईसँगै तिहारको चहलपहल र बजारमा किनमेलको लागि उपभोत्ताको भिडै बढेको छ ।
दाजुभाई दिदीबहिनीको सुमधुर सम्बन्धसँग गासिएको यो पर्बमा दिदी बाहिनी दाजु भाईको टिका र उपहारसँग जोडिएको छ । अहिले बजारमा भारतका बिभिन्न स्थानबाट आएका कृतिम बनि बनावटका माला भित्रिएको स्थानिय व्यवसायीहरु बताउँछन् । आधुनिकतासँगै बजारमा भित्रिएका माला प्रति बच्चादेखि युवा सम्मकै आर्कषण बढेको उनीहरुको बुझाई छ। ।
पहिले पहिले तिहारमा दिपावलीका लागि माटो र पित्तलको दियोको प्रयोग भएकोमा पछिल्लो समयमा मैनबत्तीको बिकाससँगै माटो र पित्तल बजारमा पाइएपनि पुर्ण प्रयोग भएको छैन । तिहारको लक्ष्मीपुजादेखि भाइटिकाको दिनसम्म घर-घरमा साँझको सयमा दिपावली गर्ने प्रचलन रहेको थियो ।
बजार क्षेत्रमा माटो र पित्तलको भाडा प्रयोग भएपनि गाउँघरमा पाइने चिउरी र सालको पातबाट बन्ने दियो पनि करिव-करिव हराइसकेको छ । बजारमा पात नपाइने समस्या रहेको छ तर गाउँघरमा पनि बजारमा आएका मैनबत्तीको प्रयोग बढ्दो रहेको छ ।
स्थानिय व्यवसायीका अनुसार तिहारको आगमनसँगै सामान लैजानेको एक सातादेखि नै चहलपहल बढेको छ । तिहारमा प्रयोग गर्ने मैनबत्ती १२ दर्जन रहको १ प्याकेटलाई १ सय रुपयाँमा बिकि्र गरेको उनीहरु बताउँछन् । मैनबत्ती ओखर टिका लगायतका सामान बिकि्रबाट दैनिक झण्
मल्लको संयोजकत्वमा सहयोग समिति
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
आउँदो कार्तिक १८ देखि २५ गतेसम्म रामनदी धाम राम्दीमा हुन लागेको श्रीमद्भागवत सप्ताह धनधान्यााचल ज्ञानमहायज्ञ तथा धार्मिक पर्यटन महोत्सव २०६८ लाई सफल बनाउन स्थानीय युवा समाजसेवी भागवतप्रकाश मल्लको संयोजकत्वमा सहयोग तथा प्रचार-प्रसार समिति गठन गरिएको छ ।
स्याङ्जा सदरमुकाम पुतलिबजार नगरपालिका-१ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सोमबार सम्पन्न एक भेलाले मल्लको संयोजकत्वमा ३३ सदस्यीय महायज्ञ सहयोग तथा प्रचार-प्रसार समिति गठन गरेको हो ।
दिगो शान्ति मानव कल्याण र समुन्नत समाजका लागि धर्म संस्कार र संस्कृतिको संरक्षण गरौं समग्र कालिगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरौं भन्ने उद्देश्यसहित कार्तिक १८ देखि २५ गतेसम्म पवित्र धार्मिक स्थल रामनदी धाममा महायज्ञ आयोजना गरिएको छ ।
सहयोग एवं प्रचार-प्रसार समितिमा कृष्णबहादुर थापा टिकाराम पौडेल निर्मल श्रेष्ठ डण्डपाणी शर्मा राजकुमारी गुरुङरमणी् चन्द्रप्रसाद लामिछाने दयाराम पराजुली गोविन्द गिरी सुनिता श्रेष्ठ दिपक श्रेष्ठ दिपानु पोख्रेल दिपक पौडेल भिमकुमार श्रेष्ठ हिक्मत श्रेष्ठ नारायण ढकाल विजय पालिखे सन्दीप श्रेष्ठ सदस्यमा रहेका छन् ।
त्यसैगरी समितिको सदस्यमा चन्द्रबहादुर क।सी। प्रेमराज पौडेल इन्द्रबहादुर गोदार प्रकाश डोटेल अर्जुन काफ्ले चित्रबहादुर कार्की शालिकराम रेग्मी मुक्ति रेग्मी शिवसंसार श्रेष्ठ बेदप्रसाद शर्मा बलबहादुर थापा नवीन अर्याल तुलिसं ठकुरी बेदप्रसाद दोरङ्गा कुमबहादुर गुरुङ् र प्रविण के।सी।रहेका छन् ।
रामनदी धामको विकासका लागि तयार गरिएको गुरुयोजना अन्तर्गत व्यवस्थित मसानघाट निर्माण नुहाउने घाट निर्माण आर्युवेद औषधालय संस्कृत तथा अङ्ग्रेजी गुरुकुल शिक्षा पाठशाला सम्पूर्ण शास्त्र दर्शन तथा विज्ञान अध्ययनका लागि पुस्तकालयको स्थापना पुष्पवाटिका गौशाला निर्माण गरिने महायज्ञ मुलआयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले बताएका छन् ।
दीनदुःखी र साधु सन्तका लागि अन्नक्षेत्रको निर्माण गरिने छ । अध्यक्ष खाँणले भने वृद्धाश्रम निर्माण तथा रामनदी धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि श्रीमद्भागवत धनधान्यााचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
अन्तरकि्रया कार्यक्रम सम्पन्न
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
नेपाल कानून समाज स्याङ्जाको आयोजनामा सदरमुकाम स्याङ्जामा सोमबार एकदिने अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ । संबिधानसभाद्वारा तयार पारिएको अबधारणा पत्र र प्रारम्भीक मस्यादौबारे अन्तरकि्रया कार्यक्रममा छलफल गरिएको थियो ।
संबिधानसभाका एघार वटा समितिले तयार पारेको प्रतिबेदन संबिधानसभामा सबैको समान सहभागिताका बारेमा चर्चा गरिएको थियो ।
सर्बमान्य संबिधान निर्माणका लागि सबैमा समान सहभागिता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमा कानून ब्यबसायी बिभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेबी बद्धिजीबी पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रममा छोटो समयमा लोकपि्रय संबिधान निर्माणका लाग्ाि नागरिकले खेल्नुपर्ने भूमिका तथा विवादित र अस्पष्ट रहेका बिभिन्न राजनितिक मुद्दाहरुको बारेमा स्पष्टीकरण सम्बन्धी छलफल भएको थियो ।
कार्यक्रममा कानुन ब्यवसायी तथा अधिबक्ता जुना गुरुङले अबको संबिधानले नागरिकलाई गास बास कपास शिक्षा स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने भन्दै जातिय राज्य सम्बन्धित जातको चाहना नभै राजनितिक दलको चाहना भएकाले यसको जिम्मेवार पनि राजनितिक दल नै रहेको बताएकी थिईन् ।
पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले जातिय भेदभाब लैङ्गिक िहंसा प्रेस स्वन्त्रता राष्ट्रिय स्वाधिनता आदि बिषय अब बन्ने संबिधानमा उल्लेख गरी समस्या समाधान गरिनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा अन्य सहभागिहरुले जुनसुकै विषयमा जसले कार्यक्रम आयोजना गरेपनि कार्यान्वयन पक्ष महत्बपूर्ण भएकाले कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष ईश्वरी चापागाइर्ंले एकल महिला तथा द्धन्दपीडित बालबालिकाको हकहित सहित आधारभूत आवश्यकताको परिपूर्तिका लागि राज्यले भूमिका खेल्नु पर्ने बताएकी थिईन् । कार्यक्रममा बिभिन्न एघार समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
कानुन ब्याबसायी तथा अधिबक्ता युगनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रको साचालन बिष्णु अधिकारीले गरेका थिए ।
जेष्ठ नागरिकबारे अन्तरकि्रया
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा जेष्ठ नागरिकको बर्तमान अवस्था र अधिकार संरक्षणमा सरोकारवालाको भूमिका बिषयक अन्तर्त्रिुया कार्यक्रम सोमवार स्याङ्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बृद्धबृद्धालाई आवश्यक स्याहार र सम्मानको आवश्यक रहेको बताए । बृद्धबृद्धाको मन जहां र जे कुरामा रमाउँछ उनीहरुको मन त्यही रम्नॆ गरी बृद्धाश्रम निर्माण गरिनुपर्नेमा जोड दिएका थिए । राज्यले आवश्यकताको पहिचान गर्दै ब्यक्तिको स्तर मापन गरेर जेष्ठ नागरिक भत्ता उपलब्ध गराउनुपर्ने प्रजिअ बस्नेतको भनाई थियो ।
अन्र्तकि्रयामा सहायक प्रमुख जिल्ला अधिकारी नबराज बराल ए माओवादीका लक्ष्मी पौडेल नेपाली कांग्रेसका मेघबहादुर खड्का एमालेका लोकराज शर्मा राप्रपाका दोर्णबहादुर गुरुङ नेकपा संयुक्तका सुशीला रेग्मी जनशक्तिका झबिश्वर तिमि_िल्सना राप्रपा नेपालका जयनारायण श्रेष्ठ प्रहरी निरीक्षक शेख अदालत पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा बद्री बाग्ले पत्रकार भवानी अधिकारी राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक यज्ञप्रसाद अधिकारी यशोदा बन्जाडे मोहन काफले लगायतले जेष्ठ नागरिकलाई आवश्यकता अनुरुपको स्याहार र सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
युग सुहाउदो शिक्षाको आवश्यक्ता ः न्यौपाने
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डा।sृष्णप्रसाद न्यौपानेले वर्तमान युग वैज्ञानीक युग भएकाले युग सुहाउँदो शिक्षाको आवश्यकता भएको बताएका छन् ।
स्याङजाको गल्याङस्थित चिराग आवाशीय उच्च माविको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै न्यौपानेले परम्परादेखि चल्दै आएको शिक्षा व्यवहारिक र जीवन उपयोगी बन्न नसकेको कारण देशमा बेरोजगारी समस्या थपिएको बताएका थिए । प्राध्यापक न्यौपानेले विद्याथीका लागि सवैभन्दा महत्वपूर्ण पक्ष अभिभावक भएकाले आफनो बच्चाको भविष्य बाबुआमाको हातमा रहेको बताए ।
कार्यक्रममा गल्याङ बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सिग्देलले निजी विद्यालयहरुले समाजप्रति देखाएको योगदान बारे चर्चा गरेका थिए । कार्यक्रममा डा। लिला भण्डारी विद्यालयका सल्लाहाकार मुक्तिप्रसाद पाठक स्रोतव्यक्ति झवनाथ शर्मा विद्यालयका संस्थापक सदस्य टेकनाथ न्यौपाने अभिभावक गंगाप्रसाद श्रेष्ठ छविलाल भूषाल शिक्षक चण्डिकाप्रसाद भट्टराई लगायतले विद्यालयको चौतर्फी विकास बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयको स्थापनामा महत्वपुर्ण भूमिका निर्वाह गर्ने सल्लाहाकार सदस्य टेकनाथ न्यौपाने भूतपूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य टोमप्रसाद भूषाल अभिभावक तथा समाजसेवी रत्नप्रसाद श्रेष्ठ निमावि शिक्षक जगत गुरुङ्ग सुभास भारी सुरेस थापा प्रावितर्फ शिक्षक जगनाथ अधिकारी गीता सुवेदी कला अधिकारी लिला भट्टराई सन्तोष गुरुङ्ग देवनिसंह थापा गोकुल सुवेदी खुममाया थापालाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा पि्र_िन्सपल टेकबहादुर खत्रीले एककरोड २१ लाख ५४ हजार नौसय ४७ रुपैयाँको वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोमलनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको साचालन शिक्षक प्रेम सुवेदी र बिष्णु अर्यालले गरेका थिए ।
नेवाः खलको शुभकामना आदान प्रदान
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
दीपावली तथा नेपाल सम्बत् ११३२ पूर्वसन्ध्याका अवसरमा नेवाः खल जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा सोमबार जिल्ला सदरमुकाममा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले देशमा जातिय नाराले देशलाई विखण्डनतर्फ उन्मुख बनाएको बताउँदै देशलाई एक बनाउनका लागि जातिय नारा छाडेर सबै एक ठाउँमा हुनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा सहभागिहरुले नेपाल सम्बत् नेवारहरुको मात्रै सम्बत् नभएर सारा नेपालीको सम्बत् भएको बताएका थिए । उनीहरुले कामकाजको प्रचलनमा विक्रम सम्बत भएपनि नेपाल सम्बत्लाई सरकारले मान्यता दिएका कारणले यसको प्रयोगमा समेत ध्यानदिनु पर्ने कुरामा जोड दिएका थिए ।
