MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Local

नेपालको ठुलो बिद्युत गृहको ड्याम भत्कने खतरा

श्रीकृष्ण सिग्देल, वालिङ्२४पौष । नेपालको सवैभन्दा ठूलो बिद्युत उत्पादन गर्ने कालीगण्डकी ए जलबिद्युत केन्द्रको वाँंध चुहिन थालेका कारण भत्कने खतरा बढेको छ ।

andhikhola hydro

एक बर्ष देखी बाँध चुहिन थालेको ड्याम लाई मर्मतमा चासो नदिएका कारण ड्याम कुनै पनि बेला भत्किन सक्ने भएपछि खतरा बढेको हो ।   बाँधको नियमित अनुगमनमा ध्यान नपुर् याउदा वांँधमा रहेको दोस्रो नंम्वर ढोकावाट पानी चुहिएको एकवर्ष वितिसक्दा पनि मरमत नगरिनुले वाँंध भत्कने खतरा वढदै गएको जानकारहरु बताउछन् । वाँंधवाट ६ क्युसेक पानी निरन्तर खेर गइरहेको छ । जुन विद्युत उत्पादनको हिसावले ६ मेघावाट विद्युत उत्पादन घाटा भइरहेको छ ।

मुलुकले वढदो लोडसेडिङ खेपीरहेको अवस्थामा सबैभन्दा ठूलो कालीगण्डकी­ए १४४ मेगावाट विद्युत उत्पादन गर्ने बिद्युतगृहको वांध समयमै मर्मत सम्भारमा चासो नदेखाउदा जुनसुकै बेला बन्द हुने स्थितिमा पुगेको छ । कालीगण्डकीको डाइभस्रन ड्यामको तीन नंम्वर गेटमा समस्या आएको एक वर्ष वितिसक्दा पनि मर्मत गर्ने तर्फ केन्द्र प्रमुखले चासो नदेखाएको कालीगण्डकी स्रोतले बताएको छ । यसको छिट्टै पहल नथाल्ने हो भने जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने प्रविधिकहरु बताउछन ।विद्युत गृहको नियन्त्रण कक्षको मनिटर ले काम गर्न छाडेको महिनौ भएको विद्युतगृहका प्राविधिकहरुले बताएका छन । जो मनिटरले बिद्युत गृहको कम्पुटर सिस्टम बाट सबै काम हुने गर्दछ भने मुख्य गरी बाँधमा रहेका ढोकाहरु बन्द गर्ने र खोल्ने काम समेत गर्दछ । प्रत्येक युनिटले ४८ मेगावाटका दरले बिजुली उत्पादन गर्ने यस विद्युतगृहमा मनिटरले काम नगर्दा कन्ट्र्रोलरुमवाट नै सिधै वन्द गर्नु पर्ने हुदा कुनै पनि बेला समस्या आउन सक्ने प्राविधिकहरु वताउछन । यस विषयमा केन्द्रका जिम्मेवार मेकानिकल इन्जिनियर संग सोधपुछ गर्दा जगेडा टरवाईन वाहेकअरु कुनै मेसिनमा खरावी नरहेको वताए । कालीगण्डकी बन्द भए लोडसेडिङ झन विकराल हुनेमा प्राविधिकहरुले सचेत गराएका छन् । नियन्त्रण कक्षको मनिटरले युनिटहरु साचालन गर्ने पीएलसी र नियन्त्रण कक्षको कम्प्युटरबीच सन्देश आदानप्रदान गर्ने काम गर्छ ।कालीगण्डकीले सां´को अत्याधिक बिजुली खपत हुने समय ­पिक आवर मा १ सय मेगावाट बिजुली उत्पादन गरिरहेको भएपनि अन्य समयमा ७० देखि ७५ मेगावाटसम्म बिजुली उत्पादन हुँदै आएको केन्द्रका प्रमुख मदन तिमि_िल्सनाले बताए॥ वांधवाट पानी चुहिएकोले कालिगण्डकी पुरा खतरामुक्त छ भन्न नमिलेपनि यसको मरमतको प्रकृया अगाडी वढाईसकेको र तिन पटक सम्म टेण्डर गर्दा समेत काम गर्न इच्छुक कम्पनीवाट टेण्डर नपरेका कारण ढिलाई भएको वताए ।

विद्युतगृहमा दिनभर पानी जम्मा गरेर पिक आवरमा १४४ मेगावाट बिजुली उत्पादन गर्न सकिने सुविधा छ । प्रुान्सको एलोस्टम कम्पनीले निर्माण गरेको यस उपकरण हरेक वर्ष अद्यावधिक गर्दै लैजार्नुपर्ने र नया सपुटवेयर समायोजन गर्दै साचालन गर्नु्रपर्नेमा त्यसो हुन नसकेकाले समस्या आएको स्रोतले वताएको छ ।कालिगण्डकीमा आएको डयाम र मनिटरको समस्या समाधान गर्न निर्माता प्रुेन्च कम्पनीका प्राविधिकहरुलाई ि´काउर्नुपर्ने हुन्छ । यसका लागि प्राविधिक र वित्तीय प्रस्ताव प्राधिकरणको उपल्लो निकायमा सिफारिस गरिएको छ प्राधिकरणले टेन्डर आव्हान गरेको भएपनि जुन कम्पनीले मरमत गर्न सक्नेहो उक्त कम्पनीले टेन्डर नपार्दा समस्या आएको छ । केन्द्रवाट पुन टेन्डरको प्रकृया अगाडी वढेको समेत केन्द्र प्रमुख तिमि_िल्सनाले वताए ।विद्युतगृहको १ नंवर युनिट ओभरलिङ् गर्ने वेला आएको छ । केन्द्रमा रहेको स्पेयर टर्वाइन मरमतको लागि केन्द्रमै दक्ष प्रविधिक हुदै हुदा हुदै टेण्डर गरेर अन्य कम्पनीलाई पठाएको छ यसमा केन्द्र प्रमुखले कमिसनको खेलमा टर्वाइन मरमतगर्न टेण्डर आव्हान गरेर आफ्नो अनुकुलको कम्पनीलाई दिईएको कालिगण्डकी स्रोतले वताएको छ । मरमतको जिम्मा पाएको बि।नि इन्टरनेशनलले आफैले मरमतको काम नगरीकन वुटवल स्थित हाईड्रो इलेक्ट्रिक कम्पनीलाई दिईएको छ । जसले मरमतमा कमिशनको खेल रहेको आशंका गर्न सजिलो वनाएको छ । तर यस विषयमा केन्द्र प्रमुख संग प्रश्न गर्दा कालिगण्डकीको प्राविधिकले गर्न सक्ने काम यही गरिएको नदीमा आएको वालुवाले धेरै खियाएको टर्वाइन मरम तगर्न वाहिर पठाएको दावी गरे ।केन्द्र प्रमुख अधिकांश समय कार्यालयमा नवस्ने गरेको गुनासो कर्मचारीहरु बताउछन् । महिनामा दुईदिन मात्रै उनी परियोजनाको कार्यालयमा बस्छन् । अरु समय परियोजनाको काम भन्दै उनी काठमाण्डौ जाने गरेकाले पनि बिद्युत गृह अवस्था नाजुक बन्दै जाने गरेको स्रोत बताउछ । उनी कार्यालयमा नै बसेर काम गरेको भए यो समस्या किन आयो भन्ने प्रष्ट बुझन सकिन्छ । जसका कारणपनि कालिगण्डकी ए का सवै काम प्रभावित भएको कर्मचारीको गुनासो रहेको छ । केन्द्र प्रमुखको गैह्रजिम्वेवारी कार्यले गर्दा ड्यामको पानीको लिकेज झन वढदै गइरहेको छ । भने प्रशासनिक कामहरु समेत प्रभावित भएको कर्मचारीहरु वताउछन ।कालिगण्डकी ए को मरमतका लागि विदेशी प्राविधिकलाई विद्युतगृहमा ल्याएर मर्मत गराउनुपर्ने भएकाले कालिगण्डकीको भविश्य खतरामा पर्दै गइरहेको छ ।

नेपाल सरकारले मुलुकको सवैभन्दा ठुलो जलविद्युत केन्द्रको दिर्घकालिन वचाउका लागि स्पयेर पार्टस्ा खरिद गर्ने तथा निर्माता कम्पनीमै प्राधिकरणका इन्जिनियरलाई तालिममा पठाएर मरमत चुस्त दुरुस्त वनाईराख्नु पर्ने जस्ता काममा ढिलाई गर्न नहुने देखिन्छ । देशमा लोड सेडिङ वढदै गईरहेको अवस्थालाई मध्यनजर गरेर खेर गईरहेको पानीलाई सदुपयोग गर्न सके ६ मेघावाट विद्युत उत्पादन वढी हुने छ ।बाँध प्रति चासो खोईः नेपालकै सबै भन्दा धेरै जलबिद्युत उत्पादन र्गो कालीगण्डकी ए परियोजनाको बाँध । मर्मतमा चासो नदिएका कारण यो बाँध दिन प्रति दिन जिर्ण बन्न थालेको छ भने दुइ नम्वर ढोका बाट एक बर्ष देखी पानी चुहिरहेको छ । तस्विरः श्रीकृष्ण सिग्देल/वालिङ्स्याङ्जा