MeroSyangja

Thu02232012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

अध्यापन अनुमतिपत्र फाराम बुझाउनेको भिड

प्रकाशडोटेल, स्याङ्जा-२२ पुष । शिक्षक अनुमतिपत्र फाराम भर्न जिल्ला शिक्षा कार्यालय स्याङ्जामा आवेदकको घुईंचो लागेको छ । शिक्षा संकायबाट प्रवीणता प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका विभिन्न विषयका शिक्षकको लागि आवश्यक पर्ने पूर्वाधारको रुपमा रहेको निमावि र मावि तहको अध्यापन अनुमतिपत्रका लागि घुईचो बढ्दै गएको हो । अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरिएपछि सामान्य दस्तुर तिरेर फाराम भर्ने म्याद सकिन चार दिन बाँकी हुँदै एक हजार छ सय जनाले फारम किनिसकेको र करीब छ सय जनाले फाराम दर्ता गरिसकेको जिल्ला शिक्षा कार्यालयका उपसचिव हेमनारायण चापागाईले जानकारी दिए ।यही पुस २४ गतेसम्म सामान्य दस्तुर र त्यसपछि आगामी माघ २ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्ने समय तोकिएको छ । बढ्दो बेरोजगारी तथा शिक्षक बन्ने अभिलाषा बोकेर अध्यापन अनुमतिपत्रका लागि फाराम भर्न आउनेहरुको संखाय बढी नै भएपछि घुइचो लाग्नु स्वभाविक भएको वालिङ्का एक सहभागीले बताए ।सरकारले झन्डै २० हजार शिक्षक आवश्यक रहेको र नयाँ अध्यापन अनुमतिपत्र दिई चाँडै शिक्षा सेवा आयोगद्वारा पदपूर्ति गर्ने उद्देश्यका साथ आवेदन आह्वान गरेको बताइएको छ । आवेदकको फाराम भर्ने क्रम जारी रहेको जनाउँदै जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले गत वर्षको तुलनामा दोब्बर आवेदकले आवेदन दर्ता गर्ने अनुमान गरेका छन् । यसैगरी आवेदनका साथ बुझाउनुपर्ने कागजात प्रमाणित गर्न नोटरी क्लवको इजाजत लिएका कानुन व्यावसायी समक्षसमेत आवेदकको भिड बढेको छ ।  

माझकोटमा अन्तरक्रिया कार्यक्रम

प्रकाश डोटेल, स्याङ्जा-५ मंसिर । माझकोट उच्च माध्यमिक विद्यालयको समस्या समाधान र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम माझकोट शिवालयमा सम्पन्न भएको छ ।

 6

Read more: माझकोटमा अन्तरक्रिया कार्यक्रम

स्याङ्जामा २% बालबालिका बिद्यालयबाट बिञ्चित

श्रीकृष्ण सिग्देल, वालिङ्२४असोज, शिक्षामा राज्यले करोडौ रकम खर्च गरेपनि शिक्षाको उज्यालो पाउन नसकेका धेरै बालबालीकाहरुको पहिचानमा संवन्धित निकायले चासो दिएको पाइएको छैन ।

Read more: स्याङ्जामा २% बालबालिका बिद्यालयबाट बिञ्चित

बिद्यालयलाई भौतीक निमार्णमा बैंकको सहयोग

श्रीकृष्ण सिग्देल, स्याङ्जा २ भदौ, नेपालमा खुलेका बित्तिय कारोवार गर्ने बैंकहरु नाफामुखी तिर मात्रै अग्रसर भइरहेका बेला नेपाल एसविआइ बैंकले सेवामुखि भावना देखाएर वालिङ् नगरपालिका १० ठानामा रहेको एक बिद्यालयलाइ भौतीक निमार्ण गर्न आर्थिक सहयोग गरेको छ ।

Read more: बिद्यालयलाई भौतीक निमार्णमा बैंकको सहयोग

एसएलसी पुरक शुरु ।

राधाकृष्ण डुम्रे, स्याङजा२३ साउन, आज देखि एसएलसीको पुरक परीक्षा शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय स्याङजाले दिएको जानकारी अनुशार स्याङजामा ४ ओटा परिक्षा केन्द्र तोकिएको छ । सदरमुकाममा त्रिभुवन आदर्श उच्च मावि र स्याङजा उच्च मावि तथा वालिङमा पूर्णामृत भवानी उच्च मावि र आदर्श उच्च माविमा केन्द्र तोकिएको हो ।

Read more: एसएलसी पुरक शुरु ।