नेवाः खल स्याङ्जाका अध्यक्ष देबेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव युगनारायण श्रेष्ठले गरेका थिए । त्यस अवसरमा नेवार समुदायका समाजसेवी गोबर्धन श्रेष्ठ लगाएतका वक्ताहरुले बोलेका थिए ।
नेपाल सम्बत्का अवसरमा नेवाः खल स्याङ्जाले कार्तिक १० गतेका दिन जाति जनजातिहरुको संस्कृति झल्कने भेषभुषा र ब्यानर सहितको शोभायात्रा भिन्तुना र् याली को आयोजना गरेर नेपाल सम्बत्लाई भव्य रुपमा मनाउने भएको छ ।
विद्यालयको वार्षिकोत्सव
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
स्याङ्जाको ढापुक सिमलभाज्याङ गाविस ४ मा रहेको पब्लिक सेकेण्डरी स्कुलको ६० औं वार्षिकोत्सव तथा भवन उद्घाटन समारोह आज सम्पन्न भएको छ ।
भवन तथा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले विद्यालयले त्यस क्षेत्रको शैक्षिक स्तर उकास्न खेलेको भूमिकाबारे चर्चा गर्दै जिशिअ श्रेष्ठले विद्यालयको गुणस्तर कायम गर्न विद्यालयका शिक्षक अभिभावक र व्यवस्थापन समितिको त्रिकोणात्मक भूमिका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरु भोजराज गुरुङ जीवी बस्नेत खुमकान्त खनाल दहथुम बहुमुखी क्याम्पसका अध्यक्ष खेम केसी जिल्ला शिक्षा कार्यालय स्याङ्जाका लेखा अधिकृत ज्ञानप्रसाद अर्याल शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर राना लगायतले शैक्षिक स्तर र विद्यालयले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनारायण रेग्मीले करिब ४२ लाख रुपैयाँ बराबरको वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको हाम्रा समाचार सहयोगी हेमप्रकाश गुरुङले जनाएका छन् ।
विद्यालयका शिक्षिका देवकी रेग्मीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो भने शिक्षक भेषबहादुर रानाले साचालन गर्नुभएको थियो ।
सात हजार लडाकू समायोजन हुनेः बलदेव
प्रकाश डोटेल
स्याङ्जा-७ कार्तिक ।
माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव ले माओवादी लडाकुका सातहजार सेना समायोजन हुनगइरहेको बताएका छन् । वभिन्न दलहरुले सेना समायोजनमा आ-आफ्नै तर्क पेश गरेपनि सात हजार सेना समायोजन हुने र त्यसको तयारी अन्तिम अवस्थामा पुगिसकेको उनले दाबी गरे ।
एकिकृत माओवादीको संस्थापन पक्षले सोमबार नवलपरासीको दाउन्नेमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले सातहजार सेना समायोजनका लागि अन्य दलहरुसंग छलफल भैरहेको र आफूहरुको प्रस्तावमा अन्य दलहरु पनि सहमति नजिक पुगेको दाबी गरे । एकिकृत माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका खनालले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने वैद्य पक्षधर नेता तथा कार्यकर्ताहरुलाई इङ्गित गर्दै भने-आफ्नो शक्तिको सहि आकलन गर्न नसक्नेले कालो झण्डा देखाएका हुन् ।
पार्टीमा देखिएको बैचारिक मतभेदका बारेमा किरणसंग छलफल भैरहेको दाबी गर्दै उनले किरणजीले पार्टी फुटाउन नदिनेमा आफू विश्वस्त रहेको पनि बताए । अहिले संक्रमणकालको अन्तिम अवस्था रहेको बताउदै खनालले संक्रमणकाल टुटेपछि मात्र विद्रोहका कुरा गर्न वैद्यलाई आग्रह गरे । अहिले नै विद्रोहका कुरा नगर्न वैद्यलाई आग्रह गर्दै भने- शक्ति सन्तुलन नबिग्रेसम्म

