MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Agriculture

धेरै दुध बेच्नेलाई पुरुस्कार

श्रीकृष्ण सिग्देल, वालिङ्२५पौष, दुध बिकि्रबाट पैसा त आउछ नै तर दुध बिकि्र गर्दा पुरुस्कार पाए पछि तिनदोवाटे ५ की बिष्णु श्रेष्ठलाइ झन हौसला जागेको छ ।

milk waling syangja

दुध बेचेर जीवनका साना तिना हरेक आबश्यकता पुरा गरेकी श्रेष्ठले पुरुस्कार पाएपछि उनमा झन हौसला जागेको हो । उनलाई स्याङ्जाको तिनदोवाटेमा रहेको मिलन दुग्ध सहकारी संस्थाले बार्षिक साधरण सभामा बर्ष भरी धेरै दुध ल्याएको भन्दै उनलाई पुरस्कृत गरेको थियो । श्रेष्ठले सहकारीमा दैनिक १२ लिटरका दरले एक बर्षमा ४ हजार ३ सय ८० लिटर दुध बिकि्र गरेकोले सबै शेयर सदस्यहरु मध्ये उनले धेरै ल्याएको भन्दै उनलाई दुध ल्याउने भाँडो दिएर सम्मान गरेको थियो । पुरुस्कार मात्रै होइन् उनले सो दुध बिकि्र बाट १ लाख ५३ हजार ३ सय दाम पनि कमाइन् ।संस्थाले उनलाई सम्मान गरेपछि आफुलाई अझै बढी दुध बिकि्र गर्ने इच्छा समेत जागेको बताइन् । उनका श्रीमान अहिले साउदीमा पैसा कमाउन गएका छन् । दुध बेचेर पैसाको साथै पुरुस्कृत भएपछि श्रेष्ठले भनिन्ँअब मैले श्रीमानलाई पनि नेपाल फर्कन आग्रह गर्ने बताइन्’ ।

दुध बेचेर घर खर्चको गुजरा चलाउदै र छोराछोरीलाई पढाउदै आएकीछन् ।उनी मात्रै होइन दुध बेचेर जिविको पार्जन गर्ने अर्की महिला पुर्णकला गैहे्र पनि पुरुस्कार पाएर दंग परेको बताइन् । उनले पनि बर्ष भरी १ हजार ७ सय लिटर दुध बेचेकी थिइन् । उनले पनि ५९ हजार पाँच सय दाम कमाइ गरिन् । यि दुइ महिलाहरु त पात्र मात्रै हुन् यस गाँउका धेरै महिलाहरु दुध बेचेर आफ्नो जिविको पार्जन चलाउदै आएका छन् भने गाँउको मुहार पनि फेरीएको छ । संस्थाले सहकारीमा दुध बेच्न ल्याउने शेयर सदस्यहरुलाई एक लिटरको ३५ रुपैया दिने गरेको छ । जसले गर्दा दुध बेच्न बजार खोज्न नपरेका कारण पनि गाई भैसी पाल्न महिलाहरु सकि्रय देखिएका छन् ।सहकारीमा हाल सम्म ५५ जना शेयर सदस्य रहेका छन् संस्थाका व्यवस्थापक बोधराज गैहे्रले भने संस्थामा दुध धेरै ल्यानेलाइ पुरुस्कृतको व्यवस्था गरिदिदा कृर्षकहरुमा अझै जोस जागर र हौसाला हुन्छ भनेर पुरुस्कार दिने व्यवस्था गरेका छौ’ । दैनिक यहाँ रहेका सबै शेयर सदस्यहरुले १ सय ५० लिटर दुध ल्याउने गर्दछन् । आठ बर्ष अगाडी स्थापना गरिएको सहकारीले दुधको खरिद बिकि्र गर्न थाले पछि यस गाँउका कृषकहरुलाई आम्दानीको राम्रो माध्यम बनेको समेत गैह्रेले दावी गरे । धेरै युवाहरु बिदेश पलायन हुने क्रम बढ्न थाले पछि युवाहरुलाई स्वदेशमै रोजगारी र आम्दानीको माध्यम बनाउनका लागी दुग्ध सहकारी ल्याएको व्यवस्थापक गैहे्रले बताए ।

संस्थाले अहिले बार्षिक २८ हजार लिटर दुध खरीद बिकि्र गदै आएको छ जस बाट १० लाख ५२ हजारको कारोवार गर्दछ भने बार्षिक १ लाख २० हजार संस्थाले कमाई गरेको संस्थाका आर्थिक संयोजक यज्ञप्रसाद पाठकले बताए । संस्थाले सहकारीमा संकलन भएको दुधलाई पोखरा र स्थानीय बजारहरुमा बिकि्र गर्दै आएको छ । संस्था संचालनमा नआउदा गाई भैसीको दुध बेच्न बजार खोज्नु पर्ने अवस्थामा रहेका कृषकहरुलाई सहकारीताको माध्यमबाट दुध संकलन गरेर उनीहरुको जिवन स्तरमा परिवर्तन ल्याउन सफल भएको सहकारीका लेखा समीतिका संयोजक दिपेन्द्र गैहे्रले बताए । उनले भनेँयस गाँउका धेरै युवाहरु बिदेश पलायन भएका थिए तर अहिले दुध बेचेर राम्रो आम्दानी भएपछि बिदेश जाने युवाहरुमा कमी आएको छ’ ।

युवाहरुको खाँचो र बिदेश पलायन हुने क्रममलाई राज्यलेनै रोक्नु पर्नेमा गाँउलेहरुले आफ्ना छोराछोरीलाई गाँउमै बसेर आम्दानी गर्ने बाटो सिकाउन थाल्ने यो अभियानलाई राज्यले प्रोस्साहन गर्न सकेमा देशको विकासमा टेवा पुग्ने बुद्धिजिवीहरु बताउछन् ।हौसला जाग्ने अभियानः मिलन दुग्ध सहकारीमा धेरै दुध बेचेको भन्दै पुरुस्कृत महिलाहरु । सहकारीले यो अभियानको थालनी गरेपछि कृषकहरुमा हौसला जागेको छ । तस्विरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा