MeroSyangja

Thu02232012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

कालिगण्डकीमा र् याफ्टिङ् महोत्सव

प्रकाश डोटेल, स्याङ्जा-२० कार्तिक । स्याङ्जा र पाल्पाको सिमाना रामनदी धाम राम्दीबाट कालीगण्डकी नदीमा राष्ट्रिय नदी महोत्सव तथा रिभर र् याफ्टिङ शुरु भएको छ ।
rafting

Read more: कालिगण्डकीमा र् याफ्टिङ् महोत्सव

महायज्ञमा दानबीर र भक्तजनको भिड

श्रीकृष्ण सिग्देल, वालिङ्१९कात्र्तिक, शुक्रवारदेखी संचालन भएको श्रीमदभागवत ज्ञानमहायज्ञमा दान गर्ने दानबीर झक्ततजनहरुको भिड बढ्न थालेको छ ।

स्याङ्जा र पाल्पाको सिमानामा संचालन भएको महायज्ञमा रामनदीधामको बृहत विकासको टेवा पुग्ने उदेशयले आयोजना गरिएको श्रीमदभागवत सप्ताह तथा धार्मिक पर्यटन २०६८ मा दान गर्ने दानबीर र भक्तजनहरुको भिड लागेको हो । धर्म संस्कार र संस्कृतिको संरक्षण गरौँ समग्र कालिगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरौू भन्ने मूल नाराका साथ संचालन गरिएको महायज्ञमा आयोजकले सोचे भन्दा बढी रकम संकलन हुने बताईएको छ ।
महायज्ञ शुरु भएको पहिलो दिनमा उदघाटन शत्रका कारण दान गर्ने दानबीरले दान गर्न नपाए पनि दोस्रो दिनमा भने अत्यन्त उल्लासका साथ दानबीरहरुले दान गरेका छन् । दोस्रो दिनमा मात्रै १५ लाख रकम संकलन भएको आयोजकका कोषाध्यक्ष श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धामको विकासका लागि तयार गरिएको गुरुयोजनामा उल्लेख गरिएको रामनदीधाममा व्यवस्थित मशानघाट निर्माण स्नानघाट आर्युवेद औषधालय संस्कृत बेदविद्याश्रम तथा अङ्ग्रेजी गुरुकुल शिक्षा पाठशाला सम्पूर्ण शास्त्र दर्शन तथा विज्ञान अध्ययनका लागि पुस्तकालयको स्थापना पुष्पवाटिका गौशाला निर्माण दिनदुःखी र साधुसन्तका लािग अन्नक्षेत्रको निर्माण वृद्धाश्रम निर्माण तथा रामनदी धामलाई धार्मिक पर्यटकीय
स्थलको रुपमा विकास गर्नको लागि महायज्ञको आयोजना गरिएकोले सवैले महायज्ञमा आएर सक्दो सहयो गरि यस क्षेत्रको विकासमा हात बढाउन आयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले अनुरोध गरेका छन् । शुक्रबारदेखी सुरु
भएको महायज्ञ कात्र्तिक २५ गतेसम्म साचालन हुनेछ । महायबाट करीब पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

महायज्ञमा वाचन प्रविण पंण्डित दिनवन्धु पोख्रेलले कथा वाचन गरेका छन् । आयोजकले पर्यटन बर्ष २०११ लाई पनि टेवा पुग्ने उदेश्यले धार्मिक पर्यटन समेत आयोजना गरेको छ । सो धार्मिक पर्यटनको नेपाली काँग्रेसका पुर्व केन्द्रिय उपसभापति तथा सभाषद गोपालमान श्रेष्ठले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तीन महिनामा साढे दुई करोड नाफा

प्रकाश डोटेल, स्याङ्जा-६ कार्तिक । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०६८/०६९ को पहिलो तीन महिनामा दुई करोड ४० लाख साचालन मुनाफा आर्जन गरेको छ ।

muktinath bank

Read more: तीन महिनामा साढे दुई करोड नाफा

News from Bina Gaihre 10Nov11

शिशुको शव फेला, वालिङ समाचार २२ कार्तिक

Read more: News from Bina Gaihre 10Nov11

News from Prakash Dotel

शिक्षामा छुट्ट्याएको रकम बालुवामा पानी खन्याए सरह
प्रकाश डोटेल, स्याङ्जा-६ कार्तिक । जिल्ला शिक्षा कार्यालय स्याङ्जाले शुक्रबार सदरमुकाम स्याङ्जामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अनौपचारिक तथा साक्षरता शिक्षा कार्यक्रममा छुट्ट्याएको वजेट वालुवामा पानी खन्याए जस्तै भएको वताएका छन् ।

Read more: News from Prakash Dotel

Subcategories