News
तीन महिनामा साढे दुई करोड नाफा
- Details
- Category: News
- Published on Wednesday, 26 October 2011 10:45
- Written by prakash dotel
- Hits: 239
प्रकाश डोटेल, स्याङ्जा-६ कार्तिक । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०६८/०६९ को पहिलो तीन महिनामा दुई करोड ४० लाख साचालन मुनाफा आर्जन गरेको छ ।

बैंकले एक अर्ब ९५ करोड निक्षेप संकलन गरी एक अर्ब ७८ करोड लगानी गर्दै तीन महिनाको अवधिमा उक्त मुनाफा आर्जन गर्न सफल भएको हो । तीन जिल्लामा कारोबार संचालन गरेको बैंकिङ्ग र लघुवित्तका ३५ शाखा मार्फत झण्डै ५० हजार सर्वसाधरणलाई बैकिङ्ग साजालमा आवद्ध गराएको छ । बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई समेत अगाडि बढाउने बताएको छ ।
एक घर एक सफल व्यवसायी एक सफल व्यवसायी एक खाता भन्ने अबधारणा र जनता बैंकमा होइन् बैंक जनताकहाँ जानुपर्छ भन्ने नारासहित बैंकले पोखरास्थित पृथ्वीचोकमा केन्द्रिय कार्यालय स्थापना गरी आर्थिक कारोबार साचालन गर्दै आएको छ ।
बैंक यसै सातादेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साधारण शेयर कारोबारका लागि सूचीकृत भएको छ । बैंकको २० लाख कित्ता साधारण शेयर कारोबारका लागि सूचीकृत भएको हो ।
बैंकले स्याङ्जा कास्की र तनहुँ गरी तीन जिल्लामा १२ वटा बैंकिङ्ग शाखा मार्फत सेवा साचालन गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताएका छन् । स्थानीय समाजसेवी र उद्योगी व्यवसायीहरुको सामुहिक पहलमा २०६३ सालमा स्याङ्जा सदरमुकाममा स्थापना भएको बैंकले लघुवित्त कार्यक्रम समेत संचालन गरेको छ ।

