हालसालैका केही दिनदेखी सबै संचार माध्यम लगायत सबैतिर चर्चाको बिषय बनेको ईराकबाट ३० हजार नेपाली फिर्ता समाचार, इराकमा काम गर्दै गरेका नेपालीको अपिल र नेपाल सरकारले लिन खोजेको रणनीति हेर्दा यसबाट पर्ने दिर्घकालिन असरको बारेमा कसैले नसोचेको देखिन्छ। आज मात्रै नागरिक न्युजमा प्रकाशित समाचार अनुसार नेपाल सरकारले ईराक प्रबेशमा नेपालीहरु माथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने आसय बुझिन्छ ।
प्रतिबन्ध फुकुवा गर्नु त आफ्नै ठाउँमा होला तर त्यो भन्दा पहिले नेपाल सरकारले स्थलगत अध्ययन गर्नु अती नै जरुरी देखिन्छ। हाल ईराकमा कर्यरत नेपालीहरुले अरु देशको तुलनामा राम्रो आम्दानी गर्दै आएको कुरा साँचो पनि हो । यसैलाई आधार मान्दै र यसैको भरमा मात्र निर्णय लिईयो भने त्यसले पक्कैपनि दिर्घकालिनरुपमा राम्रो सन्देश दिने देखिंदैन । अमेरिकी सेनाको सुरक्षित ब्यारेक भित्र कामगर्दै गरेका नेपालीहरुले अपिल गर्दैमा प्रतिबन्ध हटाईहाल्नु तत्कालको लागि राम्रो होला तर भविष्यमा यस निर्णयले फेरीपनि अर्को कहाली लाग्दो कालो भदौ १२ नदोहोरिएला भन्न सकिन्न । अहिले जतिपनि नेपाली कामदारहरु ईराकमा कर्यरत छन् ति सबै बहुराष्ट्रिय सेनाको बेस क्याम्प भित्र रहेर काम गर्ने गरेका छन् । त्यसैकारणले उनीहरु त सुरक्षित नै छन् तर यदि भोलीका दिनमा नेपाल सरकारले प्रतिबन्ध फुकुवा गर्ने हो भने नेपालमा भएको बढ्दो बेरोजगारी, अशान्ति र अस्थिर राजनीतिक अवस्थाले गर्दा ईराक आउनेहरुको संख्या अहिलेको तुलनामा निकै बढ्ने सम्भावना देखिन्छ । सरकारले फुकुवा गरेपश्चात अब आउने सबै नेपाली कामदारहरुले बहुराष्ट्रिय सेनाको क्याम्प भित्र मात्रै सुरक्षित तवरले काम गर्न पाउने हो भने त्यो त राम्रो कुरा नै हुन्छ तर सरकारबाट फुकुवा भएपछी बेसक्याम्प भित्र नभै ईराकका शहरहरुमा नेपालीहरुले कामगर्ने स्थिति आउँदा त्यो दिन निकै नै भयाबह हुने निश्चित प्राय नै छ ।
हामी सबैलाई थाहा नै छ कि ईराकमा सेनाका ब्यारेक भन्दा बाहिर शान्ति सुरक्षा कति प्रभावहिन छ भन्ने कुरा । यहाँका शहरहरुमा हरेक दिन जसो आत्मघाती कारबम बिस्फोट सहित सयौ मान्छेहरुले ज्यान गुमाउने गरिरहेका छन् र यस्तो ठाउँमा कामदार पठाउन खुला गर्ने हो भने अहिले नै हामीले भोलीको दिन्मा हुनसक्ने दुर्घटनाको चित्र स्पष्ट देख्न सक्छौ । दुई, तीन समुहमा बिभाजित भएर गृहयुद्द झेलीरहेको इराकमा यहिंका लाखौं स्थानियहरु बेरोजगार छन् भने ईराकीहरुको नेपालीलाई हेर्ने दृष्टिेकोण पनि अरुलाई भन्दा आक्रामक देखिन्छ । सामान्य काम गर्न आउने ईराकी हरुको भेटघाटमा उनीहरुले हामीसँग गर्ने ब्याबहार र कुराकानीबाट पनि प्रस्ट हुन्छ की बाहीरी मुलुकका कामदार प्रति ईराकी ज्यादै रुस्ट छन् जुन स्वोभाबिकै पनि हो । आज पनि कयौं ईराकीहरु भोक भोकै सुत्न वाध्य छन् भने बाहीरी कामदारहरु ले यहाँबाट लाखौं डलर कमाई राखेका छन् । त्यसमाथि पनि नेपालीहरुसंग ईराकीहरु दोश्रो विश्वयुद्ध देखिनै धरै रुष्ट रहेको कुरा हामीले यहीं आएर सुनेको कुरा हो। दोश्रो विश्वयुद्द ताका होस् वा अहिलेको अमेरिकी हमला ताका होस् ब्रिटिश गोर्खा सैनिकद्वारा भएका विध्वंसकारी हमलाबाट इराकीहरुको नेपालीलाई हेर्ने दृष्ट्रिकोण पनि निकै फरक पाईन्छ भन्छन्न्छ जानकारहरु। तर हामीले सुनेका कुरामा ब्रिटिश गोर्खा सैनिकले युद्धकालमा ईराकको बासारा लगायतका कैयौ ठाउँहरुमा गाउँ नै ध्वस्त पारेका कुरा ईराकीहरुकै मुखबाट सुन्ने गरिन्छ। यी त भन्ने र सुन्ने कुराहरु भए तर यथार्थमा पनि इराकमा तत्काल प्रतिबन्ध फुकुवा गर्नु उचित छ वा