स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ भित्रका गा. बि. स. हरुलाई समेट्ने गरि गठन गरिएको संस्थाको नाम हो- स्याङ्जा भिरकोट आठथर तमु समाज। यो समाजको स्थापना १० अगस्त २००८ मा भएको थियो। यो समाज गठन गर्नु भन्दा एक दशक अगाडि पनि यस भेगका बासीहरुले आंधीखोला तमु छोंजधी इकाई शाखा,ओभरसिज हङ्कङ् नामक संस्था स्थापना गरेका थिए तर त्यो समाज भित्र सिमित क्षेत्रका तमुहरुको मात्र सहभागित रहेको थियो।
आज तमु छोंजधी स्थापनाको एक दशक पछि पनि हङ्कङमा नेपालीहरुको आगमनमा अझै बृद्दि हुंदै गएरहेको र यस भेगका अथवा सेरोफेरोका बासीहरुको जनघनत्त्व पनि दिनप्रतिदिन बृद्दि हुंदै गएरहेको अवस्थालाई मध्य नजर गर्दै स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ भित्र पर्ने सबै गा.बि.स. का तमुहरुलाई समेट्ने हेतुले र आफ्नो क्षेत्रको पहिचानको लागि पनि यो नयां नामांकरण द्वारा यो समाजको गठन गरिएको हो तर बार्षिक भेटघाट कार्यक्रमहरुमा भने कुनै जातियताको सिमांकन नराखिकन यस भेगका अथवा सेरोफेरोका सम्पूर्ण हङ्कङेहरुलाई आमन्त्रण गरिन्छन।
हालसम्म यो समाजमा १ नगरपालिका र ५ गा. बि. स. का गरि ३०,३५ घरका झन्डै ८० जना भन्दा बढि सदस्यहरुको नाम दर्ता भएसकेका छन भने भबिष्यमा अझै सदस्यता लिनेहरुको संख्या नबढ्ला भन्न सकिंदैन। हरेक संस्थाको आफ्नै उधेश्य र लक्ष्य भए अनुरुप यो समाजको पनि आफ्नै उधेश्य र लक्ष्यहरु छन। जस्तै;-
१, सर्बप्रथम हङ्कङमा छरिएर बसिरहेका यस भेगका सेरोफेरोका तमुहरुलाई एकत्रित गर्नु साथै भातृत्वको भावना कायम गराउंनु।
२, हरेक वर्षको २ पटक जस्तै;- दशैंतिहार र चाइनिज नयां वर्षको अवसरमा भेटघाट तथा बि. बि. क्यू. जस्ता कार्यक्रमको आयोजना गरि एक अर्काको दुखसुखहरु साटासाट गर्नु।
३ समाजमा सदस्यता ग्रहण गरिसकेका सदस्यहरुको लागि परिआएको बेला सक्दो सहयोग गर्नु।
४ भविष्यमा आफ्नै भेगका सेरोफेरोका जेहेन्दार बिधार्थीहरुलाई सम्मान तथा आर्थिक सहयोग गर्ने र
५ सामाजिक कार्यतिरा पनि विशेष योगदान पु-याउंने लक्ष्य रहेको छ।
यो समाज स्थापना कालमा गठित कार्यसमितीहरुको नामावली यसप्रकार रहेको छ।
१,अध्यक्ष- मन बहादुर गुरुङ्
२,उपाध्यक्ष- कौ गुरुङ्
३,सचिव- चौ गुरुङ्
४,सह्सचिव- तिर्थ गुरुङ्
५,कोषाध्यक्ष- झल बहादुर गुरुङ्
सदस्यहरु-
१,बिल बहादुर गुरुङ्
२,खेम कुमार गुरुङ्
३,भुपेन्द्र गुरुङ्
४,देब गुरुङ्
५,देबेन गुरुङ्
६,पुर्णा गुरुङ्
७,बेग गुरुङ्
८,औमती गुरुङ्
९,दानु गुरुङ्
सल्लाहकारहरु-
१,चेत बहादुर गुरुङ्
२,केश गुरुङ्
३,टिला गुरुङ्
४,भिम गुरुङ्
५,नुनमाया गुरुङ्
लेखक-
मुक काजी गुरुङ्
मेरो स्याङ्जा डट कम
तथा
तमु प्ये ल्हु संघ हङ्कङ्
(सम्वाददाता )
| < Prev | Next > |
|---|







