Sun05202012

Last update11:04:42 AM

News

News from Bina Gaihre 10Nov11

शिशुको शव फेला, वालिङ समाचार २२ कार्तिक



स्याङ्जाको कालिकाकोट गाउँविकास समितिको वडा नं। ३ मा मारेर फालिएको अवस्थामा नवजात बालिकाको शव फेला परेको छ । खरबारीमा फालिएको अवस्थामा शव देखेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । खबर गरेपछिवडा प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा गई शिशुको शव र मारेर फालेको आशंकामा स्वरेक १ मैदान निवासी मनकुमारी सार्कीलाई नियन्त्रणमा लिएको छ । मनकुमारीले आफूले फालेकेा स्वीकार गरेकी छन् । किन फालिएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख तपन कुमार दाहालले जानकारी दिनुभयो ।



महायज्ञमा श्रद्धालु भक्तको घुइचो

वालिङ समाचार २२ कार्तिक

स्याङजा र पाल्पाको संगंम स्थल राम नदी धाममा शुक्रबारबाट सुरु भएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव २०६८ मा श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको छ । धर्म संस्कार र संस्कृतिको संरक्षण गरौ रामनदी धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरौ भन्ने नाराका साथ शुक्रबार देखि सुभारम्भ गरिएको महायज्ञमा दान बिरहरुको समेत घुँइचो लागेको छ । हिजो झण्डै २० लाख रुप्ौँया रकम संकलन भएको आयोजक समितिका कोषाध्यक्ष श्यामबस्यालले जानकारी दिनुभयो । हिजो महायज्ञमा पाल्पा स्याङजारुपन्देही कपिलबस्तु नवलपरासी पोखरा बाग्लुङपर्वत मानङ वाट समेत श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । कालीगण्डकी धार्मिक पुरातात्विक ऐतिहासिक साथै पर्यटकीय द्धष्ट्रिकोणले समेत महत्वपूर्ण स्थान भएकोले गुरुयोजनामा उल्लेख्ा गरिएका महत्वपूर्ण विषयलाई पूरा गर्नको लागि महायज्ञको आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।



साँतबुँदे सहमति राष्ट्रिय सहमतिको लागि मार्गनिर्देशक ः शर्मा

वालिङ समाचार २२ कार्तिक

एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण शर्मा निडरले कार्तिक १५ गते भएको सात बुँदे सहमतिले राष्ट्रिय सहमतिको लागि मार्गनिर्देश गरेको बताउनुभयो । उहाँले सत्ता परिवर्तन जनचाहना नभएर शान्ति प्रकि्रया नयाँ संविधान सम्बृद्ध नेपाल र आर्थिक रुपान्तरणको लागि सबै एकजुट हुनु जरुरी रहेको स्पष्ट पार्नुभयो । स्याङ्जाको कालीगण्डकीमा आईतबारबाट सुरु भएको राष्ट्रिय नदि महोत्सवको समापन कार्यक्रममा बोल्दै शर्माले एमाले र कांग्रेसको सत्ता लिप्साको कारण विकास हुन नसकेको आरोप लगाउदै अब पूराना खेलको अन्त्यको लागि जनताले वर्तमान सरकारको विकल्प खोज्न नहुने जिकिर गर्नुभयो । उहाँले संविधान नयाँ संरचनामा रुपान्तरण गरी बनाईनुपर्ने भन्दै यसले जनआकाक्षुा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो । विभिन्न दलहरुबीचको कुसर्ीको लुछाचुँडीले जनताको भावनामाथि कुठाराघात गर्ने भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाको लागि राजनितिक सहकार्य र एकताको विकल्प नरहेको दाबी गर्नुभयो । एक अर्को प्रसंगमा बोल्दै शर्माले गण्डकीबेसी धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउदै जनता एकजुट भएर काम गरेको ले त्यस क्षेत्र राम्रो भएको धारणा राख्नुभयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सचिव ताराप्रसाद भुषाल नेपाली कांग्रेसका जिल्ला सदस्य गुरुप्रसाद भट्टराई नेकपा एमालेका जिल्ला सचिव पून्य भुषाल लगायतले बोलेका थिए । कार्यक्रम कालीगण्डकी एकिकृत विकास केन्द्र तथा महोत्सव मूल आयोजक समितिका संयोजक डाक्टर बुद्धिमान श्रेष्ठको सभापतित्व रहेको कार्यक्रमको साचालन बद्री डोटेलले गर्नुभएको थियो । आइतबार देखि सुरु भएको तेस्रो कालीगण्डकी नदि महोत्सव मंगलबार सकिएको हो । जलपर्यटनका लागि नियमित र् याफ्टिङ्को प्रचुर सम्भावना भएर पनि कालिगण्डकीमा र् याफ्टिङ् नियमित हुन नसकिरहेको अबस्थामा तेस्रो कालीगण्डकी नदी महोत्सव २०६८ को आयोजना गरिएको हो । स्याङजा र पाल्पाको सिमानामा अवस्थित रहेको रामनदीधामदेखि देवघाटसम्म्ा करिव २८ किलोमिटर दुरीको नियमित र् याफ्टिङ गर्नका लागि प्रचार-प्रसार स्वरुप नदी महोत्सव मनाईएको हो । नदी महोत्सवले त्यस क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने आशा राखिएको छ । ूस्याङ्जा वालिङ् गल्याङ् मालुङगा हुँदै राम्दी जाऔं तुल्सीभज्याङ् पकवादी कुवाकोट गेझा चापाकोट दामाचौर रामपुर र् याफ्टिङ्को मज्जा लिऔं साँखर सेखाम मल्याङ्कोट केवरे तिनदोवाटेको प्राकृतिक दृश्यावलोकनमा रमाऔंू भन्ने नारासहित तीनदिन सम्म विभिन्न सांस्कृतिक कार्यक्रम सहित नदी महोत्सव सम्पन्न भएको हो । महोत्सवमा आईतबारबाट ५ वटा डुंगा नियमित साचालनमा ल्याईएको छ भने झण्डै १ लाख पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।



१० केजि चरेस सहित पाँच नियन्त्रणमा

वालिङ समाचार २२ कार्तिक

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगर पालिका १ ट्राफिक चोकबाट १० किलो तिन सय ७५ ग्राम चरेस सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती ११ पोकामा रहेको चरेश सुराकीको आधारमा जिल्ला ट्राफिक प्रहरीले चेकजाचँ गर्दा माइक्रो बसमा लुकाई राखेको अवस्थामा फेला पारेको हो । बुटवलबाट छुटेको बा २ ख ३२३२ नम्बरको बसमा पोखरा लैजादै गर्दा चरेश र मानिस पक्राउ गरेको हो । प्रहरीले बसका चालक सबिन गुरुङ् सहचालक मोहन परीयार दाङकी १९ बर्षिया तारा चौधरी स्याङ्जाकी २७ बर्षियागौरी श्रेष्ठ र स्याङ्जा फेदिखोलाका अमित गुरुङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।



