MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य निबन्ध

निबन्ध

प्रगतिशिल साहित्यकार घनश्याम ढकालका संघर्षमय जिवनका केही पानाहरु

जीवन सधैं सोझो बाटोबाट मात्रै नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदा रहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, जीवन जति-जति संघर्षपूर्ण हुँदै जान्छ, खुसी खोस्ने आँधीले हृदय त्यति-त्यति बिथोल्दै जान्छ ।
तैपनि,

नेपाली लोकगीत र मानवीय संवेदना

लोक साहित्यका विभिन्न विधा उपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा फोक लिटरेचरहरू को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य । लोकजीवनका तीता-मीठा अनुभूतिहरुको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन त्यो नै लोकसाहित्य हो । श्रुति परम्परामा बाँच्ने अलिखित विधा भएकोले  लोकसाहित्यमा  रचयिताको कुनै अस्तित्व हुँदैन ।