हिजो राती अबेरसम्म निद्रा परेन सानु l
तिम्रो याद्ले दिलको ढोका बन्द गरेन सानु |
एकपल स्वर्णिम पछि अर्को आउँदै गर्दा,
बेला भयो मिर्मिरे तर, पुष्प झरेन सानु |
आज शुभ-प्रभात संगै देख्दा मुहार तिम्रो,
भुली दिन्छु सकलै भन्दा माया मरेन सानु |
तिम्रै याद मध्यान्ह सम्म कोरें गजलै भरी,
तिमी बिना मनले धुन भर्दै भरेन सानु |
साँझ पख गगन संगै तारा टुटेको हेर्दा,
फाट्यो मन "बिद्रोही"पन पारी तरेन सानु |
मदन डुम्रे "बिद्रोही"
थुमपोखरा-५ छोरेखर्क स्यांग्जा
{हाल दोहा कतार }







Comments