सुनौलो भविष्य रेडियो कार्यक्रमको समिक्षात्मक छलफल सम्पन्न

वालिङ समाचार २२ कार्तिक

स्याङ्जाको थुमपोखरा गाउँविकास समितिका सर्वसाधारणहरुले बजेट विनियोजन प्रकि्रया घरधुरीको आधारमा गरिएको भन्दै आक्रोश पोखेका छन् । आवश्यकता पहिचान नगरी घरधुरीको आधारमा गरिएको बजेट विनियोजनले गाविसको विकास हुन नसक्ने भन्दै सर्वसाधारणले आक्रोश पोखेका हुन् । रेडियो कार्यक्रम सुनौलो भविष्य उत्पादनको शिलशिलामा मंगलबार भएको समिक्षात्म्मक छलफलको अवसरमा उपस्थित सर्वसाधारणले खानेपानी यातायात तथा कृषि विकासमा धेरै समस्या रहेतापनि घरधुरीको आधारमा गरिएको बजेट विनियोजन प्रकि्रयाले ती समस्या सम्बेाधन हुन नसकेको गुनासो गरेका थिए । स्थानिय निकायको पारदर्शिता र जवाफ देहितामा केन्द्रित रेडियो कार्यक्रम सुनौलो भविष्यको पहिलो चरण अन्तर्गत केही महिना पहिले थुमपोखरामा नै वृहत छलफल गरिएक्ो थियो । मंगलबार भएको समिक्षात्मक छलफलमा पहिले गर्ने भनिएका र अपुरा कामको अवस्था जनताले खोजेको विकास निर्माण र गाविसमा साचालन भएका योजनाहरु र तिनको अवस्थायोजना तर्जुमा प्रकि्रया र उपभोक्ता समितिका गतिविधी लगाएतका समग्र अवस्था लगाएतका विषयमा छलफल गरिएको थियो । छलफलमा पहिलेका योजनाहरुको प्रतिवेदन सार्वजनिक नगरिएको र पूरा हुने क्रममा रहेको गाविस सचिव नारायण रेग्मीले बताउनुभयो । त्यसैगरी कार्यक्रममा अधुरा योजना पुराना पेश्कीको अवस्था र आन्तिरिक श्रोतको परिचालन थुमपोखरा गाविसमा राजनैतिक समन्वयको अवस्थानागरिकले पाउनु पर्ने सरकारी सेवाहरु तथा गाविसको राम्रो र सुधार गर्नु पर्ने तथा त्यस्मा भएको प्रगतीका कुराहरु लगाएतका विषयमा छुलफल भएको थियो । छलफल पोखरामा रहेको रेडियो तरङ संगै देशका विभिन्न रेडियोहरुवाट एक साथ प्रसारण हुनेछ । कार्यक्रम रेडियो तरङग पोखराको आयोजना र रेडियो वालिङको सहआयेाजनामा साचालन गरिएको हो ।



स्वास्थ्य तथा पोषण सम्बन्धी तालिम सुरु

वालिङ समाचार २२ कार्तिक

स्याङ्जाको कुवाकोट गाउँविकास समितिको वडा नं। ८ स्थित भानु उच्च माध्यामिक विद्यालयमा मंगलबारबाट ३ दिने स्वास्थ्य तथा पोषण सम्बन्धी तालिम सुरु भएको छ । विद्यालय सरसफाई तथा पोषण परियोजना अन्तर्गत जाईकाको सहयोगमा आजबाट तालिम सुरु भएको हो । तालिमको जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव दिपेन्द्र ढकालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा सचिव दिपेन्द्र ढकालले भानुउच्चमावि स्रोत केन्द्र भएकोले त्यस विद्यालय अन्य विद्यालयको पाठशाला बन्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले विद्यालयको विकासको लागि जिल्ला शिक्षा कार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षा उपसचिव तोयानाथ लम्साल भानुउच्च माविका स्रोतव्यक्ति टिकाराम रेग्मी प्राचार्य गीतानाथ खनाल भूपू विद्यार्थी माचका भेषराज वस्ती निर्माण समितिका अध्यक्ष टिकाराम तिवारी शिक्षक लोकनाथ भण्डारी विद्यार्थी गोपीकृष्ण रेग्मी लगायतले विद्यालयको शैक्षिक गुणस्तरको लागि स्वास्थ्य तथा पोषणले महत्वपूर्ण भूमिका राख्ने हुँदा विद्यार्थीको स्वास्थ्यमा समेत विद्यालयले ध्यान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयबाट जानुभएका उपसचिवहरुलाई फूलमालाका साथ स्वागत गरिएको थियो । ३ दिनसम्म साचालन हुने उक्त तालिममा कुवाकोट र केवँरे गाउँविकास समितिका सम्पूर्ण विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको छ । तीनदिन सम्म चल्ने तालिममा विद्यालय पोषण र स्वास्थ्य सम्बन्धी जानकारी गराईने आयोजकले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर आलेको सभापतित्व रहेको कार्यक्रमको साचालन राष्ट्रिय रोइला गायक जग्ान्नाथ न्यौपानेले गर्नुभएको थियो ।




--
Bina Gaihre
Radio Waling 89.2 MHz, Waling, Syangja