MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Education

माझकोटमा अन्तरक्रिया कार्यक्रम

प्रकाश डोटेल, स्याङ्जा-५ मंसिर । माझकोट उच्च माध्यमिक विद्यालयको समस्या समाधान र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम माझकोट शिवालयमा सम्पन्न भएको छ ।

6

उच्च माध्यमिक विद्यालयलाई व्यवस्थित र दिगो रुपमा साचालन गर्नका लागि आबश्यक पर्ने आर्थिक भौतिक शैक्षिक पूर्वाधार विकास गर्ने उद्धेश्यले अन्तकि्रया कार्यक्रम आयोजना गरिएको हो । अन्तकि्रया कार्यक्रममा बोल्दै माझकोट गाविस कार्यसाचालन समितिका अध्यक्ष एवं सचिव गिरीधारी लम्सालले विद्यालयको चौतर्फी विकासका लागि अभिभावक शिक्षक र विद्यार्थीबीच नङ् र मासुको जस्तै सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए ।

माझकोट सामुदायिक संस्थाको आयोजना तथा गाविसको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व उपसभापति गणेश गुरुङ् गाविसका निवर्तमान अध्यक्षँ टेकबहदुर गुरुङ्ग पूर्व अध्यक्षँ इमबहादुर गुरुङ् प्राचार्य नारायणप्रसाद पौडेल दलबीर गुरुङ् कमल गुरुङ् दुर्गा पौडेल लगायतले विद्यालय र शिक्षाको गुणस्तरीय विकासमा जोड दिएका थिए ।

माझकोट सामुदायिक संस्थाका अध्यक्ष मिनबहादुर गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमको साचालन सचिव खिम गुरुङ् र भौबहादुर गुरुङ्ले स्वागत गरेका थिए ।