Politics
नीजि क्षेत्रको विकासलाई राजनीतिक स्थीरता आवश्यक
- Details
- Category: Politics
- Published on Thursday, 01 December 2011 20:40
- Written by Pradip Koirala
- Hits: 149
उद्योग-व्यवसायीहरुले नीजि क्षेत्रको विकासका लागि राजनीतिक स्थीरता आवश्यक भएको बताएका छन् । उनीहरुले राजनीति अस्थीरता हुदाँ व्यवसायीहरु धराशायी हुनुपरेको बताए ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३२ औं जिल्ला अधिवेशनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय्र सदस्य चोपनारायण श्रेष्ठले नीति क्षेत्रलाई धराशाही बनाउने मुख्य जिम्मेवारी दलहरुको रहेको आरोप लगाए । उनले दलहरुबीच एकता हुन नसक्दा राजनीति अस्थीरता बढ्दै गएको बताए ।
अधिवेशनमा महासंघका केन्दिय्र सदस्य तथा पश्चिमााचल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मसा्रङ्गी महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ महासंघका धौलागिरि अाचल प्रतिनिधि होमनारायण श्रेष्ठले नीजि क्षेत्रको विकासका लागि सरकारले खुला अर्थ नीतिलाई अंगिकार गनुपर्ने बताए ।
त्यस अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबेरकुमार श्रेष्ठ लमजुङ् उद्योग वाणिज्य संघका अध्यक्ष भेषबहादुर थापा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराई नेपाली काँग्रेस महासमिति सदस्य राजु थापाले उद्योगी व्यवसायीको हकहितमा राज्यले सक्दो सहयोग नगरेको तर्फ चिन्ता व्यक्त गर्दै उनीहरुले नीति क्षेत्रको विकासमा राज्यको सकारात्मक दृष्टिकोण हुनुपर्ने बताए ।
अधिवेशनमा नेकपा एमालेका सुधिरकुमार पौडेल प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत संघका निर्वतमान अध्यक्ष सु।sृष्णमान श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाका सभापति चनद्रमणी पौडेल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य शेरजंग अधिकारी हानीदेबी शर्मा लगाएतका वक्ताहरुले बोलेका थिए ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा केन्द्रिय सदस्य दिपक लम्सालको अध्यक्षतामा भएको अधिवेशनको संचालन रविन्द्र श्रेष्ठले गरेका थिए । धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष महेन्द्र श्रेष्ठले गरेका थिए । त्यस अवसरमा विभिन्न व्यवसायीहरुले बोलेका थिए ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सम्पन्न भएको ३२ औं अधिवेशनका लागि तय भएको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार दलीय सहमतिका आधारमा श्रीप्रसाद श्रेष्ठ ुमहेन्द्रु को अध्यक्षतामा १६ सदस्यीय समिति चयन गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा रविन्द्र श्रेष्ठ प्रथम उपाध्यक्षमा मोतिप्रसाद पौडेल द्वित्तीय उपाध्यक्षमा नवराज सुवेदी महासचिवमा नन्दकुमारी लम्साल ुनिर्मलाु सचिबमा श्यामकाजी अधिकारी सह-सचिबमा हिक्मत श्रेष्ठ कोषाध्यक्षमा ठाकुरप्रसाद शर्मा सह-कोषाध्यक्षमा निर्मलकुमार शेरचन र सदस्यहरुमा लालप्रसाद श्रेष्ठ रविन्द्रमान श्रेष्ठ विष्णुप्रसाद कापुले बुद्धिप्रसाद रेग्मी दिपक श्रेष्ठ नारायणप्रसाद अधिकारी ुराजु रमणप्ा्रसाद श्रेष्ठ रहेका छन् ।
सहमतिको आधारमा गठन गरिएको संघमा अध्यक्ष वरिष्ठ उपाध्यक्ष महासचिव सह-सचिव कोषाध्यक्ष र छ सदस्य गरी ११ सदस्य संख्या नेपाली काँग्रेसको पोल्टामा परेको छ भने प्रथम उपाध्यक्षसहित सह-कोषाध्यक्ष र दुई सदस्य एमालेको भागमा परेको छ । माओवादीको कोटामा परेको द्धितिय उपाध्यक्षमा नबराज सुवेदी पर्न सफल भएका छ ।
संघको कार्तिक २३ गते बसेको बैठक र राजनीतिक सहमतिका आधारमा संघका पूर्व अध्यक्ष सु।sृष्णमान श्रेष्ठको संयोजकत्वमा दुर्गानारायण श्रेष्ठ गोकुल अधिकारी हेमप्रसाद गैहे र सूर्यप्रसाद चापागाई सदस्य रहेको समन्वय समितिको पहल गरेर सहमतिका आधारमा चयन गरेको हो ।
सहमतिको आधारमा गठन गरिएको संघमा अध्यक्ष वरिष्ठ उपाध्यक्ष महासचिव सह-सचिव कोषाध्यक्ष र छ सदस्य गरी ११ सदस्य संख्या नेपाली काँग्रेसको पोल्टामा परेको छ भने प्रथम उपाध्यक्षसहित सह-कोषाध्यक्ष र दुई सदस्य एमालेको भागमा परेको छ । माओवादीको कोटामा परेको द्धितिय उपाध्यक्षमा नबराज सुवेदी पर्न सफल भएका छन् ।

