MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Article Research

Research

राम्दीका बृद्दाहरु बाती-कातेर जिवन गुजारा गर्न बाध्य,परिवारबाट अपहेलीत !

बुढेसकालमा आफ्नै परिवारसंग बसेर सुख दुख बाँडने इच्छा कसको पो नहोला र ? बग्रेल्ती  छोरा छोरी र नाति नातिनाकी हजुर-आमा के गर्दै होलिन्, हामी सहजै अनुमान गर्छौं कि ‘पक्कैपनि बुढेसकालमा छोरा वा नाति नातिनाको निगरानीमा जीवन काड्दै होलिन् भन्ने। सबैको अनुमानलाई गलत सावित पार्दै स्याङ्जाको रामनदी धाम स्थित बृद्धाश्रममा बस्ने सबै बृद्ध बृद्धाहरु परिवारका सबैबाट अलग्गै रही  बृद्धाआश्रमको साहरा लिएर धागोको बत्ति कातेर जिवन जीउन बाध्य छन् । टिनले छाएको अत्यन्तै जिर्ण बृश्राम घरको पिडीमा २/३ जना मिलेर बत्ति कात्ने र  दुख सुख बाँढ्ने उनिहरुको दिनचर्या बनेको छ ।ramdhi dham

तराई पहाड जोडने राम्दी-पुल जिर्ण, सरकारी बेवास्ता

सिद्धार्थ राजमार्ग अन्र्तगतको राम्दी स्थित कालीगण्डकी नदीमा स्याङ्जा र पाल्पा जोड्न निर्माण गरिएको पक्की नमुना फलामे पुल आवश्यक मर्मत सम्भार र सरकारी वेवास्ताका कारण जीर्ण बन्दै गएको छ ।तराई र पहाडलाइ सिधै सम्पर्क गर्न २०२८ सालमा नेपाल भारत सहयोगमा निर्माण गरिएको सिद्धार्थ राजमार्गलाइ जोडने पक्की फलामे पुल विगत २५ वर्षदेखि सरकारले मरमत सम्हार प्रति बेवास्ता गरिदा पुल दिन प्रतिदिन जिर्ण बन्दै गइरहेको छ ।

भाषिक दृष्टिमा स्याङ्जा

मध्य नेपालको गण्डकी अञ्चलमा पर्ने स्याङ्जा जिल्ला एक बहुभाषिक जिल्ला हो। जनगणना २०५८ अनुसार नेपालमा ९२ वटा भन्दा बढी भाषा बोलिन्छन्। तीमध्ये १७ वटा भन्दा बढी स्याङ्जामा बोलिन्छन्। यहाँ ती भाषाहरूको सङ्‌क्षिप्त परिचय प्रस्तुत गरिएको छ।
स्याङ्जामा बोलिने भाषाहरू र तिनका वक्ताको सङ्ख्या जनगणना २०५८ को प्रतिवेदनअनुसार यसप्रकार छ: