Education
स्याङ्जामा २% बालबालिका बिद्यालयबाट बिञ्चित
- Details
- Category: Education
- Published on Sunday, 16 October 2011 08:11
- Written by ShreekrishnaSigdel
- Hits: 283
श्रीकृष्ण सिग्देल, वालिङ्२४असोज, शिक्षामा राज्यले करोडौ रकम खर्च गरेपनि शिक्षाको उज्यालो पाउन नसकेका धेरै बालबालीकाहरुको पहिचानमा संवन्धित निकायले चासो दिएको पाइएको छैन ।

शिक्षा विनाको विकासले दुरदर्शीता देखाउन नसक्ने अवस्था राज्यले थाहा पाउदा पाउदै राज्यले गरेको करोडौ लगानी बालुवामा पानी मिसाए जस्तो सदुपयोगीतामा कमजोर देखीएको छ ।
शिक्षामा गरिएको लगानीको संवन्धित निकायले चासो नदिएका कारण बिद्यालयलाई बितरण गरिएको रकम सदुपयोग भएको छैन । यसको उदाहरण हो स्याङजामा अझै पनि १।८ प्रतिशत बालबालिका विद्यालय जानबाट बिाचत रहेका छन् । जिल्ला शिक्षा कार्यालय स्याङ्जाले आफै तयार गरेको तथ्याङ्क अनुसार जिल्लामा अहिले पनि १।८ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका छैनन् । विद्यालय जानबाट बिाचत रहेका अधिकांश बालिबालिका ग्रामिण भेगका रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
तथ्याङ्क अनुसार स्याङ्जामा अतिगरिब जनजाति दलित तथा मजदुरी गर्ने परिवारका बालबालिकाहरु आर्थिक तथा जनचेतनाको अभावको कारण विद्यालय भर्ना नभएको उल्लेख गरिएको छ । स्याङ्जामा प्राथामिक विद्यालय ३ सय ५३ निम्नमाध्यमिक विद्यालय ३७ माध्यमिक विद्यालय १५६ गरी कूल ५४६ वटा सरकारी तथा संस्थागत शिक्षण संस्था रहेपनि १।८ प्रतिशत बालबालिका शिक्षा हािसंल गर्नबाट बिाचत रहेका छन् ।
जिल्लामा संस्कृत पाठशाला ८ सामुदयिक अध्ययन केन्द्र ३ बालबिकास केन्द्र ४९२ अपाङ्गहरुकालागि बिशेष कक्षा कार्यक्रम ७ वटा बैकल्पिक बिद्यालय ६ वटा महिला शिक्षा कार्यक्रम १० स्थानमा संचालन भएको छ । जिल्लामा शिक्षाबाट बिाचत भएका बालबालीकाका लागी हरेक कक्षा संचालनमा ल्याइए पनि उक्त पाठशालाहरुको प्रभावकारीता देखीएको र्छैन ।
तथ्याङ्क अनुसार नेपालभरी ५।५ प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छैनन् । सरकारले सन् २०१५ सम्ममा देशभरीको सम्पूर्ण नागरिकलाई आधारभूत शिक्षा दिने अभियान सुरु गरेपनि आर्थिक कारणले अधिकांश बालबालिका शिक्षाबाट बिाचत भएको तथ्याङ्कमा जनाइएको छ ।
{fcomment}

