MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Local

वालिङमा फोहर ब्याबस्थापन तालीम

श्रीकृष्ण सिग्देल, वालिङ् २२ मंसिर । अव मेरा कुरा सुन है भन्दै कार्यक्रम शुरु गरिन् जापान बाट आएकी ऋचाले । उनले सवै सहभागीहरुलाई सुन्तला र केरा खान दिएर फोहोर व्यवस्थापनका बारेमा बताउन खोजीन् ।
bb


सहभागीहरुले सुन्तला र केरा खाएपछि सुन्तला अनि केराको बोक्रा कसरी फाल्ने र दुबै बस्तु बाट निस्केको फोहोरले के बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिइनन् । दुबै फोहोर बाट कम्पोष्ट मल निमार्ण गर्न सकिने जानकारी दिए पछि सहभागीहरु अचम्मीत मानेका थिए ।

अनि ऋचाले प्रश्न गरिन सबैले जाननु भयो फेरी उनले अर्को फोहोरको बारेमा जानकारी दिन खोजीन् । फोहोरमा फाल्ने कपडाका बारेमा । काम नलाग्ने कपडाले उनले चकटी बनाएर सहभागीहरुलाइ देखाएपछि सबै चकटी बनाउने तरिकाका बारेमा जान्न उत्सुक देखीएपछि जापानबाट आएका सवैले सहभागीहरुलाई अत्यन्तै रुची पुर्ण बनाएर सिकाइदिएका थिए ।

तालिममा जापानवाट आएका भोलेन्टियरले कुहिने र नकुहिने फोहरको व्यवस्थापनको वारेमा वताएका थिए । जापानको विगत ५० वर्षको अवस्थावाट अहिलेको अवस्थामा आईपुग्दा गरेको पहलको वारेमा समेत उनीहरुले भिजुअल देखाएर जानकारी दिएका थिए । जाइकाको पहलमा वालिङ् नगरपालिकामा उत्पादन हुने फोहोरलाइ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै वालिङ् नगरपालिकाले तालिमको आयोजना गरेको थियो । स्याङजाको वालिङ नगरपालिकामा डम्पिङ साइडको अभाबका कारण फोहर ब्याबस्थापनमा समस्या परेपछि घरमै फोहोरको व्यवस्थापन गर्न सकिने खालको तालिम सहभागीहरुलाई दिइएको थियो । डम्पिङ साइड निर्माण गर्न उपयुक्त स्थलको अभाबका कारण नगरपालिकाले संकलन गरेको फोहर ब्याबस्थापनमा कठीनाइ भएको छ ।

फोहर लाइ उचित ब्यबस्थापन गर्न नसक्दा नगरपालिकाले फोहरलाइ हाल वालिङ बजार नजिकै खेलमैदानको किनार तथा आंधीखोलाको किनारमा फाल्न बाध्य भएको छ । डम्पिङ साइड निर्माण गर्न जमिनको अभाबले गर्दा बाध्य भएर आंधीखोला किनारमा फोहर फाल्नुपरेको वालिङ नगरपालिका कार्यालयले बताउदै आएको छ ।

आफ्नै ट्रयाक्टरबाट उठाइने फोहर दैनिक १ टन भन्दा वढी हुने गरेको नगरपालिकाले जनाएको छ । फोहर संकलन तथा ब्याबस्थापन गर्न नगरपालिकाको वार्षिक १० लाख भन्दा बढी बजेट खर्च हुदै आइरहेको छ । नदी किनारमा फालिएको फोहरका कारण उक्त क्षेत्रमा वाताबरणिय प्रभाब एकातिर छ भने अर्को तिर वालिङ नगरको गहनाको रुपमा रहेको खेलमैदान समेत दुर्गन्धीत बन्दै गइरहेको छ । नदी किनारमा फालिएको फोहोरका कारण आंधीखोलामा रहेका जलचरलाई समेत नकारात्मक अषर पारिरहेको बिज्ञहरु बताउछन ।

फोहरको व्यवस्थापनमा अहिले दातृ निकायहरु पनि लागेका छन । पश्चिमान्चलमै कार्यसम्पादनमा पहिलो बनेको वालिङ नगरपालिकामा फोहर ब्याबस्थापनको समस्या बिकराल बन्दै गएपनि यस्ता तालिमहरुले केही न्युनीकरण गर्न सकिने वालिङ् नगरपालिकाका फोहोर व्यवस्थापन संयोजक पदमप्रसाद पाण्डेले बताए ।

फोहोर डगुर देखाउदै जापानी
फालीएको कपडाबाट चकटी बनाउन सकिन्छ भन्दै सिकाउदै जापानी
तस्विरःश्रीकृष्णसिग्देल/वालिङ्