MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

Agriculture

Syangjali Agriculture News

एउटा बोटमा दश किलो गोलभेडा

प्रकाश डोटेल स्याङ्जा १९ भदौं । उत्तरी स्याङ्जाको आरुखर्कका एक कृषकले गरेको गोलभेडा खेतीमा एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल भएका छन् ।

स्याङजाबाट रेशमखेती लोप हुने अवस्थामा

कुनै बेला विदेशी डलर भित्राउने मुख्य कृषि पेशा भनेर चिनिएको रेशम खेती हाल आएर कृषिप्रधान मुलुकबाटै लोप हुँने अवस्थामा रहेको छ । सरकारी बेवास्ता,दक्ष जनशक्तिको अभाव र समय सापेक्ष प्रचार प्रसार नभएको कारण यो खेती लोप हुने अवस्थामा पुगेको रॆशम खेतीमा संलग्न भएका कर्मचारी तथा प्राविधिकहरुले बताएका छन् ।reshamkheti

तिनदोबाटे गाविसमा वाख्रा पैंचो कार्यक्रम

स्याङजा २४ साउन
तिनदोवाटे गाविसका वार्ड नं ४ तथा ५ का विपन्न परिवारलाई वाख्रा वितरण गरिएको छ ।  ग्रामिण विकास कार्यक्रम अन्तर्गत गरिवी निवारणका लागि वाख्रा पैचो कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरिएको तिनदोवाटे गाविसले जनाएको छ । गरिवी निवारण कार्यक्रम अन्तर्गतको रु तीस हजार र विमा वापतको रु तीन हजार प्रति परिवार तेत्तिस सयका दरले वितरण गरिएको हो ।

स्याङ्जामा रासायनिक मलको हाहाकार,कृषकहरु चिन्तित

आँफुले मेहनत र परीश्रम गरेर लगाएको खेतीमा रासायनिक मल राख्ने समयमा स्याङ्जामा रासायनिक मलको हाहाकार भएपछि लगाएको खेती नफल्ने हो कि भनेर  स्याङ्जाका कृषकहरु निक्कै चिन्तित भएका छन् । स्याङ्जाका कूल दुई नगरपालिका र ६० ओटा गाविसहरु मध्ये जिल्लाका प्राय सबै क्षेत्रका कृषकहरुले विशेष गरि हिउँदे धान र मकै खेती गरेको पाइन्छ । जिल्लाका कृषकहरुका अनुसार हिउँदे धान खेती त करिब करिब भित्राउने बेला भैसकेको छ भने मकै खेतीले यतिखेर मुखमा धान चामल लिएर बसेको छ ।

स्याङ्जाको ठूलो सिंचाई आयोजना अलपत्र

पहाडी जिल्लामा नेपालकै सवैभन्दा ठुलो स्याङ्जामा रहेको सिंचाई आयोजना आवश्यक मर्मत सम्भारको अभावमा अलपत्र परेको छ । स्याङ्जा जिल्लाको दक्षिणपुर्वी क्षेत्रमा रहेको चापाकोट-रत्नपुर सिंचाई आयोजना नियमित मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको छ ।

Page 1 of 3

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »