MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य संस्मरण

संस्मरण

तमु आदिकवि स्व.हर्कबहादुर गुरुङलाई सम्झँदा

   हामी जहाँ जन्मियौं र हुर्कियौं अनी  जसको छाती माथि खुट्टा टेकी शिर ठाडोपार्दै अगाडी बढ्न सिक्यौं, जहाँको अन्न पानीले आज हाम्रा हात पाखुरा बलिया भएका छन् त्यो नै हाम्रो मातृभूमि हो। जहाँ हामी जस्तै जीवनशैली पछ्याउदै आएका वरपर मानिसको जमात, जसले आत्मियताको डोरीले बांधेर आफ्नोपनको आभास दिन्छ, त्यो हाम्रो समाज हो। यही समाजको क्रियाकलाप, संस्कार र मार्गदर्शनबाट हामी आफ्नो भविस्य सुनिश्चित गर्छौं। यही मातृभूमि र समाजबिनाको आफ्नो परिचय हामी कल्पना गर्नपनि सक्दैनौं। यदि हाम्रो जमात वा समाज नै बिभिन्न बिसंगति र बिकृतिले भरिपुर्ण छ भने निश्चयनै हामीले अनावश्यक समस्याहरु झेल्नु पर्ने हुन्छ र हाम्रो प्रगती सिमित हुन जान्छ। त्यसका लागि हाम्रा केही अग्रजहरुले हाम्रो मार्ग प्रसस्त गर्नका लागि आफ्नो ज्ञान बिवेक र सामर्थ्यले भ्याएसम्म समाजमा ब्याप्त बिसंगति र कुरितीहरुलाई छिमल्न धेरै योगदान दिएका हुन्छन् । जसलेगर्दा आज हाम्रो समाज धेरै हद सम्म सुधारिंदै र हाम्रो जीवन सरल हुंदै आएको छ। तिनै अग्रजहरु मध्येका तमु आदिकवी स्वर्गिय श्री हर्क बहादुर गुरुङज्युको सम्झनाले केही दिनदेखि मलाई तड्पाई रहेको छ, एउटा नजानिदो सुन्यताले सताइरहेको छ। यो सम्झनालाई म तपाई श्रदय पाठक समक्ष ब्यक्त गर्न चाहन्छु।

साहित्य मेरो दुःख सुखको साथी हॊ

सानैमा मेरो बुबाले म उठ्न नपाउदै श्लोक पढ्ने गर्नु हुन्थ्यो बुबाको श्लोक सुन्ना साथ बिहानी भएको आभाष हुन्थ्यो निदमा म हुन्थें वहाँको सूमधुर स्वरले मन यो प्रफुल्ल हुन्थ्यो आँखा मिचीमिची बिहानीको शितल वातावरणमा पढ्न बस्थें ।

प्रबासमा विद्या, घरमा पत्नी, रोगमा औषधी, र मृत्यमा र्धम साथी हन ।

ठाँउ अनुसार सहयोगी चिन्नु पर्दछ जो सुकै व्याक्ति विभिन्न अवस्थामा रहन सक्दछ ।

मेरो कथा मेरो ब्यथा

(कतारको पीडादायी भोगाईको तिक्त अनुभूति)

विभिन्न बाध्यता र परिस्थितिका कारण मनमा अनेकन चाहना, आशा,आकांक्षा अनि सपनाहरु संगालेर हामी बहुसंख्यक नेपालीहरु यसरी बिदेशीएका छौं । केही वर्षअगाडिको तुलनामा देशको विषम राजनीतिक अस्थिरता र बेरोजगार समस्याका कारण बिदेशमा नेपाली युबाहरुको जमात दिनानुदिन बढ्दो छ । यसरी बिदेशमा नेपालीहरुको संख्या वृद्धि हुँदा समग्र देशको राष्ट्रिय दृष्टिकोणबाट लाभ-हानि जेसुकै भएतापनि विदेशीनेहरुको लागि नेपालीपनको माहोल बन्नु पक्कै पनि खुसीको कुरा हुनसक्छ ।

५०० रुपियाँको नोट(लघु कथा)

कान्छीको त्यो सानो चिया-पसल जहाँ आउँदा जादा कैयौ यात्रीहरु रोकिन्छन् चिया नास्ताको लागी । सडक मार्गमा पर्ने त्यो पसलमा कान्छी र उसको एकमात्र छोरी बिहान देखि बेलुकासम्म बटुवाहरुको सेवा गर्नमा भ्याई नभ्याई छन् ।

Page 1 of 3

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »