Education
अध्यापन अनुमतिपत्र फाराम बुझाउनेको भिड
- Details
- Category: Education
- Published on Monday, 30 January 2012 14:20
- Written by ShreekrishnaSigdel
- Hits: 234
प्रकाशडोटेल, स्याङ्जा-२२ पुष । शिक्षक अनुमतिपत्र फाराम भर्न जिल्ला शिक्षा कार्यालय स्याङ्जामा आवेदकको घुईंचो लागेको छ । शिक्षा संकायबाट प्रवीणता प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका विभिन्न विषयका शिक्षकको लागि आवश्यक पर्ने पूर्वाधारको रुपमा रहेको निमावि र मावि तहको अध्यापन अनुमतिपत्रका लागि घुईचो बढ्दै गएको हो ।

अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरिएपछि सामान्य दस्तुर तिरेर फाराम भर्ने म्याद सकिन चार दिन बाँकी हुँदै एक हजार छ सय जनाले फारम किनिसकेको र करीब छ सय जनाले फाराम दर्ता गरिसकेको जिल्ला शिक्षा कार्यालयका उपसचिव हेमनारायण चापागाईले जानकारी दिए ।यही पुस २४ गतेसम्म सामान्य दस्तुर र त्यसपछि आगामी माघ २ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्ने समय तोकिएको छ ।
बढ्दो बेरोजगारी तथा शिक्षक बन्ने अभिलाषा बोकेर अध्यापन अनुमतिपत्रका लागि फाराम भर्न आउनेहरुको संखाय बढी नै भएपछि घुइचो लाग्नु स्वभाविक भएको वालिङ्का एक सहभागीले बताए ।सरकारले झन्डै २० हजार शिक्षक आवश्यक रहेको र नयाँ अध्यापन अनुमतिपत्र दिई चाँडै शिक्षा सेवा आयोगद्वारा पदपूर्ति गर्ने उद्देश्यका साथ आवेदन आह्वान गरेको बताइएको छ ।
आवेदकको फाराम भर्ने क्रम जारी रहेको जनाउँदै जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले गत वर्षको तुलनामा दोब्बर आवेदकले आवेदन दर्ता गर्ने अनुमान गरेका छन् । यसैगरी आवेदनका साथ बुझाउनुपर्ने कागजात प्रमाणित गर्न नोटरी क्लवको इजाजत लिएका कानुन व्यावसायी समक्षसमेत आवेदकको भिड बढेको छ ।

