Financial
लघुवित्तमा गरिएको लगानी सुरक्षित
- Details
- Category: Financial
- Published on Tuesday, 27 December 2011 03:49
- Written by Prakash Dotel
- Hits: 135
प्रकाश डोटेल, स्याङ्जा-७ पुष । मुक्तिनाथ विकास बैंकले संचालन गरेको लघुवित्त विभाग मार्फत गरिएको लघु कर्जा तर्फको लगानी सुरक्षित रहेको छ । आर्थिक रुपमा विपन्न र गरिब तथा मेहनेती महिलाहरुको समूह निर्माण गरि सामुहिक जमानीमा विनाधिताे लगानी गर्ने गरिएको छ ।
महिलाहरुको सहभागितामा निर्माण गरिएको समूह मार्फत सामुहिक जमानीमा ऋण प्रवाह हुने हुँदा लगानी सुरक्षित हुने गरेको हो । विगत पाँच वर्षदेखि लघुवित्त विभागले गरेको लागनीमा खराब कर्जा शुन्य रहेको छ । आर्थिक रुपमा पुरुषको तुलनामा महिलाहरु जिम्मेवारी हुने र सामुहिक जमानीमा लगानी हुने भएको हुँदा लगानी सुरक्षित भएको हो ।
लघुवित्त विभाग तर्फको लगानी तुलनात्मक रुपमा सुरक्षित रहेको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । विगत पाँच वर्षदेखिको बैंकिङ् तर्फ मंसिर मसान्तसम्ममा एक अर्ब ८३ करोड कर्जा लगानी भएको छ । अधिकृत ढकालले भने बैंकले गर्ने लगानी उनुत्पादक क्षेत्रमा हुने गरेको छ भने लघुवित्त तर्फ सोहि अवद्यिमा भएको करिब एक अर्ब ९० करोड लगानीमा सुरक्षित र उत्पादशिल रहेको छ ।
लघुवित्त विभागले स्याङ्जा कास्की र तनहुँ जिल्लाका महिलाहरुलाई लगानी गरेको छ । तीन जिल्लामा स्थापित २१ शाखा कार्यालय मातहत रहेका दुई हजार तीन सय १२ केन्द्रमा आठ हजार सात सय समूह गठन भएका छन् । गठित समूहमा ४१ हजार तीन सय ७८ महिलाहरु आवद्ध रहेका छन् । आर्थिक रुपमा कुनै न कुनै काममा लागेका र ईच्छुक महिलाहरुलाई विनाधितो लगानी गर्ने गरिएको बताइएको छ ।
समूहमा आवद्ध भएका महिलाहरु मध्ये १४ हजार नौ सय ८१ महिलाहरुलाई विनाधितो लगानी गरिएको लघुवित्त विभागका लघुवित्त प्रबन्धक दानराज पन्तले बताए । कुल संख्याका महिला मध्ये कतिपय महिलाहरुले कर्जा चुक्ता गरिसेको छन भने कतिपय महिला कर्जा लिने तयारीमा छन् । सामुहिक जमानीमा कर्जा लिने हुँदा महिलाहरु बढि जिम्मेवारी भएको पन्तको बुझाई छ ।
पाँच देखि आठ महिलाहरुको सहभागितामा एक समूह बनाउने गरिएको छ । तीन समूह बराबरको एक केन्द्र मान्ने गरेका छौं प्रबन्धक पन्तले भने समूहमा आवद्ध भएका महिलाहरुलाई प्रतिव्यक्ति एक हजार देखि दुई लाखसम्म विना धितो कर्जा लगानी गर्ने गरेका छौं ।
मंसिर मसान्तसम्म लघुवित्त विभागतका शाखा कार्यालय मार्फत एक अर्ब ९० करोड ७१ लाख ५८ हजार सात सय ९० लगानी भएकोमा एक अर्ब ४० करोड २७ लाख ४४ हजार चार सय ४० असुली गरि ५० करोड ४४ लाख १४ हजार तीन सय ५० लगानी मै रहेको छ ।
लघुवित्तमा कर्जा लिएका महिलाहरु खासगरि कृषिजन्य घरेलु उद्योगमा लगानी गर्ने गरेको लघुवित्त स्याङ्जा शाखाका प्रबन्धक कृष्ण रानाले बताए । उनीहरुले मौसमी तथा बेमौसमी तरकारी कफी खेती बाख्रा बंगुर भैसी माछा र कुखुरा पालन गरेका छन् । रानाले भने सानादेखि ठूला व्यापार व्यवसाय सहित कतिपय महिलाहरुले कर्जा लिएर राइस मिल समेत संचालन गरेका छन् ।
समूहमा रहेर काम गर्दा आपसी सिप सद्भावको बृद्धि हुदो रहेछ । लघुवित्तमा आवद्ध महिलाहरुले भने एक आपसमा काम गरेपछि व्यक्तिगत तथा घरायसी समस्या समाधान गर्न सजिलो भएको छ । महिलाहरुको सामुहिक भनाई छ नयाँ-नयाँ काम गर्न समय-समयमा आपसी कुराहरुको आदान-प्रदान हुँदा काम गर्ने बानीको समेत विकास भएको छ । महिलाहरु काम प्रति थप प्रतिवद्ध भएका छन् ।

