MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: Message Condolence

Condolence

condolence

हार्दिक समबेदना !

आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा मेरोस्याङजा डटकम परिबार
स्याङ्जा
हार्दिक समवेदना !
दाङ्को तुल्सीपूरमा रहेको सामूदायिक रेडियो तुल्सीपूरका अध्यक्ष हेमराज धितालको विहिवार साँझ गोली प्रहार गरी हत्या गरिएको खवरले सामूदायिक रेडियो आँधीखोला परिवार तथा मेरोस्याङजा डटकम परिबार स्तव्ध भएको छ ।

गिरिजा प्रसाद कोइरालाको श्रद्धाजली

श्रद्धाजली सभामा शोक पुस्तिकामा लाइनमा बसेर हस्ताक्षर गर्दै महिला विभाग प्रमुख सरस्वती तिवारी । उत्त श्रद्धाजली सभामा युगपुरुष कोइरालाले शान्तिका लागी गरेको योगदानको सम्मान गर्दै यस प्रकि्रयालाई सवै दलले अवलम्वन गर्नु पर्ने भन्दै शोक पुस्तिकामा हस्ताक्षर नेपाली काग्रेसका केन्द्रिय सदस्य इन्द्र बहादुर गुरुङ् तथा सभासद धनराज गुरुङ् लगायत जिल्ला स्तरीय नेता तथा सयौ कार्यक्रत्राउद्योगी व्यवसायी र अन्य दलहरुले गरेका थिए ।

पूर्व प्रधानमन्त्री कौईरालाकौ निधनमा स्याङ्जा शोकमग्न

स्याङजा७ चैत्र
नेपालका शिखर पूरुष गिरिजा प्रसाद कोईरालाकौ निधनले देश नै शोकमा डुवेको छ । नेपालको शान्ति प्रकि्रयाको तार्किक निश्कर्षमा पूर्याउन अन्तिम अवस्थामा सम्म तल्लिन गिरी प्रसाद कौईरालाकौ निधनलै अव देश कता जाला भनेर सवै एक आपसमा कुराकानी गर्न थालैका छन् । नेपाललाई नै अविभावकीय भूमिका दिदै आउनु भएका कोईरालाकौ निधनले अपूरणिय क्षती पुगेको छ ।

रत्न काफ्लेलाई पारिबारिक शोक !

मेरोस्याङजा डट कमका प्रधान सम्पादक तथा यस ब्लगमा सक्रिय सदस्य भई निरन्तर हामीलाई प्रेरणा दिनुहुने भिमप्रसाद काफ्ले (हाल हङकङ), सदस्यहरु खगेन्द्र अर्याल (हाल अष्टेलिया), रुद्र प्रसाद पौड्याल (काठमाण्डौ), शिव अर्याल (पोखरा), दिलीप काफ्ले (राम्बाच्छा) तथा समस्त राम्बाच्छाबासीहरुका तर्फबाट २०६६ साल चैत्र १ गते श्री तारापती काफ्लेको असामयिक निधनमा शोक ब्यक्त गर्दै मेरोस्याङजा डटकममा समवेदना पठाईएको छ । वहाँ हाम्रा प्रधान सम्पादक श्री रत्न काफ्ले तथा अन्य सदस्यहरु भिम काफ्ले र दिलिप काफ्लेका Uncle हुनुहुन्छ भने खगेन्द्र, रुद्र र शिव अर्यालका मामा हुनुहुन्छ । विहानै घरको कुँडोपानी गरि नुवाई धुबाई पश्चात आफ्नै घरमा कपडा फेर्ने क्रममा अचानक वेहोश भई वहाँ स्वर्गेबास हुनुभएको हामीलाई जानकारिमा आएको छ । यस शोकाकुल घडीमा हाम्रा मित्र रत्न काफ्ले लगाएत मेरोस्याङजा डटकमका अन्य सदस्यहरु र हामीलाई समवेदना सन्देश पठाउनु हुने सम्पुर्ण राम्बाच्छाबासीहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै दिबङ्गत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दछौं ।

 

मेरोस्याङजा डटकमका तर्फबाट,

समस्त सदस्यमित्रहरु यबं शु-भ चिन्तकहरु