MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: News Nepal स्याङ्जा अदालतबाट तीन सय नौ मुद्दाको छिनोफानॊ

स्याङ्जा अदालतबाट तीन सय नौ मुद्दाको छिनोफानॊ

स्याङजा १३ साउन
जिल्ला अदालत स्याङ्जाले आर्थिक बर्ष ०६६/०६७ मा कूल तीन सय नौ मुद्दाको छिनोफानो गर्न सफल भएको छ ।  जिल्ला अदालत स्याङ्जामा कूल चार सय ४० मुद्दा दर्ता भएकोमा तीन सय नौ मुद्दाको छिनोफानो गर्न सफल भएको जिल्ला अदालतका न्यायधिश माधवेन्द्र राज रेग्मीले जानकारी दिनुभयो  ।

जिल्ला अदालतमा हाल विभिन्न प्रकृतिका एक सय ३० मुद्दा फैसलाको लागि बाँकी रहेका छन् । जिल्ला अदालत स्याङ्जाले दुई सय नौ देवानी मुद्दा परेकोमा एक सय २५ मुद्दा फैसला गरेको छ । त्यस्तै सरकारबादी फौजदारी मुद्दा अन्र्तगत ७९ मुद्दाहरु मध्ये ५७ मुद्दाको टुङ्गो लगाएको  छ । दुनियावादी फौजदारी मुद्दा अन्र्तगत एक सय ५२ मुद्दा मध्ये एक २७ मुद्दा फैसला गरिएको जिल्ला अदालत स्याङ्जाले जनाएको छ ।

Add comment


Security code
Refresh