MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Agriculture

वालिङ् नगरपालिकाको पहिचान कृर्षि

श्रीकृष्ण सिग्देल, वालिङ्८असोज, वालिङ् नगरपालिकालाई नेपाल तथा अन्तराष्ट्रियमा पहिचान निमार्ण गर्न कृर्षि क्षेत्रलाइ अगाडी सारीने भएको छ ।
बिगत दुइ दशक देखी वालिङ् नगरपालिकामा कृर्षिजन्य उत्पादनले जिल्लालाई मात्रै होइन पश्चिमााचललाई चिनाउन सफल भएको छ । भौतिक योजना तथा निमार्ण मन्त्रालय अन्रर्गत शहरी विकास तथा भवन निमार्ण बिभागले वालिङ् नगरपालिकामा गरेको एक शहर एक पहिचान सम्वन्धि कार्यक्रममा वालिङ्को पहिचान निमार्ण गर्न कृर्षिलाइ अगाडी सार्ने भएका हुन् ।

सरकारले एक शहरलाइ एउटै मात्रै पहिचानको निमार्ण गर्ने योजना ल्याएपछि सर्वेक्षणमा आएको एक टोलीले वालिङ् नगरपालिका भित्र रहेका राजनितिकदलउद्योग वाणिज्य संघबुद्धिजिवीनागरिक समाज र पत्रकार लगायतको सहभागितामा एक शहर एक पहिचान बनाउन बिभिन्न बुदागत रुपमा छलफल गरेको थियो । एक शहरलाइ एक पहिचानले चिनाउनका लागी वालिङ्मा रहेको पहिचानको खोजी गर्दा सहभागीहरुले वालिङ्लाइ कृर्षिको माध्यम बाट चिनाउने गरि योजना तयार गरिएको छ ।

स्याङ्जाको मध्यभागमा रहेको वालिङ् नगरपालिका व्यपारीक दृष्टिले पनि उपयुक्त केन्द्र मानिदै आएको क्षेत्र हो । तर पनि वालिङ्को अहिले सम्म आफ्नै पहिचान बनाउन नसकिरहेको अवस्थामा अव बाट वालिङ्लाई चिनाउने माध्यम कृर्षि हुने भएको छ । वालिङ् नगरपालिका क्षेत्रलाई तिनलेनमा बिभाजन गरि तिनै क्षेत्रमा उपयुक्त हुने कृर्षि उपज तथा पशुपालन र जडिबुटीलाइ व्यवस्थापन गरिने भएको छ ।

वालिङ् नगरपालिकाको उत्तर तर्फ फर्केको पाखोवारीमा फलफुल क्षेत्र बनाउनेआधिखोलाको किनारमा रहेका भागहरुमा तरकारी तथा अन्नवाली र माछापालन क्षेत्र निमार्ण गर्ने र पहाडी भिरपाखोमा जडीबुटी तथा गार्डेन क्षेत्र निमार्ण गर्ने गरि योजना तयार परिने नगरपालिकाले जनाएको छ । वालिङ्को पहिचान कृर्षि भएपछि अवदेखी उत्पादन क्षेत्रलाई कायम राख्नुपर्ने र यसलाई तुरुन्त नगरपालिकाले रोक्नुपर्ने समेत सहभागीहरुले बताएका छन् । वालिङ्लाइ कृर्षि शहरकारुपमा पहिचान निमार्ण गर्न सम्वन्धित मन्त्रालयले प्राविधिक समेत खटाउने भौतीक निमार्ण मन्त्रालय शहरी विकास विभागका नवराज बोहोराले जानकारी दिए । यसका लागी तालीमको आवश्यकता पर्ने भएकोले यस सम्वन्धमा मन्त्रालयमा जानकारी दिने समेत बोहोराले बताए ।

वालिङ्लाई कृर्षि क्षेत्र निमार्ण गर्ने भएपछि भु-उपयोगका लागी योजना तयार पार्नेकृर्षि क्षेत्रलाइ चाहिने िसंचाइका लागी स्रोतको पहिचान गर्ने वा बैकल्पीकको खोजी गर्ने र उत्पादन भएका कृर्षि उपजहरुका लागी कोल्डस्टोरको निमार्ण साथै व्यवस्थापनका लागी हाट बजारको व्यवस्थाका लागी योजना बनाउने वालिङ् नगरपालिका कार्यालयका निमित्त प्रमुख पदमप्रसाद पाण्डेले जानकारी दिए । निमित्त प्रमुख पाण्डेका अनुसार वालिङ्लाई कृर्षि शहर निमार्णका लागी नगरपालिकाको समस्या र समाधानजनसंख्याको बृद्धिदरभवन निमार्ण संहिता र नगरको अग्रणी क्षेत्र निधारणका बारेमा समेत छलफल भएको थियो ।