Financial
रोयल सहकारीको अध्यक्षमाः सु.श्रेष्ठ निर्वाचित
- Details
- Category: Financial
- Published on Friday, 23 September 2011 14:58
- Written by Prakash Dotel
- Hits: 233
प्रकाश डोटेल, स्याङ्जा-६ असोज । स्थानिय उद्योग व्यवसायी तथा समाजसेविहरुको पहलमा करिब १० वर्षैअघि २०५७ सालमा स्थापना भएको रोयल को-अपरेटिभ सोसाइटी लि. स्याङ्जाका दशौ वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले सहकारी मार्फत कृषि पेशालाई अगाडी बढाउन सकेको खण्डमा नेपालबाट कृषिजन्य वस्तुको निर्यातमा सहयोग पुग्ने बताए । उनले कृषिको दिगो विकास नहुदासम्म नेपालीको जीवन स्तरमा सुधार नहुने बताए । उक्त अवसरमा संस्थाका सल्लाहकार एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष खगेन्द्रराज रेग्मी प्रहरी नायव उपरिक्षक सुरेशराज भट्टराई मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत भरतराज ढकाल पृथवी पोख्रेल गणेशबन्धु अर्याल हेमराज अर्याल र भरतबहादुर मल्ले सहकारीले विगत १० वर्षदेखि जिल्ला सदरमुकाममा स-साना आर्थिक कारोबार उत्कृष्ट कार्य गरेको बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष शिवकुमार अधिकारीले आर्थिक वर्ष २०६७/०६८ को वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदशनमा विगतका वर्षको तुलनामा यस वर्ष ५७ प्रतिशतले ऋण असुलिमा बृद्धि भएका उल्लेख छ । प्रतिबेदनमा उल्लेख भएअनुसार संस्थाले पछिल्लो वर्ष ८५ प्रतिशतले ऋण असुलि गरेका छ । त्यसैगरि संस्थाका कोषाध्यक्ष भवानीप्रसाद पोख्रेलले आर्थिक वर्ष २०६७/०६८ को आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०६७/०६८ मा पाँच करोड ३३ लाख ५९ हजार सात सय २५ खुद लगानी गरेर ९८ लाख ६० हजार नौ सय ९७ आम्दानी गरि ९२ लाख ५८ हजार तीन सय ४७ खर्च भएको बताए । उक्त आर्थिक वर्षमा संस्थाले खुद नाफा आयकर कि गरि चार लाख ८२ हजार एक
सय १९ नाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष २०६८÷०६९ को लागि प्रस्तावीत आर्थिक कार्यक्रम पेश गर्दै कोषाध्यक्ष पोख्रेलले एक कारेड १४ लाख आम्दानी गरि एक करोड छ लाख ७० हजार चार खर्च गर्ने लक्ष्य लिएको बताए । संस्थाका अध्यक्ष शिवकुमार अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको संचालन केशव लम्सालले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र श्रेष्ठले गरेका थिए ।
अधिवेशनले अगामी दुई वर्षका लागि स्थानिय उद्योगी सु। कृष्णमान श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ सचिवमा विष्णुप्रसाद पोख्रेल र कोषाध्यक्ष डण्डपानी ढकाल रहेका छन् भने सदस्यमा बदि्र श्रेष्ठ देवराज ढकाल गुप्तबहादुर मल्ल सावित्री ढकाल दुर्गा रेग्मी रहेका छन् । अधिवेशनले लेखा समितिका संगोजकमा जयराम पौडेल र सदस्यमा पोमनारायण अर्याललाई चयन गरेको संस्थाका प्रवन्धक शान्ति ढकालले बताइन् ।
फोहोर जलाउन थालियो
प्रकाश डोटेल
स्याङ्जा-६ असोज । वयरघारी बजारमा दैनिक रुपमा उठ्ने गरेको फोहोरलाई दासर्िङ् दहथुम गाविस-३ को आँधीखोला किनारको खेतमा खनिएको करिव आधा रोपनी जग्गाको खाल्डोमा फोहोर थुपारेर जलाउने कार्यको शुरु भएको छ ।
वयरघारी बजार व्यवस्थापन समितिको सकि्रयतामा खेतमा खाल्डो खनेर फोहोर जलाउने कार्यको शुरु गरिएको समितिका अध्यक्ष गोकुल अधिकारीले बताएका छन् । दैनिक रुपमा फोहोर संकलन गरि जलाउने गरिएको छ । यसरी दैनिक रुपमा बजारमा उठ्ने फोहोर संकलन गरि जलाउन थालेपछि बजार सफा देखिएको छ । संकलित फोहोरलाई जलाउदा पर्यावरणमा समेत सकारात्मक प्रभाव हुने विश्वास गरिएको छ ।
विद्यार्थीहरुद्धारा ज्ञापन पत्र
प्रकाश डोटेल
स्याङ्जा-६ असोज ।
नेपाल सरकारद्वारा विद्यार्थीलाई यातायातमा दिइएको ४५ % छुट नदिएको भन्दै स्याङ्जाका तीन बिध्यार्थी संगठनले प्रशासन सामु ज्ञापनपत्र बुझाएका छन् ।
बिभिन्न बिध्यार्थी आन्दोलनबाट प्राप्त भएको बिध्यार्थी परिचय पत्रको आधारमा दिइने छुट सिद्दार्थ राजमार्गमा संचालित सवारी साधनहरुले नदिएको तथा पोशाकका बिध्यार्थीहरुलाई सवार नगराएको भन्दै उक्त कुरामा प्रशासनको ध्यान तत्काल जाओस भनी ग्यापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल बिध्यार्थी संघ , अनेरास्ववियु तथा अनेरास्वबियु क्रान्तिकारीले संयुक्त रुपमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत सामु ग्यापन पत्र बुझाउदै बिध्यार्थीलाई राज्यले दिएको छुटको सुबिधा यथाशिघ्र कार्यन्वयन गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले विद्यार्थीको माग जायज भएको र यसमा आफुले जति सक्दो चाडो सम्बन्धित निकायसंग छलफल गरि समस्याको समाधान गर्ने प्रतिबद्दता जनाए ।

