Local
नगरपालिकामा करदाताको ओइरो
- Details
- Category: Local
- Published on Sunday, 22 January 2012 13:30
- Written by Shreee Krishna Sigdel
- Hits: 223
श्रीकृष्ण सिग्देल, वालिङ्६माघ, वालिङ नगरपालिकाले आर्थिक वर्ष २०६८/०६९ को सुरुमै एकीकृत सम्पत्ति कर प्रणाली लागु गरेपछी कर तिर्ने नगरवासीको ओइरो लाग्न थालेको छ ।

माघ महिना भित्र कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने निर्णय भएपछि नगरवासीको कर तिर्ने ओइरो लागेको हो । स्थानिय स्वयत्त शासन ऐनमा उल्लेख भए अनुसार नेपालका ५८ ओटा नगरपालिकाले आफ्नो आन्तरिक स्रोतलाइ बलियो बनाउन नगर क्षेत्र भित्र रहेका जग्गा र उक्त जग्गामा बनेका घर टहरा भवन लगायतकामा कर लगाउने निर्णय गरे बमोजीम वालिङ् नगरपालिकाले पनि एकिकृत सम्पति कर लागु गरेको छ ।
नगरपालिकाको आन्तरिक राजस्व स्रोतमा अभिबृद्धि गरि नगरपालिकाको बिकाश निर्माणमा थप टेवा पुर् याउने उदेश्यले आगामी साउन १ गते देखि नगरबासिमा एकीकृत सम्पत्ति कर लागु गरिएको थियो । नगरपालिकामा भण्डै ११ हजार करदाता रहेपनि एउटै व्याक्तिका नाममा धेरै कित्ता भएको जग्गा भएकाले ८ हजारको अनुमान गरिएको थियो । तर कर तिर्न नगरवासीको भिड लाग्न थालेपछी आएको तथ्याङ्कले भने ८ हजार बाट घटेर ६ हजार मात्रै नगरपालीकामा करदाता हुन सक्ने अनुमान नगरपालिकाका राजस्व प्रमुख राजेन्द्र रेग्मीले जानकारी दिए ।
नगरपालिकाका राजस्व प्रमुख रेग्मीले दिएको जानकारी अनुसार साउनबाट सुरु भएको एकिकृत सम्पतिकरको दायरामा पौष महिनाको मसान्तर सम्म कुल २ हजार ८ सय ४४ जना आएको बताए । साउनमा ७ सय ७२ भदौमा ३ सय ३२ असोजमा २ सय ४३ कात्र्तिकमा २ सय मंसिरमा ३ सय ५० र पौष महिनामा ९ सय ४७ करदाताले एकिकृत सम्पतिकर बुझाएको रेग्मीले जानकारी दिए । नगरपालिकामा अहिले सम्म ५ लाख ६८ हजार ६ सय ९८ रुपैया ५० पैसा राजस्व संकलन भएको समेत रेग्मीले जानकारी दिए । नगरपालिकामा सबै भन्दा करको दायरामा आउने स्थायी ठेगाना अन्य जिल्लामा भएर घर मात्रै निर्माण गरेका करदाता धेरै रहेको नगरपालिकाले जनाएको छ ।
नेपालका ३२ नगरपालिका एकीकृत सम्पत्ति करको दायरामा पुगिसकेको अबस्थामा वालिङ नगरपालिकाले ढिलै भएपनि कर प्रणाली सुरु गरेको छ । सम्पत्ति कर लागु गरेपछि सुरुको वर्षमा झण्डै ६ लाख ५० हजार राजश्व उठाउने ल्ाक्ष्य राखेपनि नगरवासी इमान्दार भएका कारण लक्ष्य भन्दा माथि राजस्व उठ्ने नगर पमुख तथा कार्यकारी अधिकृत युवराज अधिकारीले बताए । अधिकृत अधिकारीले भनेँसम्पति कर लागु गरेकै बर्षमा लक्ष्य भन्दा माथि कर उठाउन सफल भएको देख्दा आगामी वर्षहरुमा उक्त रकम बढेर ४० लाख सम्म पुग्ने अनुमान गरिएको छ’ ।
वालिङ नगरपालिका कार्यालयको एकीकृत सम्पत्ति कर निर्धाणमा न्यूनतम करदाताको सम्पत्ति १ देखि २ लाख ५० हजार सम्म भएमा वार्षिक २५ रुपैया र अधिकतम ५ करोड भएमा वार्षिक ६० हजार र ५ करोड भन्दा माथी भएमा प्रति हजारमा रु २ थप गरिने गरि निधार्रण गरि पनि कर प्रणलीमा केही विवाद समेत आएको थियो । नगरवासीहरुले कर प्रणलीलाई बैज्ञानीक र पुन मुल्याङ्कन बनाउनु पर्ने माग गरेपनि अहिले सम्म नगरपालिकाले करलाई पुन मुल्याङ्कन भने गरेको छैन ।
स्याङजा जिल्लामा २०५४ सालमा स्थापना भएका दुईवटा नगरपालिका मध्ये जिल्ला सदरमुकाममा अबस्थित पुतलिबजार नगरपालिकाले भने यस अघिनै सुरु गरिसकेको थियो । नेपालका नगरपालिकाहरु मध्ये कार्यसम्पादनमा वालिङ् नगरपालिका तेस्रो भएको थियो भने पश्चिमााचलमै पहिलो हुन सफल भएको थियो । कार्यसम्पादनमा तेस्रो भएपछि नगरपालिकालाई थप २५ प्रतिशत अनुदान रकम पाउन समेत सफल भएको छ ।
इमान्दारीताः वालिङ् नगरपालिकाले लगाएको एकिकृत संम्पती कर तिर्न नगरवासीको भीड । नगरवासी इमान्दार भएका कारण नगरपालिकामा कर तिर्न नगरवासीको ठुलो भीड लागेको छ ।
तीस्वरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा

