गण्डकी अञ्चल अन्तर्गत स्याङ्जा जिल्लाको उत्तरी भेगमा पर्ने भाट्खोला गा. बि. स. समुन्द्री सतहबाट सबै भन्दा होचो भाग (२००० फुट ) ६०९.६ मिटर र सबैभन्दा अग्लो भाग (५,५०० फुट) १६७६.४ मिटर सम्मको उचाइमा फैलियर रहेको छ। यस गा. बि. स. को सबै भन्दा अग्लो स्थान मथिल्लो थाम (स्थानिय लबजमा) भन्ने स्थान हो जुन सामुदाइक बनको क्षेत्र भित्र पर्दछ।
गण्डकी अञ्चलको मुटु पोखराबाट करिब २२ किलोमिटर र स्याङ्जा जिल्लाको सदरमुक्काम स्याङ्जा बजारबाट करिब ८ किलोमिटरको दुरीमा रहेको चारैतिर हरियाली र फेदिमा सदबहार खोला (भाटखोला) बगी रहने समशितोष्ण हावापनि भएको ऐतिहासिक नुवाकोट राज्य अन्तर्गत् पर्ने यो ठाउँ पञ्चायत कालमा आरुखोर्क र सेतिदोभान पञ्चायतमा रहदै आएको र पछि आएर गा. बि. स. को अबधारणा आएपछी भाट्खोला गा. बि. स. को रुपमा बि. सं. २०४७ सालमा स्थापित भएको हो। यो गा. बि. स. को नामाकरणको सम्बन्धमा बुज्दै जाँदा भाटखोला को मुहान यसै गा. बि. स. मा रहेकोले यसै खोलाको नामबाट यस गा. बि. स. को नाम रहन गएको यहाँका स्थानिय जानकारहरु बताउनु हुन्छ। जुन खोला यसै गा. बि. स. को वाड नं २ बाट सुरु भई वाड नं १ र ३ को मध्यभाग हुँदै वाड नं ६, ७, ८, र ९ को किनारै किनारा भएर बगेको छ। यसै खोलामा फेदिखोला र आरुखर्क गा. बि. स. हुँदै आउने सेतीखोला पनि मिलाप हुने गर्दछ जुन ठाउँ भाट्खोला, आरुखोर्क र फेदिखोला गा. बि. स. को सङम् स्थाल हो जसलाई दोबिल्लाको नामले चिनिने गर्दछ । तिन् वटा गा.बि.स.हरुको सङम स्थल तथा सेतीखोला र भाटखोलाको यस दोभानलाई स्थानिय घाटको रुपमा पनि चिनिन्छ जुन ठाउँमा भाटखोला,आरुखोर्क तथा फेदिखोलाका केही वडाहरुबाट अन्तिम दाहासंस्कारको लागि यो ठाउँमा ल्याउने गरिन्छ। दोबिल्लाबाट तल लागे पछी भाट्खोलालाई पनि सेतिखोलाको नामले चिनिन्छ जुन सेतिदोभानमा पुगेपछी आंधिखोला सँग बिलय हुन्छ।
यस गा. बि. स. को पुर्बमा आरुखोर्क र फेदिखोला पर्दछ भने पश्चिम्मा बागेफड्के र सेतिदोभान साथै उत्तरमा आरुखोर्क र दक्षिणमा फेदिखोला गा. बि. स. र पुतली बजार नगरपालिका पर्दछ। यो गा. बि. स. जातिय बिबिधताले भरिपुर्ण छ। खासगरी रानाभाट जातिको बहुल्याता रहेको भाट्खोला गा. बि. स. मा ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्की, घर्ती र थोरै मत्रामा गुरुङ जातिको बसोबास रहेको पाइन्छ। पछिल्लो तथ्याङ्क अनुसार यस गा. बि. स. को कुल जनसंख्या ३४८३ रहेको छ। जसमध्य पुरुष संख्या १६१३ जना र महिला संख्या १८२० जना रहेका छन्।
यस गा. बि. स. को मुख्य स्थान भनेर परिकाबरी लाई चिनिन्छ जहाँ केही साना पसल र मा. बि. स्कुल रहेको छ भने गा. बि. स. का सबै प्राय कार्यालयहरु, गा. बि. स. कार्यालय, हुलाक, स्वास्थ्य चौकी, वाड नं ७ थुम्कामा रहेका छन् यो स्थान पनि निकै रमणिय छ । यहाँबाट भाटखोलाको धेरै वडाहरुका साथै आरुखोर्क फेदिखोला, नौडाँडा बजारको दृष्यहरु देख्न सकिन्छ ।
बिकासका पुर्बधारहरु बिस्तारै बिस्तार हुने क्रममा रहेको यस भाट्खोला गा. बि. स. मा हाल एक माध्यमिक बिद्यालय (जनप्रिय मा. बि.) तीन सरकारी र एक नीजी प्राथामिक बिधालयहरु संचालित छन् । साथै यो गा. बि. स. मा अहीले आएर ग्रामीण सडक निर्माणमा पनि निकै अग्रसर देखियको छ। यो कार्यको लागि सबै टोल र वडाहरु मिलेर चन्दा तथा श्रमदानमा गा. बि. स. का सबै वडाहरुलाई ग्रामीण कच्ची सडक सँग जोडिएको छ भने मुख्य सडकको रुपमा रहेको सडक फेदिखोला गा. बि. स. को खडकेटारी बाट सिधार्थ राजमार्ग सँग जोडीएको यो सडक खड्केटारी बाट सुरु भई यसै गा. बि. स. को वाड नं. ७,६,५,४ हुँदै छिमेको गा. बि. स. बागेफड्के, बङ्सिङ देउराली हुँदै छिमेकी जिल्ला पर्बत सँग र नेपलकै नमुना गाउँ सिरुबारी सँग पनि जोडिएको छ। यही सडक ई पर्यटकिय, तथा धार्मिक क्षेत्र पन्चासे सम्म पुराउने कार्य पनि हुँदै गरेको स्थानिय जनकारहरु बताउनु हुन्छ।
