काम चलाउ सरकारका सस्कृती मन्त्री डा। मिलेन्द्र रिजालले पाँच-पाँच पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर नेकपा एमालेले प्रधानमन्त्रीको चाखे थापेको आरोप लगाएका छन् । नेकपा एमालेको तटस्थ बसाइमा कुनै सैद्धान्तिक तुक नभएको दावी गर्दै मन्त्री डा रिजालले आफ्नै पार्टीका नेताको नेतृत्वको सरकार ढालेर अरुले बहुमत पुर् याउन नसक्ने आकल गर्दै एमालले तटस्थको बाहानामा पार्टी अध्यक्षको नेतृतवमा सरकार बनाउन खोजेको बताए ।
Politics
एमाले तटस्थ बसेर प्रधानमन्त्रीको चाके थाप्यो
काम चलाउ सरकारका सस्कृती मन्त्री डा। मिलेन्द्र रिजालले पाँच-पाँच पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर नेकपा एमालेले प्रधानमन्त्रीको चाखे थापेको आरोप लगाएका छन् । नेकपा एमालेको तटस्थ बसाइमा कुनै सैद्धान्तिक तुक नभएको दावी गर्दै मन्त्री डा रिजालले आफ्नै पार्टीका नेताको नेतृत्वको सरकार ढालेर अरुले बहुमत पुर् याउन नसक्ने आकल गर्दै एमालले तटस्थको बाहानामा पार्टी अध्यक्षको नेतृतवमा सरकार बनाउन खोजेको बताए ।
काङग्रेस नयाँ नेतृत्वको लागि अग्रिम सुभकामना
काङग्रेस महाधिवेशन नजिक आउँदै जान्छ , तब काङ्ग्रेसमा नयाँ नेतृत्वको प्रतिस्पर्धा पनि प्रारम्भ हुन्छ। पार्टीमा नेतृत्वको लागि प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन। स्थापना काल देखि अहिले सम्म काङ्रेस सामूहिक नेतृत्वको अवधारणाबाट चल्दै आएको छ।
राष्ट्रिय हितका लागि सहकार्य र एकता आवश्यक- उपप्रधानमन्त्री सुजाता कोइराला
बर्तमान कामचलाउ सरकारकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राष्ट्रिय हितका लागि दलहरुबीच सहमति सहकार्य र एकताको बिकल्प नभएको बताउनुभएको छ ।
अनेरास्ववियु क्षेत्रिय अध्यक्षमा गौतम चयन
भदौ ५ स्याङ्जा
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलन पारस गौतमको संयोजकत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले उपाध्यक्षमा उज्वल पनेरु सचिवमा शिवप्रसाद गौतम सह-सचिवमा चन्द्रबहादुर थापा कोषध्यक्षमा प्रतिज्ञा अधिकारीलाई चयन गरेको छ ।
नेकपा एमालेको 'राष्ट्रिय प्रतिनिधि परिषद सदस्य'चुनाब सम्पन्न
साउन २९ स्याङ्जा
नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा नारायण मरासिनी अत्याधिक मतले निर्वाचित भएका छन् । शनिबार स्याङ्जा सदरमुकाममा सम्पन्न निर्वाचनमा कुल खसेको २६३ मतमा १५४ मत हासील गर्दै मरासिनी विजयी भएका हुन भने उनका प्रतिस्पर्धिहरु यज्ञ पौडेलले ४५ रामबहादुर थापा ३४ सिमा क्षेत्रि २१ र ओम शर्माले ६ मत प्रप्त गरेका थिए ।
More Articles...
Page 1 of 6
Politics