MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Financial

News from Prakash Dotel - 31 Jul 2011

वालिङ् वचतको २० लाख मुनाफा
प्रकाश डोटेल
स्याङ्जा-१५ साउन ।
वालिङ् वचत तथा ऋण सहकारी संस्था लि।ले आर्थिक बर्ष २०६७/०६८ मा २० लाख ५५ हजार एक सय १९ रुपयाँ मुनाफा गरेको छ । सहकारीले गत बर्षको तुलनामा यो आर्थिक बर्षमा झण्डै ५ लाख बढी आम्दानी गर्न सफल भएको हो ।


सहकारीले वालिङ् नगरपालिका तथा आसपासका गाविसमा रहेका बिपन्न बर्गका महिलाहरुलाई बिना धितो कर्जा प्रवाह गरी सेवामुलक काम गर्दै आएको छ । बिना धितो कर्जाले महिलाहरुमा आर्थिक पक्ष सक्षम र सबल हुदै गएका छन् । विपन्न परिवारका महिलाहरु आत्मनिर्भर हुन सफल भएको संस्थाका प्रबन्धक खिलराज पाठकले बताए ।

गएको आर्थिक बर्षमा सहकारीले दुई करोड ७० लाख कर्जा लगानी गरेको छ । त्यस अन्र्तगत महिलाहरुलाई बिना धितो ९४ लाख ७० हजार कर्जा बितरण गरेको जानकारी दिए । संस्थाले सोहि अवधिमा एक करोड ८४ लाख निक्षेप संकलन गरेको छ । वार्षिक लक्ष्य भन्दा २५ लाख रुपयाँ रकम निक्षेप संकलन भएको प्रवन्धक पाठकले बताए ।

वचत संस्थाले सहकारीको माध्यमबाट बिपन्न बर्गलाइ बढी भन्दा बढी सुविधा दिएर आर्थिक स्तरमा बृद्धि गर्ने उदेश्यका साथ अगाडी बढेको संस्थाका अध्यक्ष कर्ण बहादुर श्रेष्ठले बताए । सहकारीले सहकारीको माध्यमलाई आत्म साथ गरेको छ अध्यक्ष श्रेष्ठले भने महिलाको आर्थिक विकासमा टेवा पुर् याउने लक्ष्य लिएका छौं । वालिङ्मा ठुला-ठुला बैंकहरुको ओइरो लागीरहेका छन् । विकास बैंक तथा बाणिज्य स्तरका बैंकहरुसगँ सहकारीहरुले आर्थिक प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतामा रहेका छन् ।



मालपोतमा २० लाख राजश्व बृद्धि
प्रकाश डोटेल
स्याङ्जा-१५ साउन ।

जिल्ला मालपोत कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६६/०६७ वर्षको तुलनामा वर्ष २०६७/०६८ मा झण्डै २० लाख बढि राजस्व संकलन गर्न सफल भएको छ । जग्गाको खरिद विक्रीको कारोबार बढेपछि राजश्वमा बृद्धि भएको हो ।
अधिल्लो वर्ष कूल एक करोड ५१ लाख १० हजार एक सय ३२ रुपैयाँ राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष ०६७/०६८ मा कूल एक करोड ७१ लाख ९४ हजार चार सय १६ रुपैयाँ राजस्व संकलन गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयले आर्थिक वर्ष ०६७/०६८ मा रजिष्ट्रेशन पास तथा नामसारीमा ४४ जना दलित परिवारका सदस्यलाई एक लाख ६६ हजार तीन सय आठ रुपैयाँ एक हजार पाँच सय १६ जना महिलालाई कूल २३ लाख ६७ हजार आठ सय सात रुपैयाँ र दुई जना अपाङ्गलाई तीन हजार छ सय ३० रुपैयाँ सरकारी नियामानुसार छुट दिएका बताएको छ ।