स्वास्थ्य सेवाको लागि स्थानिय स्तरमा उपचारको लागि यहाँ १ स्वास्थ्य चौकी संचालित छ। संचारको हिसाबमा यहाँ एउटा हुलाक रहेको छ भने CDMA फोन, र सबै प्रकारका मोबाइल फोनको सेवा उपलब्ध रहेको छ। ईन्टरनेटको सेवा भने निकै टाढा नै रहेको देखिन्छ। तेस्तै खाने पानीको लागि पनि बिभिन्न आयोजनाहरु संचालित छन्। यसै गरि गा. बि. स. को प्रत्यक वडामा बिद्युत सेवा पनि बिस्तार भैसकेको छ। यहाँका बासिन्दाको मुख्य पेशा कृषि भएतापनि सरकारी तथा बैदेशिक रोजगारमा स्थानिय युबाहरु बढी आकर्शित देखिन्छ । ब्यापार तर्फ पनि उत्तिकै आकर्शित छन्। तेसैगरि यहाँका किसानहरु तरकारी तथा कफी खेतीमा पनि अग्रसर हुँदै आएका छन्। यहाँका मनिसहरुको मुख्य बजार स्याङ्जा र पोखरा भएतापनि साधारण किनमेल भने फेदिखोला र खड्केटारीमा नै गर्ने गरेको पाईन्छ। यहाँका स्थानिय बासिन्दाहरुको आफ्नै पहलमा प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था चलाउदै आएका छन्। यस गा. बि. स. मा जाईका नेपाल र LGDP नामक संस्था बाट स्थानिय बासिन्दा हरुलाई बिभिन्न आयमुलक तालिमहरु पनि दिदै आएका छन्।
अनत्यमा यस गा.बि.स. अन्तर्गतका नौ वटै वाड भित्रका बस्तिहरु यस प्रकार रहेका छन् ।
बाड नं १ : बासटारी, तिलिङगाथर, । वाड नं २ : घैयाखेत, खोलाखेत, पदाले, कर्वाङ्ग, पुलको मुख । वाड नं ३ : साहुथर ठूलास्वाँरा,। वाड नं ४ : जिमिरबोट, काहुले, लौसीवोट, थाउनेडाँडा । वाड नं ५ : लोलासरी, चारघरे, आँपको रुख । वाड नं ६ : तल्लाथर, डाँडागाउँ, गैर्हागाउँ, कराम्दी, पारीकाबारी, सेतीसिम्ले, । वाड नं ७ : सेतीसिम्ले, भण्डारी डाँडा, गैरी, साहुनेपानी, अधिकारीडाँडा, भाटावारी, सेतीसेरा । वाड नं ८ : मुसुराबारी, खोरिया, डाँडाथोक, ठुल्डिही। वाड नं ९ : गहतेरा, तिनबाटे, पातिहाल्ना, देउराली।
भट्खोला गा. बि. स. को तस्बिरहरुको लागि यो लिंकमा जानु होला।
सम्पूर्ण तस्बिरहरुको लागि कृष्ण भण्डारी ज्यु लाइ धेरै धन्यबाद
फोटो लिंक:- http://www.syangja.org/photo/displayimage.php?album=66&pid=3500#top_display_media
नोट: कृपया कसैसँग गा. बि. स. को पूरा भूभाग देखिने फोटो र माथि उल्लेख गर्न छुटेका जानकारी भएमा उपलब्ध गरयर सहयोग गर्नु हुन अनुरोध गर्दछु धन्यवाद।
सन्दर्भ स्रोत :गा.बि.स.को कार्यालय भट्खोला
गा.बि. स.सचिब बिष्णु पौडेल
बिशेष धन्यवाद :गा.बि.स.सचिब बिष्णु पौडेल,
कृष्ण चरण लामिछाने (शास्तिरि शर कराम्दी)
लोक बहादुर भण्डारी(भण्डारी डाँडा)
कृष्ण भण्डारी (भण्डारी डाँडा)
राजु भण्डारी
मेरोस्यङ्जा डट.कम.
भाटखोल ७ भण्डारी डाँडा
हाल बग्दाद ईराक








Comments
Aaaaaaaaasa rakhchu feri feri ko lagi pani. Arko hamrofedikhola ko face booooook nabirsanu hola thanks Gam(kallery) HK.
Nur.
मदन डुम्रे "बिद्रोही"
थुमपोखरा ५ छोरेखर्क
म सल्लाह दिन्छु। तिमीले गर्दा नै मैले आफ्नो जनम भुमी को
फोटोहरु देख्न पयको थिय र आज पढन र अरु साथीहरु लाई
बताउन पयको छु , र आज हामी बर्षउ देखी बिदेश मा रहे पनि
आफ्नो गाउ को कती याद मा नयन विज्छन त सबैलाई
थाहा नै छ तर तिमीले आज त्यो माया लाई फेरी याद
गराइ दियौ भाई .
८-१० बर्ष घर नजादा मेरो मन कस्तो भाहोला
संसार मै प्यारो मेरो जन्म-भुमी भाटखोला
।।।।।।।।।।मेरो जन्म-भुमी भाटखोला
हेमन्त रानाभाट
भाटखोला-३,साउथर
हाल -बार्सिलोन,स्पैन
Mandhoj Thapa
Bhatkhola 8 Thuldhi
Syangja,