MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य कविता "प्रियसीलाई अन्तिम पत्र"

"प्रियसीलाई अन्तिम पत्र"

कोमल तिम्रो सरिरभरि, सल्बलाउने हातहरु।
बढ्दै होलान अझै सम्म, गर्दै मिठा बातहरु।।

म त थिएँ प्रेमभिखारी, शब्द नबिझ्ला तिमीलाई।
अबरोध नबनोस मेरो पत्र,साधुबाद छ तिमीलाई।।

सन्ध्या! तिम्रो सम्झनामा,अन्तिम पत्र कोरी बसें।
फलोस फुलोस दाम्पत्य जीवन, मनमनै गुनीबसें।।

पढी दिनलाई एकपटक, समय मिलेमा कष्ट गरे।
मुल्यहिन लागेछ भने,समय तिमी खेरा नफाले।।

घात गरेउ मलाई, जिवन तिमीले अरुकै सजायौ।
बनाबटी प्रेम देखाई,उस्कै लागि बिदेश  भगायौ।।

रुप पनि अनेक तिम्रो, भित्र एउटा बाहिर अर्कै।
फस्दै होलान् अरु त्यहाँ, घाती तिम्रो हाँसो हेर्दै।।

गुलाबसरी ओंठ तिम्रा,तैपनि मुस्कान बनाबटी।
तिम्रो प्रेम सजाबटी , तिमी मान्छेई बनाबटी।।

शुन्यतामा हराएका हामी बीचका कसमहरु।
याद आउँछ घरिघरि खाएका ति कसमहरु।।

मन्दिर मुर्ती साक्षी थिए,सोध्न अब कता जाउँ?
मौन छन् ति सबै हेर,तिम्लाई अब कहाँ पाउँ?

बाध्यताको हाँसो संगै बिवशताको आँशु थियो।
पासोसरी जिवन अहिले,उतिबेला नासो थियो !!

मिलन हुँन सकेन अब,अर्को जुनीको के भरोसा ?
फेरीपनि धोका नहोला,भन्ने कुरामा के भरोसा ?

प्राण, आत्मा, मन सबै,उही नै त हो उतिबेला ।
फेरीपनि धोका नहोला,भन्ने कुरामा के भरोसा ?

लैजा चरी मेरो सन्देश, “सन्ध्या” सामु चिर्बिराउँदै ।
मेरो प्रेम मर्ने छैन, भन्नु उन्लाई  गीत गाउँदै ।।
मेरो प्रेम मर्ने छैन, भन्नु उन्लाई  गीत गाउँदै ।।

उहि,
पदम खनाल
पकवादी -०३, माथिल्लो चित्डांडा,स्याङजा
हाल, अबुधाबी यू ए इ

Comments 

 
0 #5 sheshnarayan khanal 2010-08-18 04:23
good keep it up
Quote
 
 
0 #4 raju kanwar 2010-08-17 08:33
yas kabitale padam ji kata kata malai nai jhaskaidiyo so nice padam ji
Quote
 
 
0 #3 padam khanal 2010-07-29 15:25
Dhanyabat, agami dinharu ma pani haushala badhaidinu hunchha bhanne asha tatha bishwash liyako chhu.
Quote
 
 
0 #2 Ratna Kafle 2010-07-29 13:00
"कोमल तिम्रो सरिरभरि, सल्बलाउने हातहरु।
बढ्दै होलान अझै सम्म, गर्दै मिठा बातहरु।।"

यस भावबाट शुरु भएको कविता.......को अन्त

"लैजा चरी मेरो सन्देश,“सन्ध्या” सामु चिर्बिराउँदै ।
मेरो प्रेम मर्ने छैन, भन्नु उन्लाई गीत गाउँदै ।।"

मा गएर टुङगिएको छ । मित्र ईश्वरी कोईरालाले भने झैं कविता भित्रबाट दुख सुख,मिलन बिछोड,सामाजिक कुरीति, जिवन मृत्यु,बाचा बन्दन ईत्यादी धेरै कुरा बोलिएको छ । यसखालको कविता धेरै पछि मात्र पढ्ने मौका दिनु भएकोमा लेखक पदम खनाल ज्युलाई धेरै धेरै धन्यबाद !
Quote
 
 
0 #1 ईश्वरी प्रसाद कोईराला 2010-07-29 09:05
koml timro sarir bhari,salbalaune haat haru
baddai holan ajhai samma gardai mitha baat haru

kya baat cha khanal ji, nari bhitra ko chicharo pan ko kya maja le dahan garnu bhaye cha.dherai kura boleko cha tapai ko kabita le.bartaman paribes ko nepali samaj bhitra ko yethartha lai bado rasik ra mitho tarika le lekhnu bhaye cha,khushi lagyo.

kabita yetharthaparak cha.keep it up.

Ishwori pd.koirala
syangja,haal kathmandu
Quote
 

Add comment


Security code
Refresh