गत १३ जुलाई २०१० आइतवारको दिन जोर्डनको"२१८"रेष्टुरेन्टमा "स्याङ्जा जनसेवा समिति" हङ्कङ्को साधारण बैठक सम्पन्न भयो। समितिका अध्यक्ष भक्त गुरुङ्को अध्यक्षतामा सम्पन्न उक्त बैठक समितिकै सचिव भोजेन्द्र गुरुङ्ले सञ्चालन गर्नु भएको थियो।
अध्यक्ष भक्त गुरुङ्ले साधारण बैठकको मुख्य एजेन्डाहरुको बारेमा अवगत गराउंदै बैठकलाई सचिव भोजेन्द्र गुरुङ्ले सुचारु रुपले अगाडि बढाउंनु भएको थियो। यसै क्रममा बैठकको मुख्य एजेन्डाको रुपमा समितिको पाचौं अधिवेशनको बारेमा छलफल गरि यहि आउंदो १५ अगस्त २०१० आइतबारको दिन कङ्गन रेष्टुरेन्ट,जोर्डनमा समितिको पाचौं अधिवेशन गर्ने सर्व सम्मत निर्णय गरियो।
यहि निर्णयकै आधरमा सम्पूर्ण स्याङ्जावासीहरु समक्ष बृहत प्रचार प्रसार एवम अवगत गराइनेछ भने प्रचार प्रसारको मुख्य स्रोत मिडिया मार्फत जेपीटी हङ्कङ्,एच के नेपाल डट कम र मेरो स्याङ्जा डट कम साथै पोष्टरको माध्यम द्वारा पनि सबै स्याङ्जालीहरुलाई सूचित गराइनेछ र समस्त स्याङ्जावासीहरुलाई सदस्यता नवीकरण,नयां सदस्य एवम आजीवन सदस्यता गहण गर्न हुन पनि स्याङ्जा जनसेवा समिति हङ्कङ् हार्दिक आग्रह गर्दछ।
यसरी स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउंनको लागि मिडिया र पोष्टरको माध्यमद्वारा सम्पूर्ण स्याङ्जालीहरुलाई सूचित गर्न जेपीटी हङ्कङ्ले मुख्य भूमिका निर्वाह गर्ने भएको छ भने अधिवेशनको स्थान(हल)को लागि समितिकै उपाध्यक्ष कोमल गुरुङ् र सचिव भोजेन्द्र गुरुङ्ले जिम्मेवारी लिनु भएको छ र यस पटकको स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशनले हङ्कङमा छरिएर बसिरहनु भएका समस्त स्याङ्जालीहरुलाई समेटी निष्पक्ष ढंगले इमान्दार,निष्ठावान र नैतिकवान उम्मेदवारहरु (कार्य समिति)को चयन गर्ने प्रतिवद्दता पनि ब्यक्त गरेका छन ।
यसै गरि गत मे १५,२०१० का दिन जोर्डनको क्यान्टोन रोड स्थितमा स्याङ्जा निवासी शशी गुरुङ्का ४ वर्षिय नावालक सुपुत्र वाइस गुरुङ्को अचानक सडक दुर्घटनामा परी अल्पायुमा नै मृत्यु हुन गएकोमा मृतक वाइस गुरुङ्को आत्माको चिर शान्तिको कामना गर्दै स्याङ्जा जनसेवा समिति हङ्कङ्ले मृतक वाइस गुरुङ्को परिवारलाई आर्थिक सहयोग स्वरुप हङ्कङ् डलर १००० र फूलको गुच्छाले अन्तिम श्रद्दान्जली अर्पण गरियो साथै समितिको पहलबाट पनि अन्य आर्थिक सहयोग संकलन गरि मृतक वाइस गुरुङ्को परिवारलाई हस्तान्तरण गरियो।
अन्तमा पुन:हङ्कङमा छरिएर बसिरहनु भएका सम्पूर्ण स्याङ्जावासीहरुलाई स्याङ्जा जनसेवा समिति हङ्कङ् आग्रह गर्दछ कि माथि उल्लेखित मिति,समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई पूर्ण रुपमा सफल पारौं,हामी आफै पनि कार्यसमितिमा सहभागि बनौं,स्याङ्जा जिल्लालाई एउटा नमूनाको रुपमा चिनाऔं र सम्पूर्ण स्याङ्जालीहरु एक जुट भई अगाडि बढौं भन्ने नाराको साथ म लेखकको तर्फबाट अग्रिम शुभकामना जाहेर गर्दछु।
मुक काजी गुरुङ्
मेरोस्याङ्जा डट कम,हङ्कङ्
| < Prev | Next > |
|---|








Comments
Look after your self
भाइ-
मुक काजी गुरुङ्
हङ्कङ्
Puran Thakali
Bhakunde, now in UK