MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

एमाले स्याङ्जाद्धार समयमै संविधान निर्माणका लागि स्मृती पत्र

स्याङ्जा २९ फागुन
नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाले समयमै संविधान निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मार्फत संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल संविधानसभाका अध्यक्ष तथा सभाषदहरुलाई स्मृती पत्र बुझाएको छ ।

 

स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिका-१ अभियानपथ स्थित पार्टी कार्यालयबाट नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चक्रबहादुर पराजुलीको नेतृत्वमा भएको सभाषद सहितको टोलीले स्मृती पत्र बुझाएको हो । त्यस अवसरमा संविधानसभाका सदस्य हितकाजी गुरुङ् र पदमा अर्याल सहभागि हुनुभएको थियो । स्मृती पत्रमा नेपाली जनताको ६० वर्षदेखिको वलिदान परिणाम स्वरुप बनेको संविधानसभाको मुल लक्ष्य तोकिएको मितिमा संविधान जारी हुनुपर्ने दबाब दिइएको छ । उक्त पत्रमा अब संविधान बन्न ७७ दिनमात्र बाँकी रहदा १२ बुँदे समझदारी बृहत्त शान्ति सम्झौता र अन्तरिम संविधानको आधारमा शान्ति प्रकि्रयालाई सार्थक निष्र्कषमा पुर् याएर तोकिएको मिति २०६७ जेष्ठ १४ मै संविधान जारी हुनुपर्ने उल्लेख गरिएको छ ।

Add comment


Security code
Refresh