MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Health

दारसिङमा स्वास्थ्य शिविर

श्रीकृष्ण सिग्देल, वालिङ्१२असोज, मल्याङ्कोट गाविसको दारसिङमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
ज्याग्दी सामुदायीक अध्ययन केन्द्रको आयोजना र अभियान परामस्र सेवा केन्द्रसमुदायमा आधारीत मातृशिशु स्वास्थ्य सेवा नेपाल र वालिङ् सिटि पोलिक्लिनिक प्रा.लि.को सहयोगमा असोज २८ गते स्वास्थ्य शिविर हुने भएको हो ।

स्याङ्जाको ग्रामिण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्यको पहुच पुर् याउने उदेश्यले शिविरको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बिक्रम बहादुर सारुले जानकारी दिए । अध्यक्ष सारुका अनुसार बिशेषज्ञ डाक्टरहरुको सहभागिता समेत रहने शिविरमा जिल्लाका सेखामसाखरक्याक्मीकेवरेजगतभायाङ्चिन्नेवासमनकामनाक्याक्मी लगायतका एक दर्जन गाविसका जनताले सेवा पाउने बताए ।

शिविरमा औषधी देखी सवै बिषयमा निशुल्क सेवा प्रदान हुने भएकाले करिव दुइ हजार जनताले स्वास्थ्य सेवा बाट लाभान्वित हुने अपेक्षा आयोजकले जनाएको छ ।