MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: Article History

History

बाहाकोट भञ्याङको लडाईं

होबीर आलेको नेतृत्वले बाहाकोट भञ्याङको लडाईंमा केहि पछि हट्नु परेतापनि ३ दिन सम्म चलेको यस युद्दमा स्याङजाली बिरंगना नारीहरुले देखाएको अदम्य साहस र लफ्टन्नी खड्गकुमारीले आईमाई पट्टी समालेको कमान्डरीको बिंडो हेर्न लाएक नै थियो । स्याङजाबासीहरु पनि राणासाशनको लामो दमन, हुकुमी शासन र नुवाकोटे बडाहाकिमको मनपरि तन्त्रबाट वाक्क दिक्क भैसकेका थिए तैपनि त्यसको बिरोध गर्ने आँट कसैमा थिएन । gorkha

गर्हौंकोट राज्यको इतिहास

यस राज्यको इतिहासका सन्दर्भमा पनि केहि कुराहरु दोहोर्याउनु नै पर्ने हुन्छ । भिर्कोट राज्य र यस राज्यको ऐतिहासिक सुरुवातक्रममा खासै केहि भिन्नता देखिंदैन । तैपनि पाठक बर्गहरुलाई अध्ययनको क्रममा न्यास्रो नलागोस भन्ने हेतु यस राज्यको बारेमा प्राप्त अहिलेसम्म पाईएका सबै विबरणहरुलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । आशा छ, आफ्नै घर-आँगन अगाडीको यस विस्तृत इतिहासलाई रुचिपूर्वक अध्ययन गर्नु हुने नै छ भन्ने ।

छाङछाङदी,दभुङकोटकालिका

सायद, महादेबले सतीदेबीको मृतकायासंग गरेको यात्राको अन्तिम गन्तब्य बन्यो  होला छाङछाङदी ! सतीदेबी संगको बिहेका लागि बाजागाजा सहित धुमधामले नै आँधीखोलाको किनारै किनार हिमालय पर्वततर्फ जन्ती जाँदाको मनमोहक दृष्य वास्तवमा नै बिर्सी नसक्नु थियो । तर सतीदेवीका पिता हिमालयले शिबजीलाई आफ्नी सुन्दर छोरी सतीदेवी दिन नमानेपछि शिबको प्रेममा पागल जस्तै भएकी सतीदेबीले एकाएक अग्नीकुन्डमा हामफालेर जिवनलिला समाप्त गरिन् । आफ्नी प्राण भन्दा प्यारी प्रियसीको यो हाल देखेर विचरा शिबजी पनि उनको बिरहमा रुनु, कराउनु र चिच्याउनु शिवाय के नै पो गर्न सक्थे र ?

किचनास गाउँमा सुनिएका पाँच किंबदन्तीहरु

कुनै समयमा“जाईफले” लेकको पश्चिम उत्तर पट्टिको ठूलो क्षेत्र भू-कम्प र बर्षाले गर्दा पहिरो गएर  भासीई, ब्यापक मात्रामा धन जनको क्षति भएको थियो रे । त्यती नै बेला राजा किचक शिकार खेल्नका निम्ति निस्केका रहेछन् र त्यही पहिरोमा परि उनको मृत्य  हुन पुगेछ । राजाका कुनै पनि सन्तान नभएकाले उनको मृत्यु पश्चात बंश नै विनास भएछ । यसरी राजा किचकको बंश विनास भएको ठाउँ हुनाले यस ठाउँको नाम किचनास हुन गएको हो भन्ने कुरामा यहाँका धेरै मान्छेहरुको विश्वास रहेको पाईन्छ ।

गिरेकोटका कालभैरब

परापूर्वकालमा भूरे टाकुरे राज्यकाल देखि लिएर नेपालका चौबिसे र बाईसे राज्यकालका सबैजसो राजाहरुले आ-आफ्नो राज्यको सिमाना सुरक्षार्थ आफूलाई पाएकपर्ने ठाउँहरु हेरी पहाड र अग्ला थुम्काहरुमा कोट-किल्ला र गढी निर्माण गर्ने गरेको पाईन्छ । शक्तिकि देवी कालिकाको स्थापना गर्नु ति राज्यहरुको प्रथम कार्य ठानिन्थ्थो । बिभिन्न नाम भएकी शक्तिस्वरुपा देवीलाई तिनै मन्दिर भित्र प्रतिस्थापित गरि निकै महत्वका साथ पूजा आजा गर्ने गरिन्थ्थो । यस कार्यलाई दैनिकरुपमा निरन्तरता दिन ठाँउ ठाउँमा  गुठीको रुपमा जग्गा जमिन पनि राखेको पाईन्छ । यि मध्ये ज्यादै महत्वपूर्ण मानिएका देबीहरुमा गर्हौंशुरकि कालिका, सतौंकी चण्डीकालिका, तनहुँ छाब्दीकि बाराही, मल्याङकोटकि खड्ग कालिका, दभूँ कालिमा, केघाकि कालिका, खिलूङकी कालिका, चण्डीभञ्याङकी चण्डिका देबी, गिरेकोट चित्रे राम्चेकी कालिका, किचनास ढापस्वाँराकी देबी र लसर्घाकी आलमदेबी छन् ।

Page 1 of 2

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »