MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

Education

हिमाली उच्च माविलाई सहयोग आउने क्रम जारी

स्याङजाको एलादीमा रहेको हिमाली माविलाई उच्च माविमा स्तर उन्नती गर्नका लागि चन्दा संकलन कार्य तिव्र पारिएको छ । विद्यालयले दिएको जानकारी अनुसार वालिङ नगरपालिका वार्ड नं ७ वजरडाँडा निवासी क्याप्टेन खेम वहादुर गुरुङले अहिले सम्म कै वढी रकम प्रदान गर्नुभएको छ । उहाँले ५६ हजार १ सय ११ रुपैया प्रदान गर्नुभएको हो । त्यसैगरी एलादी गाविस वार्ड ९ का सुवेदार हरी किसन गुरुङले ५५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।himali

 

गाउँमा चन्दा उठाएर हिमाली उच्च मावि सञ्चालन

स्याङ्जाको उत्तरपूर्वमा पर्ने एलादी गाविसका स्थानीयबासीहरुले गाउँबाटै चन्दा संकलन गरेर उच्च माध्यमिक विद्यालय संचालन गरेका छन् । स्थानीय हिमाली माध्यमिक विद्यालय एलादी ६ रत्नेमा रहेको विद्यालयमा उच्च माध्यमिक विद्यालयको रुपमा विकास गर्न स्थानीयबासीहरु चन्दा संकलनमा लागेका हुन् ।himali

वालिङ क्याम्पसका सन्चालक बिच मतभेद, सामुहिक राजिनामा

वालिङ ७ श्राबण  
नेपालकै सबैभन्दा जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा मतभेद चर्किएपछि ५ जना साचालक समितिका पदाधिकारीले सामुहिक राजीनामा दिएका  छन् । क्याम्पसको ब्याबस्थापन समितीले मनोमानी ढंगले काम गरेको भन्दै राजीनामा गर्नेहरुमा दिलिप प्रताप खाँण, लोकनाथ अर्याल, मुक्तिप्रसाद सुवेदी , ले.यामबहादुर गुरुङ र सेरबहादुर क्षेत्रीले सामुहिक रुपमा क्याम्पसको साचालक तथा व्यवस्थापन समितिको सामुहिक राजिनामा दिएका हुन ।

सरकारी विद्यालयमा उच्च शिक्षा निशुल्क

झट्ट सुन्दा आश्चर्य लाग्छ सरकारी विद्यालयमा कक्षा १ देखि प्रविणता तहसम्म निःशुल्क अध्ययन अध्यापन गराइन्छ भन्दा । तर यही भएको छ स्याङजा जिल्लाको दक्षिण पश्चिम क्षेत्रको केवरेभाज्या् गाउँ विकास समिति वडा नं ४ स्थित देउरालीमा रहेको बालसिद्ध उच्च माध्यमिक विद्यालयमा ।

बालबालिका विद्यालय भर्ना हुनेमा स्याङ्जा उच्च स्थानमा ॥

नेपालमा समग्र्र विद्यालयमा भर्ना हुने उमेर समुहका बालबालिका विद्यालयमा भर्ना हुनेमा स्याङ्जा उच्च स्थानमा रहेको स्याङ्जामा आयोजीत एक कार्यक्रममा जानकारी गराईको छ ।

Page 1 of 2

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »