MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Home

माझकोट माध्यमिक विद्यालयको विवरण

आज यस श्री माझकोट माध्यमिक विद्यालयले आफ्नो २४ औं बसन्त पार गरी २५ औं वर्षतर्फ पाइला टेकी स्कूलले धुमधामसँग आफ्नो रजत जयन्ती मनाइरहेको पावन अवसरमा यस विद्यालयबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित मानिसहरु यसका संस्थापकहरु विद्यालयमा विगत र वर्तमानमा सेवा गरि रहनु भएका शिक्षक शिक्षिकाहरु भूतपूर्व तथा वर्तमान विद्यार्थीहरुमा खुशी र आत्मगौरव हुन स्वभाविकै हो । त्यसैले आज रजत जयन्तीको अवसरमा सबै क्षेत्रबाट विद्यालयले प्रगतिको शुभकामना पाइरहेको छ ।

Majhakot School

गाउँ-गाउँमा मात्र होइन घर घरमा शैक्षिक अवसर आजको आवश्यकता हो । त्यसैले रजत जयन्तीको अवसरमा यस विद्यालयले स्मारिका प्रकाशन गर्न लागेको हुँदा मैले पनि लामो समय देखि विद्यालयको आर्थिक भौतिक एवं शैक्षिक विकासका क्षेत्रमा हाँसिल गरेको ज्ञान अनुभव एवं बस्तुपरक तथ्याङ्क यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा अत्यन्तै हर्षित छु । यसै क्रममा म आफ्नो व्यक्तिगत तर्फबाट र सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै यस विद्यालयको स्थापना कालदेखि वर्तमान अवस्थासम्म ल्याई पुर्‍याउन आ-आफ्नो क्षेत्रबाट सकि्रय योगदान दिँदादिँदै दिवंगत हुनुभएका सम्पूर्ण ज्ञात अज्ञात महानुभावहरुमा श्रद्धााजली अर्पण गर्दै वर्तमान अवस्थामा सहयोग प्रदानगरी रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना टक्र्याउन चाहन्छु ।

शिक्षा एउटा यस्तो महत्वपूर्ण वस्तु हो जसले मानिसको जन्मकालदेखि मृत्यु पर्यन्त पनि अन्धकाररुपी जीवनको तुवाँलो लाई हटाउँदै उज्यालो तर्फ उन्मुख हुन अभिप्रेरित गर्दछ । जसबाट मानव जीवनको सुमार्ग सौभाग्य सुनिश्चित भई मानिस सुखी सम्पन्न र समृद्ध बन्दै विश्वभरको पूज्यको पात्र समेत बन्न पुग्दछ । शिक्षा सिक्ने र सिकाउने पर्याय हो जसको आदि सबैका निमित्त सँधै नै हुन्छ भने अन्त्य कहिल्यै हुन सक्दैन । अतः शिक्षा सबैका लागि अपरिहार्य छ । यसै सन्दर्भमा यस विद्यालयको संक्षिप्त ऐतिहासिक परिचय वर्तमान शैक्षिक अवस्था भौतिक अवस्था र आर्थिक अवस्थाको समष्टि प्रस्तुत गर्ने प्रयास गरिएको छ ।


विद्यालयको ऐतिहासिक परिचयः

पश्चिमाञ्‍चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्‍चल स्याङ्जा जिल्लाको मध्यभागमा रहेको उच्च पहाडी गा.वि.स.हरु मध्ये माझकोट शिवालय गा.वि.स. सबै भन्दा अग्लो भू-भागमा रहेको गा.वि.स. भन्दा अत्युक्ति नहोला । यस माझकोट शिवालय गा.वि.स. को पूर्वमा मनकामना गा.वि.स. र पश्चिममा दहथुम छाङ्छाङ्दी उत्तर पट्टि बानेथोक देउराली गा.वि.स. र दक्षिणपट्टी वालिङ नगर पालिका एवं एलादी गा.वि.स. पर्दछ । यस माझकोट शिवालय गा.वि.स. को जनसंख्यालाई देहाए २०५८ को तथ्या अनुसार पुरुष ९६० महिला ११४४ गरी जम्मा २१०४ रहेको छ भने घर धुरी परिवार संख्या ३९७ रहेको छ ।

उपरोक्त जनसंख्यालाई हेर्दा करिब ९८ प्रतिशत गुरुङ जातिको बसोबास रहेको छ भने अरु बाँकी २ प्रतिशत ब्राम्हण कामी दमै सार्कीको बसोबास छ । यस गा.वि.स.मा साक्षरता दर ६० प्रतिशत रहेको छ । यस माझकोट शिवालय गा.वि.स. को मध्यभागमा वडा नं. ६ स्थित श्री माझकोट मा.वि. सामुदि्रक सतहबाट झण्डै ५६०६ फिट उचाईमा रहेको छ । सबै भन्दा अग्लो स्थानमा अवस्थित भएता पनि यस ठाउँमा प्राकृतिक स्रोतको खानीको रुपमा मुख्यतः पानीको मुललाई लिन सकिन्छ र सबै भन्दा अग्लो डाँडा बुढाकोटबाट देखिने बाहिरी मनमोहक दृश्य तथा उत्तरी हिमालका हिमश्रृखलाले यस गा.वि.स. को छविलाई उज्जवल बनाएको देखिन्छ।

यस गा.वि.स. को जनसंख्यालाई हेर्दा करिब ९८ प्रतिशत गुरुङ जातिको बसो बास भएको भएतापनि बाहिरी छिमेकी गा.वि.स.बाट समेत पठनपाठनका लागि ५ प्रतिशत अन्य जातजातिबाट आउने गर्दछन् । यस विद्यालयको विद्यार्थी संख्याको आधारमा ९० प्रतिशत गुरुङ जाति तथा अन्य १० प्रतिशत पठनपाठन गर्ने  गर्दछन् । वि.स. २०१२/१३ सालतिर राम्चे पिपलडुडामा सरकारी अनुमति सहित खुलेको स्कूल संचालनका क्रममा आएको कठिनाईका कारण २०१६ सालतिर बन्द भएपछि यहाँका अभिभावकहरुले शिक्षाको आवश्यकता महसुस गरी २०२६ सालमा यस विद्यालयको जग बसालेको तथ्य विद्यालयमा सुरक्षित रहेको छ । यस विद्यालयले २०२६ सालमा नै प्रा.वि. तहको स्वीकृति प्राप्त गरेको थियो भने २०३४ साल देखि नि.मा.वि. संचालन गरी २०३७ सालमा सो तहको स्वीकृत प्राप्त गरेको देखिन्छ । त्यस्तै २०४० सालमा मा.वि. को अनुमति प्राप्त गर्न सक्षम भएको तथ्य जानकारी गराइन्छ ।

यस माझकोट मा.वि.को शुरुको अवस्थालाई हेर्दा कहाली लाग्दो देखिन्छ । भवनको अभाव खेलकुद मैदानको साँघुरो पन आदिलाई हेर्दा मा.वि.को रुपमा स्थापना गर्न नेपाली उखान भकारीमा