MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य कथा

कथा

डालो

साँझको समय, बाहिर काले जोड् जोड्ले भुक्न शुरु गर्छ। केही छिनमा उसको भुकाइ संगै अर्को आवाज पनि आउँछ, "ए फुच्युँ, नगी ल्हाम्हिन् दे( सानी फुपु, कुकुर धपाइ दिनु त)"। आवाज आए लगत्तै सानी फुपु दैलोमा निस्केर हेर्छ, मुखिया टोलकी स्यान्नी आएकी रहिछ। उसलाइ देख्ने बित्तिकै कालेलाई हपार्छ, "तो जा खर्हिब म्हीलाई सुदे आसेबा? क्याइ ह्याद् (के हो सधैं आउने मान्छेलाई पनि नचिन्ने? उता जा)"  काले पुच्छर हल्लौँदै धन्सार तिर लाग्छ। सानी फुपु स्यान्नीलाई घर भित्र लिएर जान्छे।

 

क्याबिन रेस्टुरेन्टमा एकदिन

सुर्यदेवले विदा लिएपछि दिनलाई रात्रीकालिन कालो सन्नाटाले आक्रमण गरी आफ्नो वशमा लिदै समय सन्ध्याकालीन अबस्थामा प्रवेश गर्दैथियो । दिनको धुवाँ, धुलो केही मत्थर भएको महशुस भएपनि मानिसहरुको भिडभाड र यातायातका साधनहरुको घाईघुई भने यथावत नै थियो । अब चारैतिर बिजुली बत्ति बल्न थाल्यो । यसै समयमा काठमाडौँको रात्रीजीवन शुरु हुदोरहेछ ।

दुई ध्रुब (लघुकथा)

दुई पहाडको बिचमा सम्म परेको सानो जमिन कम रमाईलो छैन यो ठाउँ । एक छेउमा बर-पिपल चौतारी छ अर्को छेउमा युवाहरुको लागि भलिबलको नेट लागाईएको छ ५-७ जना बच्चाहरु त्यसै खेलिरहेका छन् । चौतारिको छेवैमा रहेको पौवामा मानिसहरुको निकै नै जमघट रहेको देखिन्छ मानिसहरु यताउता चहलपहलाई रहेको छन् । आज यहाँ केन्द्रबाट नेताहरु आउदैछन् जनताको सामु भाषण गर्नलाई पौवासँगै जोडेर एक ठूलो छाता आकारको पाल लगाईएको छ माच राम्रोसँग सजाईएको छ आर्कोतर्फ लाईनबद्द मिलाएर कुसर्िहरु राखिएको छ । मानिसहरु कोहि आ-आफ्नै सवारि साधनमा आएका छन् भने कोही बसमा खचाखच भित्र अनि छतमा कोचिएर आएका छन् । हेर्दा हेर्दै यो ठाउँ भिडले भरियो ।

साथी ( लघु कथा )

हामी सानै देखिका साथी थियौ । उ सबै साथीहरु सँग मिल्ने मिलनसार स्वभाबको थियो । ठुलो भएर पनि उसको त्यो स्वभाब कायमै थियो । बच्चा देखि बुढा सम्म सबै सँग छिट्टै घुलमिल हुन सक्ने भएकाले पोखरा काठमान्डौ सम्मका उसका साथीहरु प्रसस्त थिए । सानै उमेर देखि नै लाउने, खाने, नाच्ने गाउनेमा उसको बढी रुची थियो । पाँच फुट दस इन्च अग्लो उचाइ भएको उ गाउँ कै सबै भन्दा आकर्षक ब्यक्ति थियो । नाच्नमा पनि गाउँ भरि नै कहलिएको थियो । साथीहरु सँग कहिल्यै झगडा नगर्ने उ साथीको लागि ज्यान दिन सक्ने मान्छे थियो ।

रानी शैलेश्वरी......... !

उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै  भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए । रानीको सौन्दर्यरुपी अस्त्रले  आसपासका सबै सैनिकहरुको शक्ति नै क्षिण गराएजस्तो भान हुन्थ्थो । कसैमा पनि, रानीको तरबारको चपेटामा परिएला कि ! भन्ने होश समेत रहेन । यसैले बैरीतर्फका सैनिकहरु एक पछि अर्को गर्दै उनको आक्रमणको शिकार भई नै राखे । बिरंगना रानीले हातमा नाँगो तरबार नचाउँदै वायुबेगले घोडा दौडाईन् र अन्दा धुन्द बैरितर्फका सैनिकहरुलाई मुलाकाटे झैं काट्न थालिन् । युद्द हुनुको मुख्य कारण दुई राज्य बिचको साँध सिमाना र भिरकोटेहरुले गर्हौंकोटतर्फ चलाएको लुटपाट नै थियो । त्यतिबेला भिर्कोट राज्य र गर्हौंकोट राज्यको साँध सिमाना मिर्दीखोला र आँधीखोलाको संगमस्थल देखी पूर्वतर्फ कायम गरिएको थियो । गर्हौंकोट र भिरकोट राज्यको लडाँईंताका गर्हौंकोटको राजधानी घ्याङलिङ थियो भने भिरकोटको राजधानी दभुङकोट थियो । राजाहरुले जहाँ  जहाँ आफ्नो कोट, किल्ला र दरबार बनाउँथे त्यहीं नै त्यस राज्यको राजधानी हुने गर्थ्थो ।

Page 1 of 3

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »