Sports
भलिबल प्रतियोगिता शुरु
- Details
- Category: Sports
- Published on Thursday, 29 September 2011 21:01
- Written by Prakash Dotel
- Hits: 469
प्रकाश डोटेल, स्याङ्जा-१२ असोज । हिन्दुहरुको महान चाड बिजया दशमी तथा सानीवनी युवा क्लब क्रवाकोटको प्रथम बार्षिकोत्सवको अवसरमा क्रवाकोट-८ स्थित आँधी चौघेरामा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा बयोबृद्ध इन्द्रबहादुर आले जगन्नाथ न्यौपाने यामबहादुर थापा बासुदेब राना नारायण राना गोपल आले लगायतले सामुहिक रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा जगन्नाथ न्यौपानेले खेललाई खाली समय बिताउन र मनोराजनका लागि मात्र नभै व्यवसायिक रुपमा प्रचारप्रसार र बिकास गरी खेलाडिलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
क्लबका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको साचालन कमल भण्डारीले गरेका थिए । मंगलबार शुरु भएको खेल शुक्रबारसम्म साचालन गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा स्याङ्जा र पाल्पा जिल्ल्ााका १५ टिम सहभागी भएका छन् ।
ग्रामीण सडक यात्रा जोखिम
प्रकाश डोटेल
स्याङ्जा-१२ असोज ।
स्याङ्गजा जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ्गको करादी बजारबाट ग्रामीण कच्च्ाी सडक हुँदै तिनदोबाटे पकवादी र कुवाकोटसम्म पुग्ने यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।
गाउँमा मोटर पुगेको १० बर्ष बितिसक्दा गाउँलेले विकासको अनुभुति सँगसँगै जोखिमपूर्ण्र यात्रा गर्न पनि बाध्य छन् । गाउँमा मोटर पुगेपछि किन हिडेर जानु भनेर सवारी साधन चढ्यो तर गन्तब्यमा नपुग्दासम्म डर लागिरहन्छ स्थानीयवासीको गुनासो छ ।
कुवाकोटबाट बिहान सात बजे र नौ बजे पकवादी तीन दोवाटे हुँदै दुईवटा गाडी गल्याङ्ग पुगेर दैनिक अप्रान्ह एक बजेदेखि चारबजेसम्म फर्कने गर्दछन् । साँघुरो बाटो र मोड खाल्टाखुल्टी भिरपहरा उकालो ओरालो थारै सवारी साधन धेरै यात्रु र मालसामान समेत सँगै ढुवानी गर्दा यात्रा ज्यादे जोखिमपूर्ण भएको हो ।
यसैबचि पकवादि ८ डड्घामा करीब दुईसय मिटर सडक र कुवाकोट-।९ को खानेपानी आयोजनाको पाइप फुटेर बाटो हिलाम्य भएकोले बेलाबेलामा सवारी साधन फस्ने समस्या छ भने बाटो हिलो भएपछि पैदल यात्रीहरुले समेत सास्ती भोग्नु परेको छ ।

