परेलिमा आँशु यहाँ छल्किदा नि हाँस्नु पर्ने,
बेदनाको भारिबोकी मुस्कुराउदै बाँच्नु पर्ने।
दुई किनारा जिन्दगिको आँशु कि म हाँसो रोजौ,
थाहै भएन जिन्दगीको अर्थ अब काहाँ खोजौ।।
कसलाई सोधौ यहाँ मैले कुन किताब पढौ,
अर्थ पाउन जिन्दगीको कुनचाँही युद्द लडौ।
लाग्न थाल्छ आफ्नै जीवन आफैलाई भार भयो,
नबुझेको जिन्दगी यो बाच्नु मात्रै सार् भयो।।
जित्नेहरुलाई जीवन यहाँ समुन्द्रको छाल् रैछ,
हार्नेहरु भन्ने गर्दछन जुवाको यो खाल रैछ।
नबजोडी हरुलाई यो पिरतीको साथ हो रे,
धोका पाउनेहरु भन्छन माया रुपी घात् हो रे।।
एउटै जिबन् किन यहाँ फरक अर्थ लगाइदिन्छन्,
सोधौ भने कसैसँग पागल भनि भगाइदिन्छन्।
आखिर के हो अर्थ यहाँ दिन मात्रै काट्नु हो की,
हाँसी हाँसी आँफै सँग आँफैलाई ढाँट्नु हो की।।
हाँसी हाँसी आँफै सँग आँफैलाई ढाँट्नु हो की।।
राजु भण्डारी (स्याङ्जाली)
भाट्खोला स्याङ्जा
हाल बग्दाद ईराक








Comments
keep it up
kasam parajuli
dhanmuda
dherai ramro lageyo.
Nur.
Mandhoj Thapa