MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Politics

इमान्दार भए शान्ति प्रकृया निष्कर्षमा पुग्ने

प्रदिप कोइराला, स्याङ्जा१६ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीले इमान्दारीका साथ दलहरुसंग गरेका विगतदेखि वर्तमान सम्मका सहमतिलाई पालना गरेमा शान्ति प्रकृया छिट्टै निश्कर्षमा पुग्ने वताएका छन ।

dd


नेपाल प्रेस युनियन स्याङ्जाको आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्न स्याङ्जा आएका महामन्त्री सिटौलाले माओवादीले अहिलेसम्म गरेका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन नगर्दा शान्ति र संविधानको यात्रामा निक्कै कठिनाई उत्पन्न भएको बताए । महामन्त्री सिटौलाले भने ुमुलुकका जनताले अहिले लोकतन्त्रशान्ति र संविधान चाहेका छन्यदि त्यसमा माओवादी इमान्दार भएन भने माओवादी आँफै जनताबाट नाङ्गिन्छ ।

एकदलीय तानाशाह शाषन प्रणाली विश्वमै फेल भैसकेको उदाहरण दिँदै महामन्त्री सिटौलाले नेपालमा लोकतन्त्र र लोकतान्त्रिक पद्धतिको बिकल्प नभएको स्प्रष्ट पारे । बामे सर्दै गरेको लोकतन्त्र र शान्ति प्रकृयालाई कसैले अवरोध पुर् याएमा त्यो नेपाली जनताका लागि स्वीकार्य नहुँने बताउँदै महामन्त्री सिटौलाले अगाडी भनॆुकाँग्रेसका लागि सत्ता प्यारो छैन यदि कसैले शान्ति र लोकतन्त्रमा अवरोध पुर् याउन खोजेमा नेपाली काँग्रेस त्यसको पूर्ण प्रतिकारमा जाँनेछ ।ु

काँग्रेस महामन्त्री भएपछि पहिलोपटक स्याङ्जा आएका सिटौलाले विगतमा दलहरुबीच भएका असहमतिले संविधान सभाको झण्डै पौने ३ वर्षको समय खेर गएको बताए । ुदलहरुबीचको असमझदारी र लुछाचुडीका कारण यत्रो समय निरर्थक भयो तर अहिले थपिएको ६ महिनाभित्र मुलुकले नयाँ शान्ति र संविधान प्राप्त गर्नेछ ।ु मुलुकमा प्रेस स्वतन्त्र रहेमात्र लोकतन्त्र रहँने बताउँदै महामन्त्री सिटौलाले प्रेस स्वतन्त्रताका लागि आँफु सधै लड्ने वताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेर देखाएको आदर्श छविलाई प्रभु शाहजस्ता हत्याराको संरक्षण गर्न खोजेर बिगारेको टिप्पणी गरे ।

नेता गुरुङले दलहरुबीच भएको सात बुँदे सहमतिलाई माओवादीले कार्यान्वयन नगर्न विभिन्न बखेडा झिकेको तर्क गर्दै उनले माओवादीले विगतमा भएका सहमतिलाई पालना नगरेकाले नै शान्ति र संविधानको मुद्धा विस्तारै ओझेलमा परेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हकहितका लागि राज्य नै गम्भीर नभएको आरोप लगाए । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नमा सरकार नै उदासिन देखिएको आरोप लगाउनुभयो । पराजुलीले नेपाली प्रेस विभिन्न समस्याग्रस्त अवस्थामा रहेको बताए । साधारण सभामा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिब शिव लम्साल पश्चिमााचल संयोजक रमेश पौडेल केन्द्रीय सदस्य जनार्दन घिमिरेलगायतले प्रेस स्वतन्त्रताका नाममा दलका नेताहरुले जति भाषण गरेपनि उनीहरु नै त्यसको खिलाफमा रहेको आरोप लगाएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति कमल पंगेनी नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मी नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा नेपाली काँग्रेस स्याङ्जाका क्षेत्रीय सभापतिहरु क्रमशः तुलसी रेग्मी केदार काफ्ले देवबहादुर खाँण काँग्रेस महासमिति सदस्यहरु शिवकुमार गिरीराजु थापा कल्पना तिवारी एमाले जिल्ला सदस्य उदय श्रेष्ठ नेपाल शिक्षक संघका सभापति लक्ष्मीप्रसाद रेग्मी प्रेस चौतारी स्याङ्जाका अध्यक्ष हिमलाल पराजुलीलगायतले प्रेस स्वतन्त्र नभएसम्म मुलुकमा लोकतन्त्रको प्रत्याभूति हुन नसक्ने वताएका थिए ।

प्रेस युनियनका केन्द्रीय पार्षद इन्द्रबहादुर गोदारको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको साचालन युनियनका सचिब राधाकृष्ण डुम्रेले गरेका थिए भने प्रेस युनियनका अध्यक्ष श्रीकृष्ण सिग्देलको सभापतित्वमासम्पन्न भएको थियो साधारण सभाले ९ वुदे वालिङ् घोषणपत्र समेत जारी गरेको छ ।