MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Financial

एटिएम बाट मासिक ५ करोड भुक्तानी

श्रीकृष्ण सिग्देल, वालिङ्-७ साउन । स्याङ्जाको वालिङ्मा दुइ बर्ष अगाडी स्थापना भएको नेपाल एसविआइ बैंकले संचालनमा ल्याएको एटिएम सेवा बाट मासिक ५ करोड रकम भुक्तानी हुने गरेको छ ।

sbi waling atm

स्याङ्जापाल्पापर्वत र गुल्मी जिल्लाको पायक पर्ने वालिङ् बजारमा स्थापना भएको एसविआइ बैंकमा भारतमा रोजगारी गर्ने नेपालीको रकम सिधै एटिएम बाट झिक्ने सुविधा भएपछि सो रकम भुक्तानी भएको हो । बैकिङ्ग क्षेत्रको विकाससँगै पछिल्ल समय प्रयोगमा आएको आधुनिक बैंकिङ्ग कारोबारको प्रविधि एटिएम सेवा शहर बजारका लागी मात्रै होइन ग्रमिण क्षेत्रका सर्वसाधारणको लािगं पनि अत्यावश्यक माध्यम बन्न थालेको छ ।

वालिङ्मा एटिएम सेवा संचालनमा ल्याएका विकास बैंकहरुमा भन्दा एटिएम सवै भन्दा बढी एटिएम प्रयोग नेपाल एसविआइ बैंकमा सर्वसाधरणको भिड लाग्ने गर्दछ । एसविआइ बैंकमा दैनिक जसो उपभोक्ताहरुको भिड देख्न सकिन्छ । रोजगारीका लागी भारत गएका नेपालीले भारतमा रहेको एसविआइ बैंकमा रकम जम्मा गर्ने बित्तिकै घर खर्च होस वा ऋण तिर्नका लागी सजिलै एकै दिनमा पैसा भुक्तानी पाउने गरेका छन् । त्यसैले पनि जुनसुकै वेला चाहिएको रकम झिक्न सकिने सजिलो माध्यम भएको हुदा ग्राहकहरुको लागि यो सेवा प्रभावकारी बन्न सकेको एसविआइ वालिङ् शाखाका प्रमुख सुधिर पौडेलले बताए ।

वालिङ्मा स्थापना गरिएको एसविआइ बैंकले सेवा संचालनमा ल्याएपछि चार जिल्लाका जनताले प्रत्यक्ष फाइदा लिन पाएका छन् । बिगतका बर्षहरुमा भारत बाट रकम पठाउने माध्यम नहुदा नेपाल र भारतका नाकाहरुमा धेरै नेपाली लुटिने र मारिने घट्नाहरु हुनेगरेका थिए । यो बैंक संचालनमा आएपछि भारतमा रोजगारी गर्ने नेपालीले पैसा पठाउने माध्यम बनेका कारण पनि यस्ता घट्नाहरु बाट नेपालीहरु बच्न सफल भएको सर्वसाधरणहरु बताउछन् ।

बैंकले वालिङ्मा सेवा स।चालनमा ल्याएपछि १४ करोड लगानी गरेको छ । जस बाट यो आर्थिक बर्ष २०६७/०६८ मा बैंकले एक करोड तिन लाख नाफ गर्न सफल भएको छ । बैंकका प्रमुख पौडेलले भने बैंकले अव केही समय पछि बिश्व यात्रा कार्ड समेत संचालनमा ल्याउने तयारी गरेको जानकारी दिए । यो सेवा छिट्टै ल्याएपछि बिश्वको जुन सुकै कुनामा रहेका नेपालीलाइ पैसा पठाउन समस्या हुने छैन् । बैंक वालिङ्मा संचालनमा आएपछि भारतमा गएर नोकरी गर्ने नेपालीका लागी धेरै फाइदा पुगेको छ । जसमा बहाल वाला होस वा पेन्सन वाला लाहुरे होस उनीहरुलाइ घरमै बसीबसी भारतको रकम नेपाल बाट पाउन सक्ने सेवा उपलब्ध गराएको छ । जसका कारण भारतमा रोजगारी गर्ने नेपाली खुशि भएका छन् ।

स्याङजामा ५ वैङकहरुले ६ वटा स्थानमा एटिएम साचालन गरिसकेका छन् । जसमा वित्तिय सेवाको लागि एटिएम सेवा शहरमा भन्दा ग्रामिण क्षेत्रमा वढि आवश्यक रहेको एटीएम प्रयोगकर्ताहरु बताउँछन् । स्याङजाका पुतलीबजार वालिङ् बजार र गल्याङ् बजारमा एटिएम साचालनमा आएको छ । एटीएम सेवा संचालनमा ल्याउने बैंकहरुमा मुक्तिनाथ विकास बैंक माछापुच्छ्रे बैंक एसविआई नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास वैङकले रहेका छन् । गरिमा विकास वैङकले भने स्याङ्जाका तिनवटा स्थानमा एटिएम साचालन गरेको छ ।

मेरो पालोः नेपाल एसबिआइ बैंक वालिङ् शाखामा एटिएम बाट रकम झिक्न पालो पर्खदै सर्वसाधरणहरु । बैंक बाट दैनिक १६ देखी २० लाख रकम एटिएम बाट भुक्तानी हुने गर्दछ । एटिएम बाट रकम झिक्न आउने भिडका कारण कहिले काही बजार क्षेत्रको सडक जाम हुने गर्दछ । तस्विरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा