MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

Attractions

पित्लेक गाँउको मुहार फेरीदै

श्रीकृष्ण सिग्देल, पित्लेकवालिङ्१२माघ, जगतभायाङ् गाविस पित्लेकवासीले गाँउको मुहार फेर्न ग्रमिण कृर्षि पर्यटनलाई जोड दिने भएका छन् । गोलभेडा लगाएर लाखौको आम्दानी गर्न सफल भएका यहाँका कृषकहरु अव होमस्टेको अवधारण अगाडी सारेर कृर्षि तथा अन्य पर्यटकहरुलाई गाँउ तान्न लागी परेका छन् ।

pitlek

सिजनमा गोलभेडा र अन्य सिजनमा बेमौसमी तरकारी गर्दै आम्दानी र कृर्षि क्षेत्रबाट गाँउको पहिचान मात्रै होइन गाँउलाई बिश्वसामु चिनाउनका लागी उनीहरुले हामस्टेको अवधारण अगाडी सारेका छन् । पित्लेक गाँउमा १ सय ५५ घरधुरी रहेका छन् । यि सबैको आम्दानीको स्रोत भने कृर्षिमा आधरीत रहेका छन् । यो गाँउमा गोलभेडा र अन्य कृषि उपज हेर्न नेपालका बिभिन्न ठाँउ बाट कृषकहरु आउने गर्दछन् पित्लेक ग्रमिण कृर्षि पर्यटन समितिका अध्यक्ष गोविन्द गुरुङ्ले भने ँकृर्षि पर्यटक वा अन्य पर्यटकका लागी अहिले २० घरमा मात्रै होमस्टे संचालन गर्दै आएका छौ’ ।स्याङ्जाको जगतभायाङ् गाविसको २ र वालिङ् नगरपालिका सगै जोडिएको यो गाँउमा कृर्षि उत्पादन व्यवसायीक तरकारी खेती सोलार लिफ्टबाट िसंचाइ लाई मुख्य बिशेषता रहेको छ अध्यक्ष गुरुङ्ले भने कृषकहरुका लागी यस बिषयलाई लिएका छौ भने अन्य पर्यटकका लागी भिउटावर जुन टावर बाट १२ जिल्लाको दृष्य अवलोकन र नागबेली झै बगेको स्याङ्जाको पहिचान बोकेको आँधीखोला र बिभिन्न हिमशृखलाहरु देख्न पाइन्छ । अत्यन्तै मनोरम गाँउ जहाँ सबै जातजातीको बसोवास रहेको छ ।पर्यटन तान्न गुरुङ् समुदाय र मगर समुदाय बसोवास गरेको क्षेत्रमा मात्रै अगाडी सारिने भएपनि यो गाँउमा भने ब्रहमण गुरुङ् र मगरसमुदाय मिलेर पर्यटक तान्ने काममा लागेका छन् । जहाँ जातीय संस्कार र संस्कृति पनि देख्न पाइन्छ । गुरुङ् समुदायको सोरठी घाटु र झोर नृत्य देख्न पाइन्छ भने मगर समुदायको कौडा र मारुनी नृत्य देख्न पाइन्छ । दुई समुदायको नृत्यले आगन्तुक पाहुनाहरुलाई अत्यन्तै आनन्दको अनुभुती दिलाउछ ।अर्को तर्फ ब्राहमणको समेत बसोवास भएकोले ब्राहमण समुदायले पनि आफ्नो रितिरिवाजलाई देखाउने गरेको छन् । जसमा भजन किर्तन र हनुमान नाँच देख्न पाइने कृर्षि पयटनका सचिव हुमनाथ लामीछानेले बताए ।

सरकारले नेपालमा धेरै पर्यटकहरु भित्राउनका लागी पर्यटन बर्ष २०११ मनाएपनि यो गाँउलाई भने छोएन । स्याङ्जा पर्यटनले अहिले सम्म पनि यो गाँउको पहिचान गर्न नसकेकोमा पित्लेकबासीहरुले गुनासो गरेका छन् । कृषिलाई मुख्य पेशा अगालेका पित्लेकका जनताको कृर्षि सगै कृषि पर्यटक र अन्य पर्यटकलाई गाँउमा ल्याउने यो प्रयासलाई अहिले सम्म पनि सरकार र स्थानीय निकायले समेत सहयोग गरेको छैन ।पर्यटकीय क्षेत्रकारुपमा बिस्तर गरेर कृर्षिकोलागी मुख्य प्रचारप्रसार गर्ने अभियान समेत रहेको अध्यक्ष गुरुले बताए । सरकारको उपस्थिती र सहयोग नभएर पनि आफ्नै प्रयासमा पर्यटक ल्याउने तयारीमा जुटेका यहाँका कृषकहरुले गाँउमा आउने पाहुनालाई हरेक घरमा दुइजनाका दरले राख्ने गरेको गुरुङ्को भनाइ छ । एकरातभरी बसेको जम्मा तिनसय रकम लाग्ने यो गाँउमा आफै उत्पादन गरेको ताजा तरकारीलोकल कुखुराको मासु र कोदाबाट घरमा उत्पादन गरिएको रक्सी खानेकुरा मुख्य रहेको छ ।

वालिङ् बजारबाट जिपमा १ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ भने पैदल यात्रा गर्दा २ घण्टामा पित्लेक गाँउमा पुग्न सकिन्छ । सरकारको पहुच नपुगेपनि गाँउलेको यो प्रयासलाई अवलोकनका लागी एक पटक गाँउ आइदिन पित्लेकबासीले अनुरोध गरेका छन् ।स्वागत प्रतिक्षलयः पित्लेक ग्रमिण कृषि पर्यटन समितिले गाँउमा आउने पाहुनालाई यस प्रतिक्षालयमा राखेर गाँउको बिशेषताका बारेमा बताउन निर्माण गरिएको प्रतिक्षालय । यहाँ बाट पनि धेरै ठाँउको दृष्याअवलोकन गर्न सकिन्छ । तस्विर  श्रीकृष्ण सिग्देल/वालिङ् स्याङ्जा