MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Health

अर्वुद रोग निवारणको अध्यक्षमाः श्रेष्ठ

श्रीकृष्ण सिग्देल, वालिङ् २३ पौष । नेपाल अर्वुद रोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा पुनः लोकेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति चयन गर्दै २१ औ राष्ट्रिय महाधिवेशन सकिएको छ ।

syangja waling

स्याङ्जाको वालिङ्मा सम्पन्न भएको महाधिवेशनबाट सदस्यहरुमा क्रमशः महेश श्रेष्ठ अनन्तप्रसाद धौभडेल विमलकुमार होडा राजेन्द्र वराल डा। प्रदिप वैद्य केशव मैनाली माधवप्रसाद सिग्देल डा। प्रकाश न्यौपाने कृष्णवहादुर वस्नेत उमेशचन्द्र यादव राधा कार्की वद्रीप्रसाद पोखरेल र प्रकाश खतिवडा रहेका छन् ।नवनिर्वाचित पदाधीकारीले निर्वाचन सकिए लगत्तै पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले देशभर क्यान्सर नियन्त्रणका लागि चेतनामुलक कार्यक्रम साचालन गरी निकट भविश्यमा राष्ट्रलाई सुर्ति मुक्त राष्ट्र घोषणा गर्न पहल गरिने प्रतिबद्धता जनाए ।

स्वास्थ्य शिविरमा करिव १ सय जना क्यनसर रोगीले सेवा लिएको स्याङ्जाका सभापति मधुसुदन गैहे्रले जानकारी दिए ।हामी हौ नया नेतृत्वः नेपाल अर्बुद रोग निवारण संस्थाको २१ औं महाधिवेसन बाट निवार्चित भएपछि संयुक्तरुपमा फोटो खिचाउदै । तस्विरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा