National
पोखरामा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा पात्रो विमोचन
- Details
- Category: National
- Published on Saturday, 23 April 2011 09:06
- Written by टंक खनाल
- Hits: 477
पोखरा । वैशाख १० गते, स्याङजाली सम्पर्क सदन पोखराद्धारा नयाँ वर्षको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा ०६८ को भित्ते पात्रो विमोचन कार्यक्रम शनिवार छोरेपाटनस्थित सदनको भवनमा सम्पन्न भयो ।

कार्यक्रममा सदनका जेष्ठ आजीवन सदस्य पीताम्बर नेपालीले सदनद्धारा प्रकाशित ०६८ सालको भित्ते पात्रो विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य नेपालीले समाजमा सामाजिक सद्भाव र सहिष्णुताका लागि स्याङजा जिल्ला घर भई पोखरामा विभिन्न पेशा व्यवसायी गरी बसोवास गर्ने स्याङजालीहरुको पहलमा ०५१ सालमा सम्पर्क सदनको स्थापना गरिएको बताए । उनले सामाजिक तथा मानवीय सेवा मानव जीवनमा महत्वपूर्ण भएको बताउँदे सदनमा आवद्ध भएर एक अर्काको सुख दुःखमा साथ दिदै अगाडि बढ्नु पर्ने बताए ।
स्याङजाली सदनद्धारा शुभकामना आदान प्रदान कार्यकारी अधिकृतको स्वागत
सो अवसरमा पोखरा उममनपामा सरुवा भई आउनु भएका कार्यकारी अधिकृत मेघनाथ काफ्लेलाई स्वागत गरिएको थियो । कार्यक्रममा सदनका अध्यक्ष करुणानिधि शर्माले कार्यकारी अधिकृत काफ्लेलाई दोसल्ला आढाई सम्मानका साथ स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोलःदै कार्यकारी अधिकृत काफ्लेले आफ्नो कार्यकालमा स्याङजाली सदनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदे सामाजिक सेवाका कार्यमा सदनसंग हातोमालो गर्दै निरन्तर रुपमा अगाडि बढाउँने बताए ।
कार्यक्रममा सदनका निवर्तमान अध्यक्ष रामप्रसाद श्रेष्ठ तथा पूर्व अध्यक्षहरु प्रा.डा.दिलबहादुर क्षेत्री महेन्द्रप्रकाश पौडेल, अनिलकुमार शाही, सदनका पूर्व सल्लाहकार मे.दिलबहादुर गुरुङ, विष्णुप्रसाद खनाल, भवन निर्माण समितिका संयोजक चिरिाजवी पोख्रेलआजीवन सदस्यहरु दुर्गाबहादुर शाह बाबा कृष्णप्रसाद बराल लगायतका सदनका आजीवन सदस्य तथा साधारण सदस्यहरुले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सदनका सामाजिक कि्रयाकलापहरुलाई निरन्तर रुपमा अगाडि बढाउन आग्रह गरे ।
सदनका अध्यक्ष करुणानिधि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बद्रीराज आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम साचालन सचिव टङ्क खनालले गरेका थिए । कार्यक्रम सदनका आजीवन सदस्यहरु पूर्व अध्यक्षहरुपूर्व सल्लाहकारहरु साधारण सदस्यहरु तथा स्थानीय विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।
टंक खनाल
सचिव
स्याङजाली सम्पर्क सदन पोखरा
CLICK HERE for Photos.
FACEBOOK Photos

