Education
SLC सतप्रतिशत अंक
- Details
- Category: Education
- Published on Wednesday, 22 June 2011 17:06
- Written by Prakash Dotel
- Hits: 617
प्रकाश डोटेल, स्याङ्जा-८ असार । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरापालिका-५ मा रहेको भूतपुर्व सैनिक उच्च माविबाट प्रवेशिका परिक्षामा सामेल भएका तीन विद्यार्थीले गणित विषयमा सतप्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।
सतप्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीमा सन्दिप नेपाल बिबेक नेपाल र कृष्ण कार्की रहेका छन् । एकै विद्यालयमा तीन विद्यार्थीले गणित विषयमा सतप्रतिशत अंक ल्याएको सम्भवत यो पहिलो अवसर भएको बताइएको छ ।

