MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

National

"रमणीय स्याङ्जा" पुस्तक विमोचन

काठमाडौ, मंसिर १० - सभामुख सुवास नेम्बाङले राजनीतिक दलहरुको तिक्तताकै कारण मंसिर ३ गते संसदमा दुःखद घटना भएको बताउँदै दलहरुले अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनतासमक्ष गर्नुपर्ने धारणा राखेका छन् ।

subash nembang

राजनीतिक सहमतिको प्रयास अघि बढाउन दलहरुलाई आग्रह गर्दै अध्यक्ष नेम्बाङले संसद अधिवेशन बोलाउन, बजेटलाई संसदबाट अनुमोदन गराउन र मुलुकलाई स्थायी सरकार दिन दलहरुबीच एकता हुनुको विकल्प नरहेको बताए ।

जिल्ला पर्यटन विकास समिति स्याङ्जाद्वारा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व सांसद रुद्रमान गुरुङलाई सम्मान गर्दै अध्यक्ष नेम्बाङले देशको पर्यटकीय सौन्दर्यहरुको उपयोग गरी पर्यटन प्रबद्र्धनका लागि देशमा शान्ति र संविधान निर्माण अपरिहार्य रहेको विचार व्यक्त गरे ।
स्याङ्जाको सिरुबारीलाई नेपालको पहिलो ग्रामीण पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएबापत गुरुङलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा अध्यक्ष नेम्बाङले स्याङ्जाका पर्यटकीय स्थलहरुलाई उजागर गरी प्रकाशित गरिएको “रमणीय स्याङ्जा” नामक पुस्तकको पनि विमोचन गरे ।

पत्रकारद्वय तीर्थ न्यौपाने र अनन्तकुमार श्रेष्ठद्वारा लिखित सो पुस्तकमा स्याङ्जाको जलयात्रा, कृषि र औद्योगिक पर्यटन, धार्मिक तथा ग्रामीण पर्यटन, गुफालगायत पर्यटकीय उत्पादनको सचित्र चिनारी दिइएको छ । सो अवसरमा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले स्याङ्जाको लुकेको सौन्दर्यलाई पुस्तकले उजागर गरेको बताउँदै यस पुस्तकलाई अङ्ग्रेजीमा प्रकाशित गरी विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे ।