MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Local

वालिङ्मा घडेरीको कारोवारमा गिरावट

श्रीकृष्ण सिग्देल, वालिङ्२७पौष वालिङ् नगरपालिकामा केही समय अगाडी घडेरीको कारोवारमा तिब्रता आएपनि पछिल्लो समायमा भने घडेरीहरु बिकि्र वितरणमा गिरावट आएको छ । स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र रहेको वालिङ् बजारमा बढ्दो दलालीका कारण घडेरीमा गिरावट आएको हो ।

land plotting waling

जिल्लाका तिन प्रमुख शहर पुतली बजार नगरपालिका वालिङ् नगरपालिका र गल्याङ् बजारमा घडेरी बिकि्र हुने गरेका छन् । केही समय अगाडी तिनओटा शहरहरुमा बैकहरुको बिस्तार सगै घडेरीको खरिद बिकि्रमा निक्कै बढेको थियो । तर पछिल्लो समयमा यो क्रम घटेको जानकारहरु बताउछन् ।जिल्लाको तिन प्रमुख शहरहरु मध्ये वालिङ्मा सबै भन्दा बढी घडेरीहरुको खरिद बिकि्र भएको जिल्ला मालपोत कार्यालयले बताएको छ । वालिङ्का मुख्य ठाँउहरुमा हातको हिसावले बिकि्र हुने घडेरीहरुमा १ लाख ५० हजार देखी दुई लाख सम्म बिकि्रहूने गरेको थियो । तर पछिल्लो समयमा बढी दलालीहरुका कारण घडेरीको मुल्य ६५ हजार देखी ८० हजार सम्म बिकि्र हुन थालेकोले गिरावट आएको स्थानीयवासीहरु दावी गर्छन् । जग्गा खरिद बिकि्र गर्दा अर्काको जग्गा देखाएर पैसा कुम्लाउने पनि भित्र भित्रै रहेको तथ्याङ्क बाहिर आउन थालेको छ ।मुलुकमा प्रजातन्त्रको शुरुवात सगैं बैंकहरु संचालनमा आउने क्रममा तिब्रता पाएको छ ।

बैंकहरुले विविधिकरण गरेर लगानी गर्नु पर्नेमा एउटै मात्र क्षेत्रमा कर्जा लागनी गर्न थालेपछी नेपाल राष्ट्र बैंकले जोखीम बन्ने सम्भावना देखेर अनुत्पादक क्षेत्रमा कर्जा लागानीमा रोक लगाइदिएपछि पनि घडेरीहरुको मुल्य हुवात्तै घटेको बिश्लेषकहरु बताउछन् । उत्पादन हुने खेती योग्य जमीनलाई पलोटीङ्ग गरी बिकि्र गरिनुले पनि वालिङ्मा खेती हुने जग्गाजमीन नासिदै गएको छ । राष्ट्र बैंकले तोकेको मापदण्ड भन्दा बाहिर गएर हामीले कर्जा लगानी गरेका छैनौ मुक्तिनाथ विकास बैंक वालिङ्का शाखा प्रमुख गाविन्दप्रसाद अधिकारी बताउछन्ँपलोटीङ् गरेका घडेरीमा हामीले कर्जा लगानी गरेका छैनौ तर घर निर्माणमा भने बैंकले कर्जा लगानी गरेको छ’ ।खेतीयोग्य जमीन लाई पलोटीङ् गरेर घडेरीकोरुपमा बिकि्र गर्दा वालिङ्मा भोकमरी समस्या आउन सक्ने संकट देखा पर्न थालेको छ भने अर्को तर्फ गाँउ बाट शहर बजारमा आएर बस्ने जनता दलालीका कारण ठगीरहेका छन् । यस तर्फ अनुगमन गर्ने निकाय नहुदा सोझा जनता मर्कामा परेका छन् । जिल्लाका तिन ओटा बजार क्षेत्रमा वालिङ् र पुतलीबजारमा घडेरी निर्माणमा तिब्रता छ भने गल्याङ्मा भने भौगोलीकका कारण केही कम निर्माण भएको छ ।

युवाहरुको बढ्दो बिदेशी क्रम भएको र श्रीमतिहरुले बजारमा बसेर छोराछोरी पढाउने भएकाले शहर बजारमा जनघनत्व पनि उत्तिकै बढेको छ । यही कारणले पनि बजार क्षेत्रमा घडेरीको खरिद बिकि्र बढ्न थालेको छ । साथी भाइ र नाता गोता बाट नै ठगिने क्रमले पनि धेरै व्याक्तिहरु ठगिने गरेको बताइउको छ ।वालिङ्मा बिकि्रका लागी बनाइएको पलोटिङ्का घडेरीहरु । पुरै जग्गा लिएर खेती योग्य जमिनलाई यसरी टाउन पलानिङ् गरेर बिकि्र गर्दै आएका छन् । तस्विरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा