National
स्याङ्ग्जा क्याक्मीको लाखेनाच पोखरामा प्रदर्शन
- Details
- Category: National
- Published on Monday, 06 September 2010 00:00
- Written by हरि मानन्धर "विवश"
- Hits: 603
गत भाद्र १९ गते शनिवारका दिन पोखरामा केन्द्रिय मानन्धर सम्मेलनका लागि स्याङ्ग्जा जिल्लाको दुर्गम क्याक्मी गाविसमा गठन गरिएको क्याक्मी मानन्धर गुठीबाट क्याक्मी हटियामा परम्परागत बर्षौदेखि नचाइदै आएको लाखे नाच ल्याइएको थियो ।
उक्त कार्यक्रममा क्याक्मीका मानन्धर गुठीहरूबाट ल्याईएका लाखेनाच पोखराका मुख्यबजार पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, न्यूरोड समेत परिक्रमा गराइएको थियो । नेपाल अधिराज्यभरबाट भेला भएका मानन्धरहरूको सम्मेलनमा यो लाखेनाचले रौनकता ल्याएको थियो । पोखराबा बासिन्दाहरूले समेत अचम्मित मान्दै उक्त लाखेनाचको अवलोकन गर्न कम्मर कसेर बसेका देखिन्थे ।

