MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

International

स्याङ्जा परिवार दक्षिण कोरियाको बैठक

सुरज गुरुङ्ग, स्याङ्जा परिवार दक्षिण कोरियाको बैठक सउल स्टेशन पछाडीको कन्फेरेन्स हलमा २०११-१२-११ तारिखका दिन सम्पन्न भयो । बैठकमा विविध विषयमा छलफल गरि निम्न विषयहरुमा निर्यय गरिएको थियो ।
syagja korea


२०११-०७-३१ तारिखका दिन आँधीखोला सांगीतिक सौगात भाग ३ अग्नि पिडित सहयोगार्थको लागि गरिएको साँस्कृतिक बार्यक्रमबाट केही आम्दानी भएको रकम पठाउँनको लागि उपाध्यक्ष श्री मिलन रानाको संयोजगत्वमा ११ सदस्यीय समिति बनाइएको छ र उक्त समितिमा धर्म गुरुङ्ग राजु भन्डारी गणेश भन्डारी रामलाल श्रेष्ठ निर्मल अर्याल टेक काफ्ले टेक राना विष्णु तिवारी राजेन्द्र सेन गुण राना हुनुहुन्छ । उक्त समितिले स्याङ्जा जिल्ला मनकामना गा।वि।स।अग्नि पिडित आयोग लाई २०१२-०१-३१ सम्ममा रकम हस्तान्तरण गर्ने निर्णय गरियो ।

साथै स्याङ्जा परिवार दक्षिण कोरियाको आठौं साधारण सभा २०१२-०१-२४ तारिखका दिन नेपाल बौद्ध परिवारको कार्यलय छावी ए चिवमा हुन गईरहेकोले सम्पूर्ण जिल्ला बासीहरुलाई उपस्थित हुन स्याङ्जा परिवार दक्षिण कोरिया हार्दि अनुरोध गर्दछ ।

बैठक श्री ईश्वर गुरुङ्ग ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठक श्री गुण राना ज्यूले संचालन गर्नु भएको थियो ।