छैन भन्ने कुरामा सरकारले ध्यान पुराउनु पर्ने कुरा हो। यो कुरा साँचो हो कि यहाँ ३० हजार हाराहारीमा नेपालीहरु कार्यरत छन् ,तिनै मध्यको म पनि एक हुँ । यहाँ म संगै मैले काम गर्ने कम्पनिमा ६० प्रतिशत नेपाली कार्यरत छौ, एक अमेरिकन प्राइभेट मेडिकल कम्पनीमा प्रसाशन तथा स्वास्थ्य बिभागमा कार्यरत छौ हामीहरु । मानिस स्वभाबैले स्वार्थी हुन्छ र यो कुरा सत्य जस्तै पनि लाग्छ । मलाई पनि तत्काल नेपाल फर्किनु मन छैन तर अहिलेको हाम्रो स्वार्थले गर्दा पछि आउने नेपाली दाजु भाई, दिदी बहिनी ले दु:ख पाउनु भएन भन्ने नै हाम्रो प्रमुख उदेश्य हो।
कतिलाई लाग्ला की ‘हामी त यहाँ आइ पुग्यौं अब अरु नआउनु’ भन्ने चाहन्छन् वा यहिं भएका साथीहरुलाई लाग्ला ‘आफुहरुलाई पुग्यो होला अनी त्यस्तो भन्छन्’ भनेर तर हामीले यस्तो अबस्थामा नीजी स्वार्थ भन्दा पनि सामुहिक स्वार्थ वा त्यसको दीर्घकालिन असरको बारेमा सोच्नु नै एउटा सचेत नेपालीको कर्तब्य हो । अहिलेको अबस्थामा हेर्दा अब बहुराष्ट्रिय सेनाको क्याम्प भित्र काम गर्ने कामदारहरु यहाँ बस्न पाएभने पनि बढीमा २०११ को डिसेम्बर सम्म ईराकमा कार्यरत रहने पक्का पक्की छ, किनकी आमेरिकी सरकारले आफ्ना सेना २०११ को डिसेम्बर सम्ममा सबै फिर्ता गर्ने पूर्व घोसित कार्यक्रम अन्तर्गत यही अगस्टमा भारी मात्रामा सेना कटौती गर्ने कार्यक्रम रहेको छ । त्येतिबेला पनि धेरै कामदार घर फर्किने छन् । त्यसैलेपनि सरकारले आफ्नो कुटनैतिक सबन्ध स्थापना बेगर र स्थल गत अध्ययन बिना नै ईराकमा जानकोलागि आफ्ना नागरिकहरु माथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नु कति प्रभाबकारी होला ? यस्तो निर्णय लिनु भन्दा अगाडि नेपाल सरकारले गम्भिर रुपमा अध्ययन अनुसन्धान गरि प्रभाबकारी निर्णय लिनु नै राम्रो र सम्पुर्ण जनताको हितमा हुने छ । अर्को कुरा ईराकमा रहेका नेपालीहरु अलपत्र भनेर लेखिएका समाचार अनी सरकारले उद्दार गर्न तयार भनेर जे जति समाचार मिडियामा आएका छन् र हामीले यहीं इराकमा रहेर जे भोगेका छौ त्यो सबै कुराहरु हेर्दा अहिले यहाँ जे जति नेपाली काम गरिरहेका छन् ति सबै कुनै न कुनै सम्बन्धित कम्पनीमा अनुबन्धित भएर काम गरिरहेका छन् र कोहिपनि नेपालीहरु अलपत्र छैनन् । जे जति नेपालीहरु नेपाल फर्कैदै छन् वा फर्काइने क्रममा छन् तिनीहरुलाई सम्बन्धित कम्पनीहरुले स-सम्मान आवस्यक काग्जात सहित जहाज टिकटको ब्यवस्था समेत गरिदिएर फर्काएका छन् । यहाँ आउने नेपालीहरु नेपाल सरकारबाट अबैधानिक तवरले आएतापनि यहाँ काम गर्ने स्थान आमेरिकन सेनाको ब्यारेक भित्र बैधानिक रुपमा नै हुँदै आएको छ तथा यहाँ पाउनुपर्ने सबै सेवा सुबिधा पाउँदै पनि आएका छन् । त्यसैले हाल विभिन्न मिडियाहरुमा आईरहेका नानाथरि समाचारहरुमा “ईराकमा नेपालीहरु अलपत्र” भन्ने समाचार बिल्कुलै निराधार छन् र यस् खालको समाचारबाट यहाँ कार्यरत नेपालीहरुको घरपरिवार सम्म गलत सन्देश नपुगोस भन्ने हाम्रो चाहाना पनि हो ।
मनु क्षेत्रि, मेरोस्याङजा डटकम ईराक
सहयोगीहरुमा,
लक्ष्मण तितुङ, धर्मराज खड्का र बिरेन गुरुङ
क्याम्प लिबर्टी
बग्दाद ईराक
| < Prev | Next > |
|---|








Comments
Prakash gurung
F-1,south victory base complex,
Baghdad,Iraq
heraym finall k hun6.....
कसैले गरेको ईमेल र फोन को भरमा नेपाल सरकारले ईराक को प्रतिबन्ध फुकुवा गर्नु भनेको झन नेपाली कामदरहरु लाई धिर्घकलिन जोखिम मा पर्नु हो ! सरकार ले यसमाथि घम्भिर भएर सोच्नुपर्छ !
samachar mulak kuraharu postd garnu bhayecoma LOL thanks sir, keep it up!!!!!